ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर,शाके १९३९, विक्रसम्वत २०७४ साल पौष २७ गते विहिबार

नेपाल सम्बत ११३८ पोहेलागा, सन् २०१८ जनवरी ११ तारिक कृष्णपक्ष दशमी तिथि राती ९ वजेर ५९ मिनेटसम्म, स्वाती नक्षत्र विहान ८ वजेर ३२ मिनेटसम्म, धृतियोग, वणिजकरण, आनन्दादियोग स्थिर ,सूर्य धनु राशीमा,चन्द्रमा राती ३ वजेर ४१ मिनेटसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१६ वजेसम्म शुभ वेला,८÷१६ वजेदेखि ९÷३४ वजेसम्म रोग वेला,९÷३४ देखि १०÷५२ वजेसम्म उद्वेग वेला,१०÷५२ देखि १२÷११ वजेसम्म चर वेला,१२÷११ देखि १÷२९ वजेसम्म लाभ वेला,१÷२९ देखि २÷४७ वजेसम्म अमृत वेला,२÷४७ देखि ४÷६ वजेसम्म काल र ४÷६ वजे देखि सूर्यास्तसम्म शुभ वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷५ वजेसम्म अमृत वेला,७÷५ वजेदेखि ८÷४७ वजेसम्म चर वेला,८÷४७ देखि १०÷२८ वजेसम्म रोग वेला,१०÷२८ देखि १२÷१० वजेसम्म काल वेला,१२÷१० देखि १÷५१ वजेसम्म लाभ वेला,१÷५१ देखि ३÷३३ वजेसम्म उद्वेग वेला,३÷३३ वजे देखि ५÷१६ वजेसम्म शुभ र ५÷१६ वजे देखि सूर्योदयसम्म अमृत वेला रहनेछ ।

ॐः–राहुकाल— अपरान्ह १÷३० वजेबाट २÷४८ वजेसम्म,यमघण्टायोग विहान ६÷५८ वजेबाट ८÷१६ वजेसम्म, दूरमुहूर्त पूर्वान्ह १०÷२७ वजेबाट ११÷९ वजेसम्म र अपरान्ह २÷३८ वजेबाट ३÷२० वजेसम्म अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷५१ वजेबाट मध्यान्ह १२÷३३ वजेसम्म रहनेछ । मध्यम् गुली काल विहान ९÷३५ वजेबाट १०÷५३ वजेसम्म रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

उत्साह र उमङ्गका साथ काममा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोग प्राप्त हुनेछ । प्रेम प्रस्ताव आउनेछ ।

बृष

भय त्रासको अन्त्य हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । विवादित विषयको टुङ्गो लाग्नेछ । काम गर्दा आफ्नो हात माथि पर्ने छ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

मिथुन

अन्योलता कायम रहन सक्छ,अलमलमा नपरि काम गर्नु भयो भने केहि काममा सफलता मिल्नेछ । दैनिक काम काजबाट सामान्य लाभ हुनेछ । विपरित लिङ्गि प्रतिको आकर्षण बढ्नेछ ।

कर्कट

काममा भन्दा भेटघाटमा समय बढि खर्च हुनेछ । भौतिक सुख,शान्तिको अभिलासा बढ्नेछ । पारिवारिक सहयोग सहानुभूति मिल्नेछ । आम्दानीको तुलनामा खर्च बढि हुनेछ ।

सिंह

समयको ख्याल राखेर काम गर्नु भयो भने धेरै कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । आर्थिक सन्तुलन कायम रहनेछ । सहयोग मिल्नेछ ।

कन्या

ग्रह,गोचर सामान्यतया मध्यम देखिन्छन् । लगनशिल भई गरेका काम सफल हुनेछन् । इष्टमित्रको सहयोग सल्लाहा मिल्नेछ । लगानीमा ध्यान दिनु होला डुब्ने सम्भावना बढि देखिन्छ ।

तुला

पारिवारिक समस्यालाई चिरेर अगाडि बढ्नु होला गरेका काम सफल हुनेछन् । आर्थिक कारोवारमा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

बृश्चिक

खुला रुपमा काम गर्न गाह्रो हुनेछ । गरेका कामबाट आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । व्यर्थको घुमाई फिराईमा समय व्यतित हुने देखिन्छ । फजुल खर्च बढ्नेछ ।

धनु

लगनशिल भई गरेका काम सफल हुनेछन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । खर्च गर्नु पर्ने बाध्यात्मक स्थितिको सृजना हुनसक्छ नियन्त्रण गर्नु होला ।

मकर

तपाईका कामले प्राथमिकता पाउनेछ । नोकरी तथा राजनीतिमा अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । इज्जत प्रतिष्ठा बढ्नेछ । व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

कुम्भ

समयमा विस्तारै सुधार आउनेछ । पढाईमा प्रगति हुनेछ । नाफा मुलक काम भन्दा उपकारी कामले प्राथमिकता पाउने देखिन्छ । यात्राको सम्भावना लाई नकार्न सकिन्न । आस्था र विश्वास बढ्नेछ ।

मीन

आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । नयाँ कामको शुरुवत नगर्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । अनावस्यक चिन्ताले सताउन सक्छ । उपलब्धि विहिन खर्च बढ्नेछ ।

तपाईको प्रतिक्रिया