ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर,शाके १९३९, विक्रसम्वत २०७४ साल माघ १ गते सोमबार

नेपाल सम्बत ११३८ पोहेलागा,सन् २०१८ जनवरी १५ तारिक कृष्णपक्ष चतुर्दशी तिथि २ गते विहान ५ वजेर १४ मिनेटसम्म,मूल नक्षत्र अपरान्ह ५ वजेर २ मिनेटसम्म,ध्रुवयोग, भद्राकरण,आनन्दादियोग लुम्ब,सूर्य मकर राशीमा,चन्द्रमा धनु राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१७ वजेसम्म अमृत वेला,८÷१७ वजेदेखि ९÷३६ वजेसम्म काल वेला,९÷३६ देखि १०÷५५ वजेसम्म शुभ वेला,१०÷५५ देखि १२÷१४ वजेसम्म रोग वेला,१२÷१४ देखि १÷३३ वजेसम्म उद्वेग वेला,१÷३३ देखि २÷५१ वजेसम्म चर वेला,२÷५१ देखि ४÷१० वजेसम्म लाभ र ४÷१० वजे देखि सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷१० वजेसम्म चर वेला,७÷१० वजेदेखि ८÷५१ वजेसम्म रोग वेला,८÷५१ देखि १०÷३२ वजेसम्म काल वेला,१०÷३२ देखि १२÷१३ वजेसम्म लाभ वेला,१२÷१३ देखि १÷५४ वजेसम्म उद्वेग वेला,१÷५४ देखि ३÷३५ वजेसम्म शुभ वेला,३÷३५ वजे देखि ५÷१६ वजेसम्म अमृत र ५÷१६ वजे देखि सूर्योदयसम्म चर वेला रहनेछ ।

ॐः–राहुकाल—विहान ८÷१७ वजेबाट ९÷३६ वजेसम्म, यमघण्टायोग विहान १०÷५४ वजेबाट मध्यान्ह १२÷१३ वजेसम्म, दूरमुहूर्त मध्यान्ह १२÷३४ वजेबाट अपरान्ह १÷१६ वजेसम्म र अपरान्ह २÷४० वजेबाट ३÷२२ वजेसम्म अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷५२ वजेबाट मध्यान्ह १२÷३४ वजेसम्म रहनेछ । मध्यम् गुली काल अपरान्ह १÷३२ वजेबाट २÷५१ वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

समय सुधारोन्मुख छ,हेलचक्र्यार्ई नगरि कर्म क्षेत्रमा लाग्नु होला । गुमेको आस्था र विश्वास पलाउनेछ ।तनाव कम भएर जानेछ । परोपकारी काम गरिनेछ । धार्मिक यात्राको सम्भावना देखिन्छ ।

बृष

अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ । मनसिक चिन्ता बढ्नेछ । कार्य शिथिलता बढ्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन नास हुनेछ ।

मिथुन

नयाँ विषय बस्तुले प्राथमिकता पाउनेछ । स्वदेशी तथा विदेशी बस्तु विनिमय बढ्नेछ । लगानीबाट उचित मुनाफा लिन सकिनेछ । दाम्पत्य जीवनमा खुशि छाउनेछ । विदेश यात्राको सम्भावना देखिन्छ ।

कर्कट

मनमा भय त्रास उत्पन्न हुनेछ । सामान्य खटाईबाट काम बन्ने छैनन । पाईला पाईलामा ख्याल राख्नु होला दुष्टहरुको आगमन हुनसक्छ । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

सिंह

अलमलमा पर्दा कामले गति लिने छैन । पठन पाठनमा थोरै ध्यान जानेछ । घर परिवारबाट सामान्य सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुने देखिन्छ ।

कन्या

पारिवारिक जमघट बढ्नेछ । घरयासी समान खरीद गर्नु पर्ने अवस्था आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति होला । काम गरेर जश भने कम मिल्नेछ ।

तुला

उद्योग पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुनेछन् । आर्थिक क्षेत्रमा उन्नति प्रगतिको सम्भावना राम्रै देखिन्छ । भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला ।

बृश्चिक

लगनशिल भई काम गरेरमा धेरै क्षेत्रमा सफलता मिल्नेछ । मनोबल गिर्ने गरी काम नगर्नु होला । कारोवार गर्दा सतर्क भने हुनै पर्ने देखिन्छ । नोकरी तथा राजनीतिबाट आँशिक लाभ लिन सकिनेछ ।

धनु

तन,मन र कर्मले अगाडि बढ्नु होला गन्तव्यमा पुग्नु हुनेछ । गरेका काम सहज र सरल तरिकाबाट सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । धन दिने काम नगर्नु होला ।

मकर

रिस,अहंकार जस्ता विकार त्यागेर काममा लाग्नु होला । कर्म क्षेत्रको यात्रा सहज देखिदैन । फजुल खर्च बढ्न सक्छ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । चोटपटकको भय देखिन्छ ।

कुम्भ

स्वास्थ्य अनुकुल रहला । स्वतन्त्र व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । पारिवारिक सुख कम मिल्नेछ । विना सोच विचार काममा हात नहाल्नु अप्ठ्यारो पर्न सक्छ ।

मीन

काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । इज्जत प्रतिष्ठा बढ्ने प्रकृतिका काम हुनेछन् । पढाई लेखाईमा सामान्य अवरोध आउन सक्छ । ठुलो व्यक्तिसँगको सामिप्यता बढ्नेछ । अर्थ व्यवस्था सुदृढ हुनेछ ।

तपाईको प्रतिक्रिया