ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल माघ १६ गते मंगलबार

नेपाल सम्बत ११३८ शिल्लाथ्व,सन् २०१८ जनवरी ३० तारिक शुक्लपक्ष चतुर्दशी तिथि राती ९ वजेर ४८ मिनेटसम्म, पुनर्वसु नक्षत्र राती ७ वजेर ५७ मिनेटसम्म, विष्कुम्भयोग, गरकरण,आनन्दादियोग स्थिर,सूर्य मकर राशीमा,चन्द्रमा अपरान्ह २ वजेर २२ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१४ वजेसम्म रोग वेला,८÷१४ वजेदेखि ९÷३५ वजेसम्म उद्वेग वेला,९÷३५ देखि १०÷५६ वजेसम्म चर वेला,१०÷५६ देखि १२÷१७ वजेसम्म लाभ वेला,१२÷१७ देखि १÷३८ वजेसम्म अमृत वेला,१÷३८ देखि २÷५९ वजेसम्म काल वेला,२÷५९ देखि ४÷२० वजेसम्म शुभ र ४÷२० वजे देखि सूर्यास्तसम्म रोग वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷२० वजेसम्म काल वेला,७÷२० वजेदेखि ८÷५९ वजेसम्म लाभ वेला,८÷५९ देखि १०÷३८ वजेसम्म उद्वेग वेला,१०÷३८ देखि १२÷१७ वजेसम्म शुभ वेला,१२÷१७ देखि १÷५६ वजेसम्म अमृत वेला,१÷५६ देखि ३÷३५ वजेसम्म चर वेला,३÷३५ वजे देखि ५÷१४ वजेसम्म रोग र ५÷१४ वजे देखि सूर्योदयसम्म काल वेला रहनेछ ।

ॐः–राहुकालः– अपरान्ह २÷५९ वजेबाट ४÷२० वजेसम्म रहनेछ, यमघण्टायोगः– विहान ९÷३५ वजेबाट १०÷५६ वजेसम्म रहनेछ, दूरमुहूर्तः– विहान ९÷३ वजेबाट ९÷४६ वजेसम्म र राती १०÷५८ वजेबाट ११÷४१ वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷३९ वजेसम्म रहनेछ, । गुली कालः– मध्यान्ह १२÷१७ वजेबाट अपरान्ह १÷३८ वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

पूर्वान्ह थोर अनुकुल अपरान्ह प्रतिकुल रहनेछ । काममा ढिला गर्दा आफैलाई घाटा हुनेछ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । सहयोगी टाढा हुनेछन् । व्यापारबाट आम्दानी घट्नेछ ।

बृष

ढुक्क भएर काम गर्नु होला अस्थिरताले अनिष्ट निम्त्याउछ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । सहयोग अल्प मिल्नेछ ।

मिथुन

मध्यान्ह सम्मको समय जति अनुकुल देखिन्छ अपरान्हको देखिन्न । संचित धन नास हुनसक्छ । काम काजमा विलम्ब हुनेछ । आफन्तले विश्वास घात गर्न सक्छन् । व्यापार घट्नेछ ।

कर्कट

पूर्वान्ह प्रतिकुल देखिन्छ । अपरान्हबाट समयले थोरै साथ दिनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । हतारमा कुनै निणर्य नलिनु होला । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ ।

सिंह

समय प्रतिकुल बन्दै छ सोच विचार काम गर्नु होला । प्रातःकालमा गरेका केहि काम बन्ने छन् । अपरान्हमा गरेका काम रोकिने छन् । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । मान्छेले धोका दिने छन् ।

कन्या

आर्थिक क्षेत्रमा सुधार आउनेछ । नयाँ योजनाले सकार रुप लिनेछ । गरेका काम अधिकाँश सफल हुने देखिन्छ । सहयोगी मित्र भेटिने छन् । सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ ।

तुला

असहजताबाट सहजताको यात्रा प्रारम्भ हुनेछ । विशेष गरेर मध्यान्ह पछिको समय अनुकुल होला । रोकिएका कामले गति समाउनेछ तर प्रयत्न भने जारी राख्नु होला । व्यापार मन्द गतिमा अगाडि बढ्नेछ ।

बृश्चिक

अस्वास्थता बढ्न सक्छ । दैनिक काम काजमा अवरोध आउने देखिन्छ । लेनदेन कारोवारमा झन्झट थपिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । आस्था र विश्वास घट्नेछ ।

धनु

समयले साथ कम दिनेछ कुनै काम गर्नुछ भने मध्यान्ह पूर्व गर्नु होला । अपरान्हबाट खर्च वृद्धि हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । विश्वास टुट्नेछ ।

मकर

थोरै ध्यान दिन सकिएन भने आफन्तमा वैरभाव उत्पन्न हुनेछ । कार्य सम्पादन गर्न कठिनाई हुनेछ । काम गर्दा रिस,डाहा गर्ने धेरै हुनेछन् । श्रमको फल भने प्राप्त हुनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ ।

कुम्भ

काम गर्दा विभिन्न खालका समस्या झेल्नु पर्ने छ । अन्योलमा पर्नु भयो भने अवसर फुत्किन सक्छ । अरुबाट सहयोगको आशा धेरै नगर्नु होला । लगनशिल भई गरेका काम केहि बन्ने छन् ।

मीन

उच्च रक्तचाप बढ्नेछ । काममा विभिन्न समस्या आउने छन् । सन्तान र पढाईको चिन्ताले कमजोर बनाउनेछ । धन सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । खर्चको मात्रा बढ्नेछ ।

तपाईको प्रतिक्रिया