ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल माघ १७ गते बुधबार

नेपाल सम्बत ११३८ शिल्लाथ्व,सन् २०१८ जनवरी ३१ तारिक शुक्लपक्ष पूर्णिमा तिथि साँझ ७ वजेर ३३ मिनेटसम्म, तिष्य नक्षत्र साँझ ६ वजेर २३ मिनेटसम्म, प्रीतियोग, भद्राकरण,आनन्दादियोग मातङ्ग,सूर्य मकर राशीमा,चन्द्रमा कर्कट राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१४ वजेसम्म लाभ वेला,८÷१४ वजेदेखि ९÷३५ वजेसम्म अमृत वेला,९÷३५ देखि १०÷५६ वजेसम्म काल वेला,१०÷५६ देखि १२÷१७ वजेसम्म शुभ वेला,१२÷१७ देखि १÷३८ वजेसम्म रोग वेला,१÷३८ देखि २÷५९ वजेसम्म उद्वेग वेला,२÷५९ देखि ४÷२० वजेसम्म चर र ४÷२० वजे देखि सूर्यास्तसम्म लाभ वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷२१ वजेसम्म उद्वेग वेला,७÷२१ वजेदेखि ९÷० वजेसम्म शुभ वेला,९÷० देखि १०÷३९ वजेसम्म अमृत वेला,१०÷३९ देखि १२÷१८ वजेसम्म चर वेला,१२÷१८ देखि १÷५७ वजेसम्म रोग वेला,१÷५७ देखि ३÷३६ वजेसम्म काल वेला,३÷३६ वजे देखि ५÷१४ वजेसम्म लाभ र ५÷१४ वजे देखि सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।

ॐः–राहुकालः– मध्यान्ह १२÷१७ वजेबाट अपरान्ह १÷३८ वजेसम्म रहनेछ, यमघण्टायोगः– विहान ८÷१४ वजेबाट ९÷३५ वजेसम्म रहनेछ, दूरमुहूर्तः– पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷३९ वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । अशुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷३९ वजेसम्म रहनेछ, । गुली कालः– विहान १०÷५६ वजेबाट मध्यान्ह १२÷१७ वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

काम गर्ने वातावरण विग्रिने छ । पारिवारिक समस्या बढ्ने छन् । नयाँ लगानीमा जोड नदिनु होला । काम गरेर लिनु भन्दा गुमाउने बढि हुनेछ । संचित धनको नास हुन सक्छ । आलस्यता बढ्ने छ ।

बृष

काम गर्ने उत्सहा बढ्ने छ । उद्योग धन्दा बन्द व्यापारमा उन्नति प्रगतिको सम्भावना बढि देखिन्छ । कामको नयाँ अवसर आउने छ नगुमाउनु होेला । काम अनुसारको दाम हात पर्नेछ ।

मिथुन

काम गर्न मन लाग्ने छैन । कुनै कुराको पनि कसैलाई बचन नदिनु होला । बोलिको प्रभाव कम पर्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । संचित धन नास हुनसक्छ ।

कर्कट

समयले साथ दिएको अवस्थामा आफ्नो कर्म क्षेत्र छोडेर बाहिर नजानु होला । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । विगतका गल्ति सच्याउने अवसर आउनेछ ।

सिंह

प्रतिकुलता बढि देखिन्छ नयाँ काममा हात नहाल्नु होला । अनावस्यक काममा धन खर्च हुने छ । व्यर्थको घुमाई फिराई बढि होला । व्यापारमा नोक्सान हुने छ । शरीरलाई कष्ट हुने काम हुनेछ ।

कन्या

समय राम्रो देखिन्छ । आर्जनका दृष्टिकोणले दिन अनुकुल छ । मित्रहरुको अगमन हुनेछ । परिवारजनको सहयोगमा नयाँ काम हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ ।

तुला

काममा सरलता आउने छ । प्रेरण मिल्ने किसिमले काम हुने छन् । तपाईबाट सहयोगको आशा राख्ने धेरै हुने छन् । नयाँ रोजगारीको अवसर आउन सक्छ । प्रतिष्ठा बढ्ने छ ।

बृश्चिक

सहज र सरल किसिमले काम गर्न सकिने छैन । आफ्ना कामले भन्दा अरुका कामले बढि प्राथमिकता पाउने छ । पठन पाठनमा भने थोरै प्रगति हुनेछ । यात्राको योग देखिन्छ ।

धनु

दिन प्रतिकुल देखिन्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ,रुघा,खोकिले सताउने छ । आर्थिक कारोवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउने छ । फजुल खर्च होला ।

मकर

दिन अनुकुल छ । प्रेममा सफल भईने छ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुने छन् । व्यापारबाट लाभन्वित भईने छ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

कुम्भ

सतर्क हुनुहोला विरोधीले प्राहार गर्न खोज्ने छन् । आफ्नो कामको बारेमा अरुलाई थाहा नदिनु होला । प्रतिश्पर्धा गरेर अगाडि बढ्नुहोला । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ ।

मीन

अरुको मुख ताकेर नवस्नु होला । समयमा सोच्न नसक्दा कार्य विमुख हुने अवस्था आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । काममा अवरोध पु¥याउन खोज्ने कम हुने छैनन ।

तपाईको प्रतिक्रिया