ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल माघ १५ गते सोमबार

नेपाल सम्बत ११३८ शिल्लाथ्व,सन् २०१८ जनवरी २९ तारिक शुक्लपक्ष त्रयोदशी तिथि राती १२ वजेर ९ मिनेटसम्म, आद्र्रा नक्षत्र राती ९ वजेर ३७ मिनेटसम्म, वैधृतियोग, कौलवकरण,आनन्दादियोग काल,सूर्य मकर राशीमा,चन्द्रमा मिथुन राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१४ वजेसम्म अमृत वेला,८÷१४ वजेदेखि ९÷३५ वजेसम्म काल वेला,९÷३५ देखि १०÷५६ वजेसम्म शुभ वेला,१०÷५६ देखि १२÷१७ वजेसम्म रोग वेला,१२÷१७ देखि १÷३८ वजेसम्म उद्वेग वेला,१÷३८ देखि २÷५९ वजेसम्म चर वेला,२÷५९ देखि ४÷२० वजेसम्म लाभ र ४÷२० वजे देखि सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷२० वजेसम्म चर वेला,७÷२० वजेदेखि ८÷५९ वजेसम्म रोग वेला,८÷५९ देखि १०÷३८ वजेसम्म काल वेला,१०÷३८ देखि १२÷१७ वजेसम्म लाभ वेला,१२÷१७ देखि १÷५६ वजेसम्म उद्वेग वेला,१÷५६ देखि ३÷३५ वजेसम्म शुभ वेला,३÷३५ वजे देखि ५÷१४ वजेसम्म अमृत र ५÷१४ वजे देखि सूर्योदयसम्म चर वेला रहनेछ ।

ॐः–राहुकालः– विहान ८÷१५ वजेबाट ९÷३५ वजेसम्म रहनेछ, यमघण्टायोगः– विहान १०÷५६ वजेबाट मध्यान्ह  १२÷१७ वजेसम्म रहनेछ, दूरमुहूर्तः– मध्यान्ह १२÷३८ वजेबाट अपरान्ह १÷२१ वजेसम्म र २÷४८ वजेबाट ३÷३१ वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११÷५५ वजेबाट मध्यान्ह १२÷३८ वजेसम्म रहनेछ, । गुली कालः– अपरान्ह १÷३८ वजेबाट २÷५८ वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

सवै समस्याको समाधान आफैबाट खोजिनु उपयुक्त हुनेछ । कार्य लगनशिलता बढाउनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । साथि भाई इष्टमित्रबाट सहयोग मिल्नेछ ।

बृष

अरुको भर विश्वासमा काम गर्ने वातावरण हुने छैन । प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । आफन्तका कारण विवादमा पर्न सकिन्छ सतर्क रहनु होला ।

मिथुन

दत्तचित्त भएर लाग्नु होला अवश्यमेव सफल हुनुहुने छ । कार्य क्षमता बढ्नेछ । आर्थिक कारण काममा विलम्ब हुन सक्छ,त्यो प्रयत्नबाट नै समाधान गर्न सकिने छ ।

कर्कट

व्यय विचार बढ्ने छ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । अनावस्यक काममा समय र धन लगानी हुने देखिन्छ । विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न ।

सिंह

आय आर्जन बढ्ने छ बचाएर राख्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउन सकिने छ । विरोधीसँगको लडाई जितिने छ ।

कन्या

अधुरा रहेका कामले गति लिनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

तुला

फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । अरुको काममा समय दिदा आफ्ना काम धेरै अधुरा रहन सक्छन् । आफ्नो इज्जतको ख्याल राखेर काम गर्नु होला ।

बृश्चिक

भाग्यमा अवरोध आउनेछ । अनावस्यक काम हुनेछन् । बन्न लागेका काम विग्रिने छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु

लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउने छ । अर्थ अभावका कारण नयाँ काममा केहि अप्ठ्यारो आउन सक्छ । अरुको भर नपर्नु होला ।

मकर

व्यापार व्यवसायमा सुधार आउनेछ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । मनमा एक प्रकारको चिन्ता रहि रहने छ । आम्दानी बढ्नेछ ।

कुम्भ

काम प्रतिको चासो बढे पनि के गर्ने के नगर्ने भन्ने कुरामा अलमल हुन सक्छ,जसको फाइदा अरुले उठाउन खोज्ने छन् । व्यापार व्यवसायमा आफुले सोचे जस्तो प्रगति हुने छैन ।

मीन

घरयासी कुरामा बढि केन्द्रित हुनु पर्ला । शारीरिक शिथिलता बढ्नेछ । अनावस्यक विषय बस्तुमा अल्झिनु पर्नेछ । व्यापार व्यवसायमा धेरै प्रगति हुने देखिन्न । मन चञ्चल हुनेछ ।

तपाईको प्रतिक्रिया