ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल माघ १८ गते विहिबार

नेपाल सम्बत ११३८ शिल्लागा,सन् २०१८ फेब्रुअरी १ तारिक फाल्ुगन कृष्णपक्ष प्रतिपदा तिथि अपरान्ह ५ वजेर २९ मिनेटसम्म, अश्लेषा नक्षत्र अपरान्ह ५ वजेर ० मिनेटसम्म,सौभाग्ययोग, कौलवकरण,आनन्दादियोग अमृत,सूर्य मकर राशीमा,चन्द्रमा अपरान्ह ५ वजेसम्म कर्कट उप्रान्त सिंह राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१४ वजेसम्म शुभ वेला,८÷१४ वजेदेखि ९÷३५ वजेसम्म रोग वेला,९÷३५ देखि १०÷५६ वजेसम्म उद्वेग वेला,१०÷५६ देखि १२÷१८ वजेसम्म चर वेला,१२÷१८ देखि १÷३९ वजेसम्म लाभ वेला,१÷३९ देखि ३÷० वजेसम्म अमृत वेला,३÷० देखि ४÷२२ वजेसम्म काल र ४÷२२ वजे देखि सूर्यास्तसम्म शुभ वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷२२ वजेसम्म अमृत वेला,७÷२२ वजेदेखि ९÷१ वजेसम्म चर वेला,९÷१ देखि १०÷४० वजेसम्म रोग वेला,१०÷४० देखि १२÷१८ वजेसम्म काल वेला,१२÷१८ देखि १÷५७ वजेसम्म लाभ वेला,१÷५७ देखि ३÷३५ वजेसम्म उद्वेग वेला,३÷३५ वजे देखि ५÷१४ वजेसम्म शुभ र ५÷१४ वजे देखि सूर्योदयसम्म अमृत वेला रहनेछ ।

ॐः–राहुकालः– अपरान्ह १÷३८ वजेबाट ३÷० वजेसम्म रहनेछ, यमघण्टायोगः– विहान ६÷५२ वजेबाट ८÷१४ वजेसम्म रहनेछ, दूरमुहूर्तः– पूर्वान्ह १०÷१९ वजेबाट ११÷१२ वजेसम्म र अपरान्ह २÷४९ वजेबाट ३÷३२ वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷३९ वजेसम्म रहनेछ, । गुली कालः– विहान ९÷३५ वजेबाट १०÷५६ वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

नसोचेको खर्च वृद्धि हुनेछ । घरपरिवारमा सनातिना समस्या देखा पर्ने छन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । व्यापार घट्न सक्छ । आफन्तबाट विश्वासघात हुन सक्छ ।

बृष

काम गर्ने जोश जागर बढ्नेछ । आफन्तबाट सामान्य सहयोग पाईनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । घर वाहिर बसेर काम गर्दा बढि अनुकुलता हुनेछ ।

मिथुन

संचित धन नास हुन सक्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन । मिलेर काम सके सम्म नगर्नु होल । आलस्यता नै शत्रु सम्झि काम गर्नु भएमा राहत मिल्ने छ ।

कर्कट

मान हानी हुनसक्छ । तनावमा आएर काम नगर्नु होला । घर डेराको समस्या पर्न सक्छ । भ्रममा नपरि अगाडि बढ्नु होला । मिलेर काम भुलेर पनि नगर्नु उत्तम हुनेछ ।

सिंह

विना उपलब्धिका काममा अकारण खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ । रिस,अहंकार र क्रोध बढ्नेछ ।

कन्या

थोरै मेहनत धेरै पैसा,परिवारजनको सहयोग,माताको आशिर्वाद मिल्ने छ । आर्जन गरेको धनलाई संरक्षण गर्न भने गाह्रो पर्न सक्छ । आकस्मिक धन हात पर्ने योग पनि देखिन्छ ।

तुला

थोरै मेहनत गर्न सके काममा धेरै सफलता मिल्नेछ । नयाँ कामको थालनि नहोला भन्न सकिन्न । काम गरेर प्रतिष्ठा आर्जन गर्न सकिने छ । घर परिवारबाट सहयोग पाईनेछ ।

बृश्चिक

मान हानी हुनसक्छ । नैरास्यता बढ्नेछ । उपलब्धिका काम भन्दा खर्चालु काम बढि हुनेछन् । व्यापार व्यवसायमा विस्तारै प्रगति हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

धनु

दिन प्रतिकुलछ काम गर्दा विचार पु¥याउनु होला । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । रुघा खोकीले सताउन सक्छ । आर्थिक कारोवारमा गडबढ हुन सक्ने कुरालाई नकार्न सकिन्न ।

मकर

पारिवारिक विवाद बढ्न सक्छ । प्रयत्न गर्नु होला,नयाँ कार्य योजनाहरु अगाडि बढाउन गाह्रो हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

कुम्भ

शत्रु लाग्न सक्छन्,काम गर्दा अत्यन्त चनाखो भएर काम गर्नु होला । उच्चमनोबलका साथ लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

मीन

मानसिक तनाव एवं अन्योलता बढ्न सक्छ । समयमा निर्णय लिन नसक्दा आफ्नो काममा अरुले अधिकार जमाउने छन् । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न ।

तपाईको प्रतिक्रिया