ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर,शाके १९३९, विक्रसम्वत २०७४ साल पौष २४ गते सोमबार

नेपाल सम्बत ११३८ पोहेलागा,सन् २०१८ जनवरी ८ तारिक कृष्णपक्ष सप्तमी तिथि राती ९ वजेर २ मिनेटसम्म, हस्ता नक्षत्र २५ गते विहान ६ वजेर ५२ मिनेटसम्म, शोभनयोग, विष्टिकरण, आनन्दादियोग वज्र, सूर्य धनु राशीमा, चन्द्रमा कन्या राशीमा ।

ॐः–सूर्योदयबाट प्रातः ८÷१६ वजेसम्म अमृत वेला,८÷१६ वजेदेखि ९÷३४ वजेसम्म काल वेला,९÷३४ देखि १०÷५३ वजेसम्म शुभ वेला,१०÷५३ देखि १२÷११ वजेसम्म रोग वेला,१२÷११ देखि १÷२९ वजेसम्म उद्वेग वेला,१÷२९ देखि २÷४८ वजेसम्म चर वेला,२÷४८ देखि ४÷६ वजेसम्म लाभ र ४÷६ वजे देखि सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ७÷५ वजेसम्म चर वेला,७÷५ वजेदेखि ८÷४७ वजेसम्म रोग वेला,८÷४७ देखि १०÷२८ वजेसम्म काल वेला,१०÷२८ देखि १२÷१० वजेसम्म लाभ वेला,१२÷१० देखि १÷५२ वजेसम्म उद्वेग वेला,१÷५२ देखि ३÷३४ वजेसम्म शुभ वेला,३÷३४ वजे देखि ५÷१६ वजेसम्म अमृत र ५÷१६ वजे देखि सूर्योदयसम्म चर वेला रहनेछ ।

ॐः–राहुकाल— विहान ८÷१६ वजेबाट ८÷३४ वजेसम्म,यमघण्टायोग पूर्वान्ह १०÷५२ वजेबाट मध्यान्ह १२÷१० वजेसम्म, दूरमुहूर्त मध्यान्ह १२÷३१ वजेबाट अपरान्ह १÷१३ र २÷३६ वजेवाट ३÷१८ वजेसम्म अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷५० वजेबाट मध्यान्ह १२÷३१ वजेसम्म रहनेछ । मध्यम् गुली काल अपरान्ह १÷२९ वजेबाट २÷४७ वजेसम्म रहनेछ ।

ॐः– भूमि राशि,चर संज्ञक,स्त्री अद्र्ध शब्द,यमदिक् स्वामी,पिङ्गगल वर्ण,कान्ति हिन,सौम्य भूमिचारी,शीतल स्वभाव,स्वल्प प्रजा,स्त्री संगी,वात प्रकृति,रात्री वली,विषमोदयी,वैश्व वर्ण,शिथिल शरीर भएका मकर राशीका व्यक्ति निरन्तर पुरुषार्थ गर्ने,उग्र स्वभाव,सन्तोषी,मन मौजी,ठुला आँखा,लामो शरीर,शठ,अधिक सन्ततीवान चतुर लोभी खर्चालु,स्त्री आशक्त लज्जा रहित हुन्छन् । शुभ बारमा शनि,शुक्र र बुधवार, विहिवार मध्यम,सोमबार र रविवार हिन र मंगलवार घातबार मानिन्छ । बाल्यावस्थामा अधिक सुख भोग्ने,मध्य अवस्था दुःखी तथा अन्त्यावस्था सुखी रहने पूर्णायुका हुन्छन् ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

विश्वास घात हुनसक्छ । कार्य सम्पादनमा कठिनाई उत्पन्न हुनेछ तर मेहनतपूर्वक गरेका काम भने सफल हुनेछन् । आर्थिक उन्नति हुने देखिन्छ । व्यापारमा सुधार आउनेछ ।

बृष

समयमा विचार विमर्श गरेर काम गर्नु होला अवस्य सफलता मिल्नेछ । अरुको भरमा मात्रै काम गर्नु भयो भने पछि परिनेछ । स्पष्ट वोल्दा आफैलाई घाटा हुनेछ । अपेक्षाकृत सहयोग मिल्ने छैन ।

मिथुन

सहयोग गर्ने भन्दा माग्ने धेरै हुनेछन् । कार्य शिथिलता बढ्ने देखिन्छ । आशा र भरोसामा तुषारापात हुनसक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । मनमा शान्ति मिल्ने छैन । व्यापार मन्दमा आउनेछ ।

कर्कट

उद्योग पराक्रम बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । आफ्नो काम गर्न आफै सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

सिंह

विना उपलब्धिका काममा धन र श्रम लगानी हुनेछ । व्यर्थका काममा झगडा पर्न सक्छ । व्यापार व्यवसायमा समस्या आउने देखिन्छ । आर्थिक संरचना नचलाउनु होला ।

कन्या

काम गर्ने उत्साहामा वृद्धि हुनेछ । अधुरा काम सम्पादन हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ला ।

तुला

काममा अवरोध आउनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर काम गर्नु होला । व्यापारमा गरेको लगानी डुब्न सक्छ विचार पु¥याउनु होला । झुट्टा कुराले सताउनेछ ।

बृश्चिक

घरमा मांगलिक काम हुनसक्छ । आस्था र विश्वास बढ्नेछ । घर परिवारबाट सहयोग प्राप्त हुनेछ । नोकरी तथा राजनीतिमा अवसरको झिनो सम्भावना देखिन्छ । समयमा काम गर्नु होला ।

धनु

सामान्यतया दिन अनुकुल देखिन्छ । राज्य सँग सरोकार रहेका विषयले प्राथमिकता पाउनेछ । लगानी गर्दा भने विचार पु¥याउनु होला । भयातुरमा काम नगर्नु होला ।

मकर

स्वव्यवसायमा झिनो अवसरको सम्भावना देखिनेछ । आत्मविश्वासका साथ काममा लाग्नु होला । अरुको भर विश्वासमा काम नगर्नुहोला । यात्रा हुनसक्छ ।

कुम्भ

समयले कम साथ दिने हुदा जोखिम पूर्ण काममा हात नहाल्नु होला । काम गर्दा समस्या सृजना हुने देखिन्छ । परभावको सम्भावना देखिन्छ । सम्पतिको नास हुनेछ ।

मीन

समयमा गरेका काम सफल हुनेछन् । गरेका काम सरल किसिमले सम्पादन हुनेछन् । गरेको लगानीबाट लाभ लिन सकिनेछ । व्यापारमा अवसर आउनेछ ।

तपाईको प्रतिक्रिया