ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल पौष २१ गते शुक्रबार

नेपाल सम्बत ११३८ पोहेलागा,सन् २०१८ जनवरी ५ तारिक कृष्णपक्ष चतुर्थी तिथि राती १२ वजेर २१ मिनेटसम्म, अश्लेषा नक्षत्र विहान ८ वजेर ५५ मिनेटसम्म, प्रीतियोग,बवकरण, आनन्दादियोग मृत्य, सूर्य धनु राशीमा,चन्द्रमा विहान ८ वजेर ५५ मिनेटसम्म कर्कट उप्रान्त सिंह राशीमा ।

सूर्योदयबाट प्रातः ८÷१५ वजेसम्म चर वेला,८÷१५ वजेदेखि ९÷३३ वजेसम्म लाभ वेला,९÷३३ देखि १०÷५१ वजेसम्म  अमृत वेला,१०÷५१ देखि १२÷९ वजेसम्म काल वेला,१२÷९ देखि १÷२७ वजेसम्म शुभ वेला,१÷२७ देखि २÷४५ वजेसम्म रोग वेला,२÷४५ देखि ४ वजेर ३ मिनेटसम्म उद्वेग र ४ वजेर ३ मिनेट देखि सूर्यास्तसम्म चर वेला रहनेछ ।

सूर्यास्तबाट ७÷३ वजेसम्म रोग वेला,७÷३ वजेदेखि ८÷४५ वजेसम्म काल वेला,८÷४५ देखि १०÷२७ वजेसम्म लाभ वेला, १०÷२७ देखि १२÷९ वजेसम्म उद्वेग वेला,१२÷९ देखि १÷५१ वजेसम्म शुभ वेला,१÷५१ देखि ३÷३३ वजेसम्म अमृत वेला,३÷३३ देखि ५ वजेर १५ मिनेटसम्म चर र ५ वजेर १५ मिनेट देखि सूर्योदयसम्म रोग वेला रहनेछ ।

राहुकाल— विहान १०÷५१ वजेबाट मध्यान्ह १२÷९ वजेसम्म, यमघण्टायोग अपरान्ह २÷४५ वजेबाट ४÷३ वजेसम्म, दूरमुहूर्त विहान ९÷२ वजेबाट ९÷४४ र मध्यान्ह १२÷३० वजेबाट १÷११ वजेसम्म अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷४८ वजेबाट मध्यान्ह १२÷३० वजेसम्म रहनेछ । मध्यम् गुली काल विहान ८÷१५ वजेबाट ९÷३३ वजेसम्म रहनेछ ।

ॐः–पुरुष राशी,चरसंज्ञक,वायु राशी,नाना वर्ण,समोदयी,उष्ण स्वभाव,पश्चिम दिक् स्वामी,वायु प्रकृति,स्निग्ध नि शब्द,बनचरी,अल्प प्रजा संगी,शूद्र वर्ण,क्रुर,दिवा बली द्विचरण,समाङ्ग शिथिल शरीर भएका तुला राशिका मान्छे धनी यशस्वी व्यवसायमा निपूर्ण गुणी कुल भूषण,सत्यवादी, पर स्त्री सँग प्रेम राख्ने वाला हुन्छन् । साथै राज्यद्वारा सम्मानित,देवपुजनमा तत्पर,परोपकारी र तिर्थ प्रेमी पनि हुन्छन् । ज्योतिष विषयका जिज्ञासु,लोभ नभएका भ्रमण गर्न रुचाउने यिनीहरुको बानी हुन्छ । सामान्यतया विर्य विकार युक्त गौर वर्णका तथा मोटो नाक भएका हुन्छन् । अङ्गमा जननाङ्ग,आँखा,गाला र विर्य भने रोगमा गुप्तरोग,मधुमेह तथा नेत्र रोगी हुन्छन् । शुभ बारमा बुधबार,शुक्रवार र शनिवार पर्दछन् भने मंगलवार मध्यम् तथा विहिवार घातबार एवं सोम र आइतबार हिन वार मानिन्छ । प्रारम्भ दुःखी,मध्य सुखी तथा अन्त्य अवस्था सामान्य रहनेछ । भाग्योदय ३१र ३२ वर्षको वीचमा हुनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

दिन मध्यम खालको छ । अन्योलमा नपरि काम गर्नु होला । जोखिम पूर्ण यात्रा नगर्नु होला । घर छोडेर हिड्न मन लाग्ने छ । काम गर्ने बातावरण त्यति देखिदैन । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ ।

बृष

प्रातकालमा गरेका काम सफल हुनेछन् । मध्यान्ह पछिको समय त्यति अनुकुल नहुन सक्छ । खर्च बढ्नेछ । मनमा भय त्रास उत्पन्न हुनेछ । काम गरेर जश पाईने छैन । जो आफ्नो ठान्यो त्यहि पराई हुनेछ ।

मिथुन

आफन्तबाट कहि कतै अप्ठ्यारो पर्न सक्छ सतर्क रहनु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला,सम्पतिमा दाग लाग्न सक्छ । मध्यान्ह पछि समयले साथ दिनेछ । काम गर्ने जोश जागर बढनेछ ।

कर्कट

मध्यान्ह सम्म समयले साथ दिनेछ भने उप्रान्त समय मध्यम देखिन्छ । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । आर्थिक कारोवारमा सजग रहनु होला ।

सिंह

नयाँ काममा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ । कर्म भने बलियो देखिन्छ । अपरान्ह पछि अनुकुल बन्नेछ । राज्यबाट सामान्य सहयोग पाईनेछ । कुटनैतिक विधि अप्नाई काम गर्नु होला ।

कन्या

दिनको पूवाद्र्धमा गरेका काम बने पनि अपरान्ह पछि काममा अवरोध आउनेछ । मनमा दुविधा बढ्न सक्छ । विना सोच विचार काममा हात नहाल्नु होला । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

तुला

भाग्य र कर्म दुवै बलियो देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । राज्यबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी राम्रो हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला । गएका ठाँउमा मान सम्मान पाईनेछ ।

बृश्चिक

स्वाथ्यमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । बाह्य काममा बढि चासो दिदा आफ्ना काम अधुरा रहनेछन् । यात्राको योजना बन्नेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ ।

धनु

मानसिक एवं शारीरिक दुर्वलता बढ्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । काम गर्न मन लाग्ने छैन । अनावस्यक काम धेरै हुने छन् । आम्दानीका स्रोत घट्ने छन् । काम गरेर अपयश मात्रै मिल्नेछ ।

मकर

समयमा गरेका काम बन्नेछन् । अपरान्ह देखि काममा अवरोध आउन सक्छ । काम गरेर नाम न जश खरानी घस हुन सक्छ विचार पु¥याउनु होला । दैनिक काम काजमा पनि असर पर्ने देखिन्छ ।

कुम्भ

समय सुधारोन्मुख छ । मेहनत बढि गर्नु पर्ला । आफन्तसँग मतभेद बढ्न सक्छ । उच्चमनोबलका साथ काम गर्नु होला गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला ।

मीन

कुनै पनि काम गर्दा सोच विचार गर्नु होला सफल हुने छन् । सवैलाई आफ्ना कुरा नभन्नु होला पछि धोका हुन सक्छ । स्वतन्त्र व्यापार व्यवसायबाट आँशिक लाभ हुने छ । मिलेर काम नगर्नु होला विवाद पर्न सक्छ ।

तपाईको प्रतिक्रिया