ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर,शाके १९३९, विक्रसम्वत २०७४ साल पौष ३० गते आइतबार

नेपाल सम्बत ११३८ पोहेलागा,सन् २०१८ जनवरी १४ तारिक कृष्णपक्ष त्रयोदशी तिथि राती ३ वजेर ३ मिनेटसम्म, ज्येष्ठा नक्षत्र अपरान्ह २ वजेर २८ मिनेटसम्म, वृद्धियोग, गरकरण, आनन्दादियोग काण,सूर्य धनु राशीमा,चन्द्रमा अपरान्ह २ वजेर २८ मिनेटसम्म वृश्चिक उप्रान्त धनु राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१६ वजेसम्म उद्वेग वेला,८÷१६ वजेदेखि ९÷३५ वजेसम्म चर वेला,९÷३५ देखि १०÷५४ वजेसम्म लाभ वेला,१०÷५४ देखि १२÷१३ वजेसम्म अमृत वेला,१२÷१३ देखि १÷३१ वजेसम्म काल वेला,१÷३१ देखि २÷४९ वजेसम्म शुभ वेला,२÷४९ देखि ४÷८ वजेसम्म रोग र ४÷८ वजे देखि सूर्यास्तसम्म उद्वेग वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷१० वजेसम्म शुभ वेला,७÷१० वजेदेखि ८÷५१ वजेसम्म अमृत वेला,८÷५१ देखि १०÷३२ वजेसम्म चर वेला,१०÷३२ देखि १२÷१३ वजेसम्म रोग वेला,१२÷१३ देखि १÷५४ वजेसम्म काल वेला,१÷५४ देखि ३÷३५ वजेसम्म लाभ वेला,३÷३५ वजे देखि ५÷१६ वजेसम्म उद्वेग र ५÷१६ वजे देखि सूर्योदयसम्म शुभ वेला रहनेछ ।

ॐः–राहुकाल— अपरान्ह ४÷९ वजेबाट ५÷२८ वजेसम्म, यमघण्टायोग मध्यान्ह १२÷१३ वजेबाट अपरान्ह १÷३१ वजेसम्म, दूरमुहूर्त अपरान्ह ४÷४ वजेबाट ४÷४६ वजेसम्म अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷५२ वजेबाट मध्यान्ह १२÷३४ वजेसम्म रहनेछ । मध्यम् गुली काल अपरान्ह २÷५० वजेबाट ४÷९ वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मध्यान्ह पछिको समय थोरै अनुकुल हुनेछ तर सोचे जस्तो प्रगति हुने छैन । तनावमा कमी आउनेछ । धार्मिक तथा सामाजिक काममा रुची बढ्नेछ । उपलब्धिका काम कम हुनेछन् ।

बृष

विहान गरेका काममा थोरै सफलता मिले पनि मध्यान्ह देखि समयले साथ दिने छैन । काममा अनेक किसिमका बाधा अड्चन आउने छन् । व्यापारमा मन्दि आउनेछ । खर्चमा वृद्धि हुनेछ ।

मिथुन

नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । कार्य दक्षता बढ्नेछ । काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । विवादको समाधान निस्कनेछ ।

कर्कट

काम गर्दा शत्रु बढ्न सक्छन् । लगनशिल भई काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । अरुको भरमा परेमा धोका हुने देखिन्छ । परिश्रम अनुसारको प्रतिफल राम्रै निस्कनेछ ।

सिंह

अकारण विवाद पर्न सक्छ । समस्याबाट मुक्त हुनुहुने छैन । समयमा निर्णय लिन नसक्दा पछाडि परिनेछ । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन ।

कन्या

प्रातकाल थोरै अनुकुल देखिए पनि दिनको अधिकाँश भाग प्रतिकुल देखिन्छ । खर्चमा तिव्रता आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायमा समस्या आउने देखिन्छ ।

तुला

आर्थिक क्षेत्रमा क्रमिक सुधार आउनेछ तर धन दिन काममा भने सचेत रहनु होला । कार्य लगनशिलता विस्तारै बढ्नेछ । गरेका काम पनि अगाडि बढ्ने छन् । व्यापारमा सुधार आउनेछ ।

बृश्चिक

अरुको उर्जालाई प्रयोग गरेर काम गर्न सके उपलब्धि हात लाग्नेछ । अर्थ अभावको महशुस हुनेछ । धन दिने काम नगर्नु होला । गोपनियता अप्नाई लगनशिल भई गरेका काम बन्ने छन् ।

धनु

प्रात काल कुनै नयाँ काम नगर्नु होला,मध्यान्ह सम्मको समय अनुकुल देखिन्न भने उप्रान्त समयमा सुधार आउनेछ । काममा प्रगति हुनेछ । लेनदेन कारोवारमा पनि सुधार आउनेछ ।

मकर

विहानको समय थोरै अनुकुल देखिए पनि मध्यान्ह देखि प्रतिकुल हुनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । शत्रु भय बढ्नेछ । स्वास्थ्य कमजोर हुनेछ ।

कुम्भ

समयले साथ दिने देखिन्छ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । गरेका कामबाट आम्दानी बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ला । सहयोग सहानुभूति मिल्नेछ ।

मीन

प्रातःकाल सहज देखिन्न । मध्यान्ह पछिको समय अनुकुल बन्ने छ । अधुरा र रोकिएका काम अगाडि बढ्ने छन् । नयाँ कामको अवसर आउन सक्छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउने देखिन्छ ।

तपाईको प्रतिक्रिया