ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर,शाके १९३९, विक्रसम्वत २०७४ साल पौष २८ गते शुक्रबार

नेपाल सम्बत ११३८ पोहेलागा,सन् २०१८ जनवरी १२ तारिक कृष्णपक्ष एकादशी तिथि राती ११ वजेर १८ मिनेटसम्म, विशखा नक्षत्र विहान १० वजेर ७ मिनेटसम्म, शूलयोग, बवकरण, आनन्दादियोग मातङ्ग, सूर्य धनु राशीमा,चन्द्रमा वृश्चिक राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१६ वजेसम्म चर वेला,८÷१६ वजेदेखि ९÷३४ वजेसम्म लाभ वेला,९÷३४ देखि १०÷५२ वजेसम्म अमृत वेला,१०÷५२ देखि १२÷११ वजेसम्म काल वेला,१२÷११ देखि १÷२९ वजेसम्म शुभ वेला,१÷२९ देखि २÷४७ वजेसम्म रोग वेला,२÷४७ देखि ४÷६ वजेसम्म उद्वेग र ४÷६ वजे देखि सूर्यास्तसम्म चर वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷५ वजेसम्म रोग वेला,७÷५ वजेदेखि ८÷४७ वजेसम्म काल वेला,८÷४७ देखि १०÷२८ वजेसम्म लाभ वेला,१०÷२८ देखि १२÷१० वजेसम्म उद्वेग वेला,१२÷१० देखि १÷५१ वजेसम्म शुभ वेला,१÷५१ देखि ३÷३३ वजेसम्म अमृत वेला,३÷३३ वजे देखि ५÷१६ वजेसम्म चर र ५÷१६ वजे देखि सूर्योदयसम्म रोग वेला रहनेछ ।

ॐः–राहुकाल— पूर्वान्ह १०÷५४ वजेबाट मध्यान्ह १२÷१२ वजेसम्म,यमघण्टायोग अपरान्ह २÷४९ वजेबाट ४÷७ वजेसम्म, दूरमुहूर्त विहान ९÷४ वजेबाट ९÷४६ वजेसम्म र मध्यान्ह १२÷३३ वजेबाट अपरान्ह १÷१५ वजेसम्म अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷५१ वजेबाट मध्यान्ह १२÷३३ वजेसम्म रहनेछ । मध्यम् गुली काल विहान ८÷१७ वजेबाट ९÷३५ वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

थोरै सचेत हुन सकिएन भने समस्याको भूमरीमा परिनेछ । काम गर्न स्वास्थ्यले साथ दिने छैन । पारिवारिक समस्यम बढ्ने छन् । अशुभ समाचार सुन्नु पर्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

बृष

नयाँ नयाँ कुरामा ध्यान जानेछ । मन चुडेर लाने कोहि भेटिन सक्छन् । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा हुनेछ । विदेश यात्राको योग देखिन्छ । दामपत्य जीवन सुखमय रहला ।

मिथुन

हिसाव र निसाब विग्रिन सक्छ । कुरा भन्दा काममा जोड दिनु होला । कर्म क्षेत्रमा वैरीहरुको अगमन हुनसक्छ । प्रयत्नपूर्व गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ ।

कर्कट

अस्थिर मनस्थितिबाट अगाडि बढ्न सकिने छैन । हतार गर्दा विग्रिने तथा ढिला गर्दा अवसर गुम्ने डर हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । पार्टनरले धोका दिने सम्भावना देखिन्छ ।

सिंह

महत्वकाँक्षी हुदा सामान्य अवसर पनि गुम्नेछ । स्पष्ट कार्य दिशा नहुदा गन्तव्यमा पुग्न सकिने छैन । घरयासी खर्चमा वृद्धि हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । टुष्टले दुख दिने छन् ।

कन्या

अन्योलता हट्नेछ । गरेका अधिकाँश काम सफल हुने देखिन्छ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ ।

तुला

प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । कामलाई कुरामा सिमित गर्ने प्रयत्न नगर्नु होला । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । सहयोग दिने भन्दा माग्ने बढि हुनेछन् । लगानी गर्दा विचार पु¥याउनु होला ।

बृश्चिक

मन वचन र कर्मले लाग्नु होला अवस्य सफल हुनुहुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।

धनु

योजना भङ्ग हुनसक्छ । आश्वासन फिर्ता लिने छन् । काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

मकर

वैदेशिक कार्यबाट आम्दानी हुनेछ । उद्योग पराक्रम घट्ने छैन । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आम्दानी बढ्ने देखिन्छ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ ।

कुम्भ

आत्मविश्वास बढ्ने छ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि मिल्ने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ ।

मीन

श्रम आफ्नोे उपलब्धि अरुलाई हुनसक्छ । दैनिक काम काजबाट सन्तुष्टि कम मिल्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ । कछुवाको तालमा काम हुनेछन् ।

तपाईको प्रतिक्रिया