ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर,शाके १९३९, विक्रसम्वत २०७४ साल पौष २९ गते शनिबार

नेपाल सम्बत ११३८ पोहेलागा,सन् २०१८ जनवरी १३ तारिक कृष्णपक्ष द्वादशी तिथि राती १ वजेर १ मिनेटसम्म, अनुराधा नक्षत्र मध्यान्ह १२ वजेर ७ मिनेटसम्म, गण्डयोग, कौलव करण, आनन्दादियोग अमृत,सूर्य धनु राशीमा,चन्द्रमा वृश्चिक राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१६ वजेसम्म काल वेला,८÷१६ वजेदेखि ९÷३४ वजेसम्म शुभ वेला,९÷३४ देखि १०÷५३ वजेसम्म रोग वेला,१०÷५३ देखि १२÷१२ वजेसम्म उद्वेग वेला,१२÷१२ देखि १÷३० वजेसम्म चर वेला,१÷३० देखि २÷४८ वजेसम्म लाभ वेला,२÷४८ देखि ४÷७ वजेसम्म अमृत र ४÷७ वजे देखि सूर्यास्तसम्म काल वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷९ वजेसम्म लाभ वेला,७÷९ वजेदेखि ८÷५० वजेसम्म उद्वेग वेला,८÷५० देखि १०÷३१ वजेसम्म शुभ वेला,१०÷३१ देखि १२÷१२ वजेसम्म अमृत वेला,१२÷१२ देखि १÷५३ वजेसम्म चर वेला,१÷५३ देखि ३÷३४ वजेसम्म रोग वेला,३÷३४ वजे देखि ५÷१६ वजेसम्म काल र ५÷१६ वजे देखि सूर्योदयसम्म लाभ वेला रहनेछ ।

ॐः–राहुकाल— विहान ९÷३५ वजेबाट १०÷५४ वजेसम्म,यमघण्टायोग अपरान्ह १÷३१ वजेबाट २÷५० वजेसम्म, दूरमुहूर्त विहान ८÷२२ वजेबाट ९÷४ वजेसम्म अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷५१ वजेबाट मध्यान्ह १२÷३३ वजेसम्म रहनेछ । मध्यम् गुली काल विहान ६÷५८ वजेबाट ८÷१७ वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

परिस्थितिले साथ दिने देखिन्न । विश्वास गरेकाबाट झुट्टा र निर्दयी काम हुने छन् । संकटको सामना गर्नु पर्नेछ । व्यर्थको घुमाई फिराई हुनेछ । खर्च बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

बृष

योजना बनाएर काममा लाग्नु होला सफल हुनुहुनेछ । चित्त प्रशन्न रहनेछ भने दया माया बढ्नेछ । स्वतन्त्र देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट धन आर्जन हुनेछ ।

मिथुन

कडा मेहनतको आवस्यकता देखिन्छ । शत्रु लागे पनि पराजय भोग्नु पर्ने छैन तर काम गर्दा गोपनियता अप्नाएमा आफैलाई सजिलो हुनेछ । ऋणमा काम नगर्नु होला ।

कर्कट

दुविधामा नपरि काम गर्नु होला । रत्न भुषणादिको लाभ हुनेछ । पढाईमा मन जाने छैन । यात्रामा कठिनाई हुनेछ । गरेका कामबाट अल्प लाभ हुनेछ । निर्णय क्षमता कमजोर रहनेछ ।

सिंह

समयले त्यति साथ दिने देखिन्न । अशुभ समाचारले चिन्तित बनाउनेछ । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । मान्यजनको सहयोग लिएर काम गर्नु भएमा सहजता हुनेछ ।

कन्या

नयाँ कामको अवसर आउने देखिन्छ । परिश्रमपूर्वक धन आर्जन गर्नु हुनेछ । कसैको लोभ मोहमा परिने छैन । सन्तानबाट सुख शान्ति मिल्नेछ ,कला कौसलता बढ्नेछ ।

तुला

कुटुम्बमा अल्प प्रेम रहनेछ । समयको ख्याल राख्नु होला,आफन्तका कारण धनको क्षय हुनसक्छ । वोलिका कारण शत्रु बढ्ने छन् । स्वास्थ्यमा समस्या आउन सक्छ विचार पु¥याउनु होला ।

बृश्चिक

समयमा थोरै सुधार आउनेछ । खर्चमा थोरै कमी आउनेछ । गलत विचार बढ्न सक्छ त्यसबाट मुक्त हुनु होला । सहयोग गर्ने कोहि हुने छैनन । मेहनतपूर्वक गरेका कामबाट लाभ हुनेछ ।

धनु

दिन प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला ठुलै क्षति हुनसक्छ । शत्रुको भय रहनेछ । नेत्रादि अङ्गमा रोगको प्रकोप बढ्नेछ । मिथ्या कुराले सताउनेछ । खर्चमा वृद्धि हुनेछ ।

मकर

राज्यसँग सरोकार रहेका काम बन्ने छन् र लाभ लिन पनि सकिनेछ । गुमेको अधिकार पुन प्राप्त हुने योगछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कुम्भ

विरोध गर्ने शरणमा आउने छन् । पुण्य काम हुनेछन् । सहज र सरलताबाट काम हुने छन् र रोकिएका कामले गति लिनेछ । शत्रु माथि विजय हात लाग्नेछ । विलासिता बढ्नेछ ।

मीन

मानसिक चिन्ता घट्नेछ । तिर्थाटनको सम्भावना देखिन्छ । भाई बन्धुमा मनमुटाव बढ्न सक्छ । इज्जत प्रतिष्ठामा आच आउनसक्छ । काममा सोचे जस्तो प्रगति हुने देखिन्न ।

तपाईको प्रतिक्रिया