ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर,शाके १९३९, विक्रसम्वत २०७४ साल पौष २५ गते मंगलबार

नेपाल सम्बत ११३८ पोहेलागा,सन् २०१८ जनवरी ९ तारिक कृष्णपक्ष अष्टमी तिथि राती ८ वजेर ५० मिनेटसम्म, चित्रा नक्षत्र अहोरात्र,अतिगण्डयोग, बालवकरण, आनन्दादियोग ध्वाँक्ष,सूर्य धनु राशीमा,चन्द्रमा साँझ ७ वजेर ६ मिनेटसम्म कन्या उप्रान्त तुला राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१६ वजेसम्म रोग वेला,८÷१६ वजेदेखि ९÷३४ वजेसम्म उद्वेग वेला,९÷३४ देखि १०÷५२ वजेसम्म चर वेला,१०÷५२ देखि १२÷११ वजेसम्म लाभ वेला,१२÷११ देखि १÷२९ वजेसम्म अमृत वेला,१÷२९ देखि २÷४७ वजेसम्म काल वेला,२÷४७ देखि ४÷६ वजेसम्म शुभ र ४÷६ वजे देखि सूर्यास्तसम्म रोग वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷५ वजेसम्म काल वेला,७÷५ वजेदेखि ८÷४७ वजेसम्म लाभ वेला,८÷४७ देखि १०÷२८ वजेसम्म उद्वेग वेला,१०÷२८ देखि १२÷१० वजेसम्म शुभ वेला,१२÷१० देखि १÷५१ वजेसम्म अमृत वेला,१÷५१ देखि ३÷३३ वजेसम्म चर वेला,३÷३३ वजे देखि ५÷१६ वजेसम्म रोग र ५÷१६ वजे देखि सूर्योदयसम्म काल वेला रहनेछ ।

ॐः–राहुकाल—अपरान्ह २÷४७ वजेबाट ४÷५ वजेसम्म,यमघण्टायोग पूर्वान्ह ९÷३४ वजेबाट ११÷५३ वजेसम्म,दूरमुहूर्त विहान ९÷३ वजेबाट ९÷४५ र राती १०÷४९ वजेवाट ११÷३१ वजेसम्म अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷५० वजेबाट मध्यान्ह १२÷३२ वजेसम्म रहनेछ । मध्यम् गुली काल मध्यान्ह १२÷११ वजेबाट अपरान्ह १÷२९ वजेसम्म रहनेछ ।

ॐः– पाद हिन,स्थिर संज्ञक,पुरुष राशि,दिवा वली,मध्यम प्रजा,स्त्री संगी,चित्र वर्ण,बनचारी,वायु राशि,स्निग्ध,उष्ण अद्र्ध स्वर,वात,कफ,पित्त प्रकृति,पश्चिम दिक् स्वामी,विषमोदयी,शूद्र वर्ण शिथिल शरीरका कुम्भ राशीवाल व्यक्ति अधिक पानी पिउने,श्रेष्ठ व्यक्तिको संगत गर्ने,स्थिर सुन्दर स्त्री युक्त, चञ्चल हृदय भएका मित्र प्रिय,तेजस्वी शरीर भएका,अधिक काम गर्ने स्वभावका हुन्छन् । सामान्यतया व्यक्ति मोटो गर्दन लामो शरीर भएका हुन्छन् । नराम्रो पक्षमा अहंकारी, ईष्र्यालु भ्रातृ द्रोही हो । शुभ बारमा शनि,शुक्र र बुधवार, घातवार विहिवार एवं मंगलवार,सोमबार र रविवार हिन मानिन्छ । बाल्यावस्थामा दुःखी,मध्य अवस्था सुखी तथा अन्त्यावस्था धन,पुत्र भूमि र घर आदिको सुख भोग गर्दछन् । भाग्योदय २४ वा २५ वर्षको उमेरमा हुनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेहनत बढि गर्नु पर्ला । काम गर्दा विरोधीबाट अवरोध आउन सक्छ । घरको बातावरण प्रतिकुल हुनसक्छ तर बाहिरको भने अनुकल हुनेछ । उच्चमनोबलका साथ काम गर्नु भएमा सफलता मिल्नेछ ।

बृष

काम गर्दा दुविधा उत्पन्न हुनसक्छ ,भ्रमबाट मुक्त भएर काम गर्नु होला । यात्रामा सामान्य कठिनाई आउनेछ । व्यापार व्यवसायबाट अल्प लाभ होला । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नु होला ।

मिथुन

समयमा काम गर्न सकिने छैन । घरयासी समस्याहरु बढ्ने देखिन्छ । भौतिक सुख सुविधामा कमी आउनेछ । अरुको काम गरेर जश पाईने छैन । शारीरिक एंव मानसिक शिथिलता बढ्नेछ ।

कर्कट

समय अनुकुल देखिन्छ । आफुमा भएको उर्जाको सहि सदुपयोग गर्न सके धेरै उपलब्धि हासिल हुनेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । साँझपख खर्चमा वृद्धि हुनेछ ।

सिंह

सामान्य खालको दिन चर्या रहला । आर्थिक कारोवार गर्दा सचेत रहनु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । आफन्तबाट विश्वास घात हुन सक्छ सचेत रहनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

कन्या

काम गर्दा हरेस नखाई गर्नु होला आज गरेका काम प्राय सफल हुनेछन् । आर्थिक कुरामा बढि केन्द्रित भएर काम गरिनेछ । सहमतिमा काम गर्न सके फाइदा हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

तुला

समयले साथ दिने छैन । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । झुट्टा कुराले सताउनेछ । काममा अवरोध आउनेछ । व्यर्थका काममा समय र धन खर्च हुनेछ । साँझपख सुधार देखिन्छ ।

बृश्चिक

भाग्यले साथ दिदा धेरुै काममा सफलता मिल्नेछ । आफन्तबाट निसर्त सहयोग पाईनेछ । नसोचेका ठाँउबाट लाभान्वित हुनुहोला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साँझपख खर्च बढ्नेछ ।

धनु

ग्रह गोचर सामान्य देखिन्छ । अर्थ अभावका कारण काममा सामान्य ढिलाई हुनेछ । काममा देखिएका समस्या भने कम भएर जानेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउने देखिन्छ ।

मकर

समय मध्यम खालको छ । हेलचक्र्याइ गरेर कुनै काम नगर्नु होला विग्रिन सक्छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । काम गर्दा केहि कठिनाई आउन सक्छ । समय सुधारोन्मुख छ ।

कुम्भ

समय प्रतिकुल चलेको छ । नयाँ काममा हात नहाल्नु होला । अहार विहारमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउन सक्छ । बन्नलागेका काम विग्रिन सक्छन् । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला ।

मीन

कर्मशिल भएर काममा लाग्नु भएमा धेरै सफलता मिल्नेछ । पारिवारिक जीवनमा सुखानुभूति हुनेछ । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । पराक्रम बढ्नेछ । बाहिरी सम्वन्धमा सुधार आउनेछ ।

तपाईको प्रतिक्रिया