ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल पौष २२ गते शनिबार

नेपाल सम्बत ११३८ पोहेलागा,सन् २०१८ जनवरी ६ तारिक कृष्णपक्ष पञ्चमी तिथि राती १० वजेर ५१ मिनेटसम्म, मघा नक्षत्र विहान ७ वजेर ५१ मिनेटसम्म, आयुष्मानयोग,कौलवकरण,आनन्दादियोग पद्म, सूर्य धनु राशीमा,चन्द्रमा सिंह राशीमा ।

सूर्योदयबाट प्रातः ८÷१५ वजेसम्म काल वेला,८÷१५ वजेदेखि ९÷३३ वजेसम्म शुभ वेला,९÷३३ देखि १०÷५१ वजेसम्म  रोग वेला,१०÷५१ देखि १२÷९ वजेसम्म उद्वेग वेला,१२÷९ देखि १÷२७ वजेसम्म चर वेला,१÷२७ देखि २÷४५ वजेसम्म लाभ वेला,२÷४५ देखि ४ वजेर ३ मिनेटसम्म अमृत र ४ वजेर ३ मिनेट देखि सूर्यास्तसम्म काल वेला रहनेछ ।

सूर्यास्तबाट ७÷३ वजेसम्म लाभ वेला,७÷३ वजेदेखि ८÷४५ वजेसम्म उद्वेग वेला,८÷४५ देखि १०÷२७ वजेसम्म शुभ वेला, १०÷२७ देखि १२÷९ वजेसम्म अमृत वेला,१२÷९ देखि १÷५१ वजेसम्म चर वेला,१÷५१ देखि ३÷३३ वजेसम्म रोग वेला,३÷३३ देखि ५ वजेर १५ मिनेटसम्म काल र ५ वजेर १५ मिनेट देखि सूर्योदयसम्म लाभ वेला रहनेछ ।

राहुकाल— विहान ९÷३४ वजेबाट १०÷५२ वजेसम्म, यमघण्टायोग अपरान्ह १÷२७ वजेबाट २÷४५ वजेसम्म, दूरमुहूर्त विहान ८÷२१ वजेबाट ९÷२ अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷४९ वजेबाट मध्यान्ह १२÷३० वजेसम्म रहनेछ । मध्यम् गुली काल विहान ६÷५८ वजेबाट ८÷१६ वजेसम्म रहनेछ ।

ॐः– स्थिर,स्त्री संज्ञक,जल राशी,उत्तर दिक् स्वामी,रात्री वली,निशब्द,वहुचरण,कफ प्रकृति,समोदयी,जलचर अति स्त्री संगी,बहुप्रजा,सौम्य,स्निग्घ,द्विज वर्ण,शिथिल शरीर गुण भएका वृश्चिक राशीका मानिस शूरवीर,अत्यन्त विचारशिल, विद्यामा निपूर्ण अरुको आत्माको कुरा सजिलै वुझ्ने खालका हुन्छन् । राज्यद्वारा सम्मानित,क्रोधी,मिथ्यावादी,तोमोगुणी, निन्दा गर्ने, ठुलो मोटो, गोला आँखा, छाती चौडा भएका बन्धु वर्गादिसँग मित्रता नहुने ज्योतिष,शास्त्रज्ञ भिक्ष वृत्ति गर्ने हुन्छन् । अङ्गमा पित्त,माँशपेशी,जननाङ्ग र स्वाद भने रोगमा ज्वर,हर्निया,पोलियो र गर्भपात हुन्छ । शुभ बारमा रविबार ,विहिवार,सोमवार मंगलवार पर्दछन् भने शनिवार मध्यम् तथा शुक्रवार घातबार एवं बुधबार हिन वार मानिन्छ । जीवनको प्रारम्भ दुःखी, मध्य अवस्थाबाट सुखी हुनेछन् । भाग्योदय २० वा २४ वर्षमा हुनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

आयमुलक भन्दा व्ययमुलक काम बढि हुने छन् । पारिवारिक चिन्ताले छोड्ने छैन । बन्धुको सहयोग कम प्राप्त हुनेछ । हतारमा निर्णय लिदा पछि पछुताउनु पर्नेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

बृष

धन सम्पतिको विषयमा विवाद चर्किन सक्छ विचार गरेर काम गर्नु होला । रोग व्याधिको भय देखिन्छ । घर परिवारबाट सुख शान्ति कम मिल्नेछ । समय सापेक्ष चल्न सकिएन भने दुख पाईनेछ ।

मिथुन

उत्साहाका साथ काममा लाग्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । काम गर्दा ढिला सुस्ति भने नगर्नु होला आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कर्कट

आर्थिक समस्या पर्न सक्छ, धन दिने काम सके सम्म नगर्नु होला । घरमा पाउना आउने सम्भावना देखिन्छ । आफुले सोचे जस्तो कहि हुने छैन । व्यापारमा उधारो काम नगर्नु होला ।

सिंह

काम गर्ने उत्साहामा कुनै कमि आउने छैन । रमाईलोमा मात्रै लाग्नु भयो भने काम ओझेलमा पर्ने छन् । प्रयत्न गरेमा काम सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कन्या

फजुल खर्च बढ्नेछ । वैदेशिक क्षेत्र थोरै अनुकुल देखिन्छ । काममा विग्न बाधा आउने सम्भावना भएको हुदा सतर्क भई काम गर्नु होला । व्यापार व्यवसायमा मन्दि आउनेछ । धोका खाईनेछ ।

तुला

आय आर्जनका दृष्टिले दिन राम्रो देखिन्छ,बचतमा ध्यान दिनु होला । गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आस्था,विश्वास र पराक्रम घट्ने छैन ।

बृश्चिक

समयले साथ दिनेछ । सतहमा वगेर काम नगर्नु होला । देखिएका समस्या काम गर्दै जादा समाधान भएर जाने छन् । आफुमा भएको उर्जालाई खेर जान नदिनु होला । व्यापारमा सुधार आउनेछ ।

धनु

अप्रत्यक्ष रुपमा अरुको उर्जा प्रयोग गरेर काम गर्नु भएमा सफलता मिल्नेछ । नकरात्मक सोचबाट टाढा बस्नु होला । व्यापार व्यवसायमा खासै उन्नति हुने देखिन्न । कारोवार गर्दा चनाखो रहनु होला ।

मकर

आफुले चाहे जस्तो वातावरण मिल्ने छैन । प्रतिकुल परिस्थितिमा काम गर्न गाह्रो हुनेछ । व्यापार व्यवसायमा मन्दि आउने देखिन्छ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ

व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको अवसर आउनेछ । घर परिवारबाट सहयोग पाईनेछ । सुख शान्तिमा वृद्धि हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

मीन

विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सतर्क रहनु होला । गरेका काम प्राय सफल हुने छन् । काम गर्दा गाह्रो भए पनि परिणामले सन्तुष्टि बनाउने छ । नयाँ कामको अभ्यास हुनेछ ।

तपाईको प्रतिक्रिया