ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर,शाके १९३९, विक्रसम्वत २०७४ साल पौष २३ गते आइतबार

नेपाल सम्बत ११३८ पोहेलागा,सन् २०१८ जनवरी ७ तारिक कृष्णपक्ष षष्ठी तिथि राती ९ वजेर ४३ मिनेटसम्म, पूर्वफाल्गुनी नक्षत्र विहान ७ वजेर ६ मिनेटसम्म,सौभाग्ययोग,गरकरण, आनन्दादियोग छत्र, सूर्य धनु राशीमा,चन्द्रमा मध्यान्ह १२ वजेर ५८ वजेसम्म सिंह उप्रान्त कन्या राशीमा ।

सूर्योदयबाट प्रातः ८÷१६ वजेसम्म उद्वेग वेला,८÷१६ वजेदेखि ९÷३४ वजेसम्म चर वेला,९÷३४ देखि १०÷५३ वजेसम्म  लाभ वेला,१०÷५३ देखि १२÷११ वजेसम्म अमृत वेला,१२÷११ देखि १÷२९ वजेसम्म काल वेला,१÷२९ देखि २÷४७ वजेसम्म शुभ वेला,२÷४७ देखि ४÷५ वजेसम्म रोग र ४÷५ वजे देखि सूर्यास्तसम्म उद्वेग वेला रहनेछ ।

सूर्यास्तबाट ७÷५ वजेसम्म शुभ वेला,७÷५ वजेदेखि ८÷४७ वजेसम्म अमृत वेला,८÷४७ देखि १०÷२८ वजेसम्म चर वेला, १०÷२८ देखि १२÷१० वजेसम्म रोग वेला,१२÷१० देखि १÷५२ वजेसम्म काल वेला,१÷५२ देखि ३÷३४ वजेसम्म लाभ वेला,३÷३४ वजे देखि ५÷१६ वजेसम्म उद्वेग र ५÷१६ वजे देखि सूर्योदयसम्म शुभ वेला रहनेछ ।

राहुकाल— अपरान्ह ४÷४ वजेबाट ५÷२२ वजेसम्म, यमघण्टायोग मध्यान्ह १२÷१० वजेबाट १÷२८ वजेसम्म, दूरमुहूर्त अपरान्ह ३÷५९ वजेबाट ४÷४० अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷४९ वजेबाट मध्यान्ह १२÷३१ वजेसम्म रहनेछ । मध्यम् गुली काल अपरान्ह २÷४६ वजेबाट ४÷४ वजेसम्म रहनेछ ।

ॐः– द्विस्वभाव,पुरुष राशी,स्वर्णकान्ति,पर्वतचारी,समोदयी,महशब्द,दिवा वली,पूर्व दिक् स्वामी,दृढांग,पित्त प्रकृति,पीत एवं क्षत्री वर्ण,उष्ण स्वभाव,अल्प प्रजा,स्त्री संगी एवं अग्नि तत्व प्रधान धनु राशिका व्यक्ति कार्य कुशल भएका,ब्राह्मण तथा देव भक्त,ज्ञानवान,अनेक कलाको ज्ञाता,वुद्धिमान र श्रेष्ठ स्वभावका हुन्छन् । साथै धनी,ऐश्वर्यवान,कवि,लेखक,व्यवसायी, यात्रा प्रेमी,पराक्रमी,अल्पसन्ततीवान,प्रेमिको वशमा रहने,पिङ्गल वर्णका,ठुला दात तथा घोेडाको जस्तो जाङ्ग भएका प्रतिभाशाली हुन्छन् । अङ्गमा नितम्ब,जाँघ,माँश कफ र रोगमा अपच,रक्तक्यान्सर,उदर वायु सम्बन्धि हुन्छ । शुभ बारमा रविबार ,विहिवार,सोमवार र मंगलवार पर्दछन् भने घातबार शुक्रबार एवं बुधबार हिन वार मानिन्छ । बाल्यावस्थामा अधिक सुख भोग्ने,मध्य अवस्था सामान्य तथा अन्त्यावस्था धन,धान्य,ऐश्वर्ययुक्त हुन्छ । भाग्योदय २२ वा २३ वर्षमा हुनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मध्यान्ह कालसम्म समय सामान्य रहनेछ । उप्रान्त समयमा धेरै संघर्ष गर्नु पर्नेछ । सहज रुपमा काम हुन दिने छैनन । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । अर्थ अभावको महशुस हुनेछ ।

बृष

संचित धनको नास हुने देखिन्छ । व्यापारमा मन्दि आउनेछ । घरका कुराले मन दिक्क बनाउनेछ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । पारिवारिक सुख थोरै मिल्नेछ । कार्य शिथिलता बढ्नेछ ।

मिथुन

मध्यान्ह सम्मको समय अनुकुल छ गरेका काम थोरै भए पनि सफल हुनेछन् । अपरान्ह देखि समयले कम साथ दिनेछ । काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । खर्चको मात्र बढ्नेछ ।

कर्कट

दिन मध्यम खालको छ । दिनको पूर्वाद्ध भन्दा अपरान्ह राम्रो देखिन्छ । काममा देखिएका समस्या कम भएर जानेछन् । भ्रमबाट मुक्त भई काम गर्नु होला । व्यापारबाट सामान्य लाभ हुनेछ ।

सिंह

वैदेशिक कार्यमा सफलता मिल्नेछ । गरेका काम धेरै जसो सफल हुने छन् । उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्ह देखि समयले कम साथ दिनेछ ।

कन्या

दिनको पूर्वाद्ध कम अनुकुल देखिन्छ । गरेका कामबाट उचित लाभ लिन सकिने छैन । विवादबाट टाढा बस्नु होला । अपरान्ह पछि समयले साथ दिनेछ । गतिरोध हट्नेछ । कामले गति लिनेछ ।

तुला

कुनै काम गर्नु छ भने मध्यान्ह पूर्व गर्नु होला । ढिलो गर्दा आफैलाई घाटा हुनेछ । काम काजमा विलम्ब हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । साँझपख खर्च बढ्नेछ ।

बृश्चिक

ग्रह गोचर अनुकुल नै देखिन्छ । आय आर्जन बढ्नेछ । काम गर्न सजिलो हुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । नयाँ कामको अवसर आउन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

धनु

दिनको पूर्वाद्ध त्यति अनुकुल नदेखिए पनि अपरान्हबाट समले विस्तारै साथ दिनेछ । अवरुद्ध भएका काम अगाडि बढ्ने छन् । काम गर्ने जोश जागर बढ्नेछ । आर्थिक कारोवारमा सुधार आउन सक्छ ।

मकर

पारिवारिक समस्या बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अरुको काम गरेर जश पाईने छैन । दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध थोरै अनुकुल हुनेछ ।

कुम्भ

परिवारसँग मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ । विशेष गरेर अपरान्ह पछिको समय प्रतिकुल हुने हुदा विचार गरेर काम गर्नु होला ।

मीन

नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आम्दानीका स्रोत बढ्ने छन् । कुनै पनि काम गर्दा गोपनियता भङ्ग नगर्नु होला आफैलाई घाटा हुनेछ ।

तपाईको प्रतिक्रिया