— ज्योतिष,पंडित वेदनिधि तिमिल्सिना फोनः– ९८४६१६७८०२

मेष

साताको पहिलो दिन विहिवार शुभ रहेकोछ ।आयत निर्यात व्यापार व्ययवसायबाट आम्दानी बढ्नेछ । शुक्रबारबाट आइतवार अपरान्हसम्म समय अशुभ देखिन्छ । कहि कतैबाट मन चुडिने काम हुनसक्छ । दुःखका रेखाहरु कोरिने छन् । प्रियजनबाट टाढा हुने अवस्था आउन सक्छ । स्वास्थ्यमा समस्या आउनेछ । सोमबारबाट समयमा विस्तारै सुधार आउनेछ । साताको अन्त्यमा केहि काम हुनेछन् । दुःख,कष्ट हरण हुनेछन् । दुष्टहरुको पराजय हुनेछ ।

बृष

३० गते सम्म समयले साथ दिनेछ काम गर्न पछि नहट्नु होला । प्रयत्न गरेमा नयाँ काम मिल्नेछ । प्रेमिकाको प्रस्तावमा यात्रा हुनेछ । वैदेशिक काममा सफलता मिल्नेछ । तपाईको सुन्दरताले अरुको मन हरण गर्नेछ । व्यापार व्यवसायबाट सन्तोषजनक आम्दानी हुनेछ । उप्रान्त समय भने त्यति अनुकुल देखिन्न । उपलब्धिका काम रोकिने छन् । स्वास्थ्यमा समस्या आउनेछ । विश्वास र भरोसा टुट्नेछ । हरेक क्षेत्रमा पराजयको संकेत देखिने छन् ।

मिथुन

सहज रुपमा काम गर्न सकिने छैन । विभिन्न बाधा अवरोधको सामना गर्नु पर्ने छ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । विवाद खडा गर्न खोज्ने कम हुने छैनन तर अन्त्यमा जीत भने हुनेछ । वित्तिय कारोवारमा ध्यान दिनु होला । भयातुरमा काम नगर्नु होला । प्रयत्न गर्नु भयो भने सोमबार र मंगलबार नयाँ काम हात लाग्नेछ । विपरित लिङ्गिको सहयोग मिल्नेछ । व्यापार बढ्नेछ । यात्रा हुनसक्छ । शेष दिन अशुभ देखिन्छ ।

कर्कट

प्रारम्भिक अवस्था त्यति अनुकुल देखिन्न । समयमा कार्य सम्पादन गर्न गाह्रो हुनेछ । लगनशिलता बढाउनु होला । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । हतारमा गरेका काम विग्रिन सक्छन् । योजनाबद्ध अगाडि बढेमा धेरै ठाँउमा सफलता मिल्नेछ । संघर्षबाट नभाग्नु होला । श्रमबाट नै सफलताको सिढि चढ्न पाईनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । यात्राको योग देखिन्छ ।

सिंह

मिश्रित फलदायी साता देखिन्छ । लगनशिल भई काम गर्नु होला । अरुको भर विश्वासमा मात्रै काम गर्दा दुःख पाईनेछ । विहिावार अधुरा धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । अन्य दिन भने समस्या सँग खेल्दै गर्दै विताउनु पर्नेछ । आत्मसन्तुष्टि मिल्ने छैन । सुख,समृद्धिमा कमि आउनेछ । वैराग्यता जाग्नेछ । काममा विरोधीले व्यवधान खडा गर्ने छन् विचार पु¥याउनु होला ।

कन्या

रविवार अपरान्ह सम्म समयले साथ दिनेछ ।काम गर्ने जोश जागर बढ्नेछ । अधिकाँश काम आफ्नै पहलमा हुनेछन् । थोरै प्रयत्न गरेमा व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । घर परिवारको सहयोग मिल्नेछ । उप्रान्त समय धेरै अनुकुल देखिदैन । नोकरी तथा राजनीतिमा सोचे जस्तो नहुनसक्छ । आम्दानीका मार्ग खुम्चिने छन् भने खर्चका मार्ग बढि खुल्ला हुनेछन् । काम गरे जश मिल्ने छैन । स्पष्ट कार्य दिशा देखिदैन । धोका दिने छन् ।

