— ज्योतिष,पंडित वेदनिधि तिमिल्सिना 

फोनः– ९८४६१६७८०२

मेष

साताको प्रारम्भ अनुत्पादक रहनेछ । विभिन्न खालका समस्या झेल्नु पर्नेछ । आफन्तबाट पराईको व्यवहार हुनेछ । दैनिक काम काजमा अवरोध आउनेछ । पारिवारिक खर्चमा वृद्धि हुनेछ । काममा विवाद बढ्नेछ । विरोधीबाट अवरोध आउन सक्छ । साना काम सम्पन्न गर्न संघर्ष धेरै गर्नु पर्नेछ । साताको अन्त्य तिर भने केहि उपलब्धि हात लाग्नेछ । प्रयत्न गर्दा काम बन्नेछन् । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । प्रेमिकाबाट सहयोग मिल्नेछ ।

बृष

विहिवारको दिन सामान्य शुभ देखिन्छ । प्रयत्न गर्न सके केहि सफलता हात लाग्नेछ । साताका अन्य दिन भने संघर्षपूर्ण रहनेछन् । घर,व्यवहार एवं पारिवारिक समस्या बढ्ने छन् । स्वास्थ्यमा समस्या आउन सक्छ । काम प्रतिको चासो घट्नेछ । व्यापार व्यवसायमा विभिन्न खालका समस्या देखिने छन् । संचित धनको नास हुनसक्छ । विरोधीको सक्रियता बढ्नेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । प्रेमिकाबाट धोका हुनसक्छ ।

मिथुन

२० गते संचित धन नास हुनसक्छ । इष्टमित्रका कारण अप्ठ्यारो पर्न सक्छ । शुक्रबारबाट आइतबार मध्यान्ह सम्म समय अनुकुल रहनेछ । प्रयत्न गर्दा धेरै जासो पुराना काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । न्युनतम भए पनि आफन्तको सहयोग मिल्नेछ । २४ र २५ गते घरयासी खर्चमा वृद्धि हुनेछ । कार्य शिथिलता बढ्नेछ । अतिथि सत्कारमा धन खर्च हुनेछ । शेष दिन सामान्य देखिन्छ । पठन पाठनमा ध्यान जानेछ ।

कर्कट

विहिवारबाट गरेका काम सफल हुनेछन् । उत्साहा बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर आउन सक्छ । शुक्रबार र शनिवार मध्यम देखिन्छ । ऋण लगानीमा जोड नदिनु होला । आइतवार देखि मंगलबार सम्म समय थोरै बढि अनुकुल देखिन्छ । काम गर्ने उत्साह बढ्नेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आध्यात्मिक एवं भौतिक सुख शान्ति मिल्नेछ । शेष दिन बढि खर्चालु रहलान ।

सिंह

विहिवार प्रतिकुल देखिन्छ । काम काजमा अवरोध आउनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । सतर्क रहनु होला । झुट्टा आरोप लाग्न सक्छ । शुक्रबार देखि भने समयले साथ दिनेछ । काम गर्ने उत्साहमा वृद्धि हुनेछ । अबरुद्ध कामले गति लिनेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । आर्थिक लगानी गर्दा भने थोरै सोचेर गर्नु होला ।

कन्या

२० गते आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । उप्रान्त २३ गते मध्यान्ह सम्मसमयले त्यति साथ दिने छैन । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । आफन्त भनेकाले नै वेइमान गर्ने छन् । व्यापार व्यवसायमा मन्दि आउनेछ । फजुल खर्चमा वृद्धि हुनेछ । शेष साता भने अनुकुल रहनेछ । पुराना समस्या समाधान भएर जानेछन् । गरेका काम सफल हुनेछन् । मनमा उत्साहा बढ्नेछ । सहयोग मिल्नेछ ।

तुला

रविवार मध्यान्ह सम्म समय अनुकुल रहनेछ । थोरै मेहनत गर्दा धेरै सफलता मिल्नेछ । व्यापार व्यवसाय एवं उद्योेग धन्दाबाट सन्तोषजनक लाभ लिन सकिनेछ । घर परिवार तथा समाजबाट सहयोग मिल्नेछ । तर काम गर्दा गोपनियता अप्नाउन नभुल्नु होला । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । उप्रान्त मंगलबारसम्म समयले कम साथ दिनेछ । आम्दानीका मार्ग खुम्चिने छन् भने खर्चका मार्ग बढि खुल्ला हुनेछन् । दोषारोपण हुनसक्छ ।

बृश्चिक

मंगलबारसम्म समयले साथ दिनेछ । प्रयत्न गरेमा नयाँ काम हात लाग्नेछ । घरपरिवार,इष्टमित्र,साथीभाई तथा समाजबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामजिक काममा अभिरुची बढ्नेछ । वौद्धिक व्यक्तित्वसँगको भेटले उर्जा थपिनेछ । पुराना मित्रसँग भेटघाट हुनसक्छ । शेष दिन भने प्रतिकुल भएको हुदा कुनै नयाँ काममा हात नहाल्नु होला । आर्थिक तनाव वेहोर्नु पर्ला । आफन्तले धोका दिन सक्छन् ।

धनु

साताको प्रारम्भ अनुकुल देखिन्न । काममा विभिन्न समस्या आउन सक्छन् । विश्वास गरेकाले धोका दिन सक्छन् । आम्दानीको तुलनामा खर्च ज्यादा हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । मानसिक तनाव बढ्नेछ । आइतवार मध्यान्ह देखि भने समय अनुकुल बन्दै जानेछ । रोकिएका अवरुद्ध कामहरु अगाडि बढ्नेछन् । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम प्रतिको लगाव बढ्नेछ । पढाईमा प्रगति हुनेछ ।

मकर

कार्य प्रगतिका दृष्टिकोणबाट साताका अधिकाँश दिन अनुकुल देखिन्न । गरेका कामले पूर्णता पाउने छैन । अर्थ अभावका कारण काममा ढिलासुस्ति हुनेछ । सहयोगको आसा निरासामा परिणत हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । अशुभ समाचारले तनाव बढाउनेछ । तर साताको अन्त्यतिर भने समयमा सामान्य सुधार आउनेछ । गतिरोधको अन्त्य हुनेछ । रोकिएका काम अगाडि बढ्ने छन् ।

कुम्भ

२३ गते मध्यान्ह सम्म समय सामान्य अनुकुल देखिन्छ । संघर्षबाट धेरै कामको टुङ्गो लाग्नेछ । विवादको अन्त्य हुनेछ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । प्रयत्न गर्दा नयाँ काम हात लाग्न सक्छ । शेष दिन भने प्रतिकुल देखिन्छन् । बन्न लागेका काम पनि विग्रिन सक्छन् । अनावस्यक कामबाट तनाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास गरेकाले धोका दिने छन् । आस्था र विश्वास घट्नेछ ।

मीन

विहिवार अलमलमा वित्नेछ । पढाई लेखाईमा मन जाने छैन । प्रेमिकाले धोका दिने सम्भावना रहला । शुक्रबार र शनिवार धेरै संघर्ष नगरि काम बन्ने छैनन । अनाहकमा काममा विवाद सृजना गर्न खोज्ने छन् । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु भयो भने सफल हुनुहुनेछ । २३ गते मध्यान्ह देखि २५ गते साँझसम्म समयले साथ दिने देखिन्छ । प्रयत्न गर्दा नयाँ काम हात पर्नेछ । व्यापार बढ्नेछ । यात्राको योग देखिन्छ । बुधबार भने प्रतिकुल रहला ।

तपाईको प्रतिक्रिया