ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर,शाके १९३९, विक्रसम्वत २०७४ साल पौष २६ गते बुधबार

नेपाल सम्बत ११३८ पोहेलागा, सन् २०१८ जनवरी १० तारिक कृष्णपक्ष नवमी तिथि राती ९ वजेर ९ मिनेटसम्म, चित्रा नक्षत्र विहान ७ वजेर २७ मिनेटसम्म,सुकर्मयोग,तैतिल करण, आनन्दादियोग काल,सूर्य धनु राशीमा,चन्द्रमा तुला राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१६ वजेसम्म लाभ वेला,८÷१६ वजेदेखि ९÷३४ वजेसम्म अमृत वेला,९÷३४ देखि १०÷५२ वजेसम्म काल वेला,१०÷५२ देखि १२÷११ वजेसम्म शुभ वेला,१२÷११ देखि १÷२९ वजेसम्म रोग वेला,१÷२९ देखि २÷४७ वजेसम्म उद्वेग वेला,२÷४७ देखि ४÷६ वजेसम्म चर र ४÷६ वजे देखि सूर्यास्तसम्म लाभ वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷५ वजेसम्म उद्वेग वेला,७÷५ वजेदेखि ८÷४७ वजेसम्म शुभ वेला,८÷४७ देखि १०÷२८ वजेसम्म अमृत वेला,१०÷२८ देखि १२÷१० वजेसम्म चर वेला,१२÷१० देखि १÷५१ वजेसम्म रोग वेला,१÷५१ देखि ३÷३३ वजेसम्म काल वेला,३÷३३ वजे देखि ५÷१६ वजेसम्म लाभ र ५÷१६ वजे देखि सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।

ॐः–राहुकाल—मध्यान्ह १२÷११ वजेबाट अपरान्ह १÷३० वजेसम्म,यमघण्टायोग विहान ८÷१६ वजेबाट ९÷३५ वजेसम्म, दूरमुहूर्त पूर्वान्ह ११÷५० वजेबाट मध्यान्ह १२÷३२ वजेसम्म अशुभ मुहूर्त मानिन्छ । अशुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷५० वजेबाट मध्यान्ह १२÷३२ वजेसम्म रहनेछ । मध्यम् गुली काल पूर्वान्ह १०÷५३ वजेबाट मध्यान्ह १२÷११ वजेसम्म रहनेछ ।

ॐः– पाद हिन,स्त्री राशी,कफ प्रकृति,रात्री वली,शब्द रहित,पिङ्गल वर्ण,द्विस्वभावात्मक,स्निग्ध,अति प्रजा,अति स्त्री संगी, विप्र वर्ण सौम्य,उत्तर दिक् स्वामी,शिथिलाङ्ग भएको मीन राशीवाल व्यक्ति जल क्रीडामा निपुर्ण,विनम्र,स्त्री प्रिय,प्रचण्ड श्रेष्ठ,पण्डित,चतुर,अल्प भोजी,चञ्चल,श्रेष्ठ रत्न भूषणादि धारण गर्ने हुन्छन् । रचनाकार,यशस्वी,आलसी,अधिक सन्तान भएको हुनेछन् । आकस्मिक हानी उठाउने,ठुला आँखा एवं सामान्य कदको शरीर भएका हन्छन् । जल तत्व, अङ्गमा, पैदला भाग र दाँत र रोगमा टि.भी.र कफ सम्बन्धित हुन्छ । शुभ बारमा रवि,सोम,मंगल र विहिवार,मध्यमवारमा शनिवार एवं हिन बारमा बुधवार, र घातवारमा शुक्रबार मानिन्छ । प्रारम्भिक अवस्था सामन्य रहनेछ । मध्य अवस्थामा दुःख र अन्त्यावस्था सुखी रहला । भाग्योदय २१ र २२ वर्षको उमेरमा हुनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

गरेका नब्बे प्रतिशत काम सम्पादन हुनेछन् । जीवन साथिबाट रचनात्मक सहयोग मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विदेश यात्राको योग देखिन्छ । आम्दानी बढ्नेछ ।

बृष

आराम सँग बस्न पाईने छैन । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । सामान्य प्रयासबाट कार्य सम्पादन हुने छैनन । काम गर्दा गोपनियता अप्नाउनु होला । प्रतिपश्र्धा गर्नु पर्नेछ ।

मिथुन

मन चलाएर होईन हात चलाएर अगाडि बढ्नु होला । हतार गर्दा काम विग्रिने छन् । ढिला गर्दा अवसर फुत्किनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

कर्कट

काम गर्न मन लाग्ने छैन । रमाईलो गरेर दिन विताउन मन लाग्नेछ । आम्दानी भन्दा खर्च बढि हुनेछ । अरुको काममा जश मिल्ने छैन । आफन्तसँग भेटघाट हुनेछ । व्यापार घट्नेछ ।

सिंह

समयले साथ दिनेछ । गरेका काम बन्ने छन् । नयाँ सोच विचारका साथ काम हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।

कन्या

संचित धन बढ्नेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् र लाभदायक रहलान् । अरुलाई पूर्ण विश्वासमा लिएर काम गर्नु होला । वोलिको प्रभाव बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

तुला

समस्याको समाधान निस्कनेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

बृश्चिक

कर्म अनुसारको फल मिल्ने छैन । बाह्य काममा चासो बढि हुनेछ । परोपकारी काममा लगानी बढ्नेछ । इष्टमित्र साथि भाईका कारण अप्ठ्यारोमा पर्न सकिन्छ सतर्क रहनु होला ।

धनु

आफ्ना विषय बस्तुले प्राथमिकता पाउनेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । व्यापार बढ्नेछ ।

मकर

काम सरल तरिकाले सम्पादन हुनेछन् । अधुरा काम फस्र्योट हुनेछन् । सामाजिक कामबाट इज्जत प्रतिष्ठा बढ्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

कुम्भ

आस्था र विश्वास बढ्नेछ । आफुले सोचे जस्तो हुने छैन । काम गर्दा इज्जतको ख्याल राख्नु होला । अरुको काम गरेर जश मिल्ने छैन । विना उपलब्धिका काममा समय बढि खर्च हुनेछ ।

मीन

उचित व्यवस्थापन गर्न नसक्दा कार्य विमुख हुने अवस्था आउन सक्छ । मिठा मिठा खानेकुरा खादा स्वास्थ्यमा समस्या आउनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । खर्च बढ्नेछ ।

तपाईको प्रतिक्रिया