तुला

मंगलबारसम्म समय सामान्यतया अनुकुल देखिन्छ । प्रयत्नहरु सफल हुनेछन् । आफ्नो काम गर्न अरुको मुख ताक्नु पर्ने छैन । उद्योग धन्दा बन्द व्यापारमा लगानी बढ्नुका साथ मुनाफा पनि हुनेछ । सहयोग सहानुभूति मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तिसँगको सामिप्यता बढ्नेछ । अड्किएर रहेका कामहरु अगाडि बढ्ने छन् । बुधबार खर्च विवाद बढ्नेछ । पारिवारिक समस्या बढ्ने छन् । मनमा अशान्ति फैलिनेछ ।

बृश्चिक

विहिवार उपलब्धिका काम कम हुनेछन् भने खर्च गरेर हुने काम सफल होलान् । अतिथिको लागि समय दिनु पर्नेछ । शुक्रबार र शनिवार उत्साहित भएर काम गरिनेछ । गरेका काम सफल हुनेछन् भने अबरुद्ध कामले गति लिनेछ । उत्सवादिमा भाग लिने अवसर मिल्नेछ । भोज भतेरमा सहभागि हुनुहुनेछ । सोमबार र मंगलबार आर्थिक कारोवारमा ध्यान दिनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला डुब्न सक्छ । बुधवार व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

धनु

२७ गते आकस्मिक आम्दानीको योग देखिन्छ भने २९ र ३० गते आकस्मिक खर्चको योग देखिन्छ । अनावस्यक काममा समय दिनु पर्नेछ । नगरेका कामको अपयश लिनु पर्ने अवस्था आउन सक्छ । व्यापार व्यवसायबाट नाफा भन्दा घाटा बढि हुनसक्छ । दुष्टहरुको संगत हुनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । १ गते र २ गतेका दिन अनुकुल देखिन्छ । गतिरोधको अन्त्य हुनेछ । कार्य क्षमता बढ्नेछ । उत्साहा थपिनेछ । पढाईमा प्रगति हुनेछ ।

मकर

आइतवार मध्यान्ह सम्म समयले पुर्ण साथ दिनेछ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको साथ पाउदा मनमा उमङ्ग बढ्नेछ । गर्न बाँकी रहेका काम बन्नेछन् । वैदेशिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । सोमबार र मंगलबार भने खर्च विवाद बढ्ने देखिन्छ । कार्य प्रगतिमा तगारो लाग्नेछ । पुन साताको अन्त्यतिर समयमा सुधार आउनेछ । गतिरोधको अन्त्य हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ ।

कुम्भ

मंगलबारसम्म समयले पूर्ण साथ दिने देखिन्छ । रोकिएका कामले गति समाउनेछ । कार्य लगनशिलात बढ्नेछ । कुरा काट्नेहरु सहयोगको प्याकेज लिएर समर्थनमा आउने छन् । द्वन्दको अन्त्य हुनेछ । सामाजिक काममा सहभागि हुने अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । बक्यौता रकम उठ्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । बुधबार देखि भने समयले साथ दिने छैन । फजुल खर्च बढ्नेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ ।

मीन

साताको सुरुवात राम्रो देखिन्न । स्वास्थ्यमा समस्या आउन सक्छ । लेनदेन कारोवारमा टाउको दुखाउनु पर्नेछ । विश्वास र भरोसा टुट्नेछ । आलोचित हुनुपर्ला । रविबार बाट भने समयमा सुधार आउनेछ । रोकिएका कामले गति लिनेछ । कार्य लगनशिलता बढ्नेछ । सहयोगी हात फेला पर्नेछन् ।

तपाईको प्रतिक्रिया