ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी,वारवेला र मुहूर्त

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल पौष २० गते विहिबार

नेपाल सम्बत ११३८ पोहेलागा,सन् २०१८ जनवरी ४ तारिक कृष्णपक्ष तृतीया तिथि राती २ वजेर ११ मिनेटसम्म, तिष्य नक्षत्र विहान १० वजेर १६ मिनेटसम्म, विष्कुम्भयोग, वणिजकरण, आनन्दादियोग शुभ, सूर्य धनु राशीमा,चन्द्रमा कर्कट राशीमा ।

सूर्योदयबाट प्रातः ८÷१५ वजेसम्म शुभ वेला,८÷१५ वजेदेखि ९÷३३ वजेसम्म रोग वेला,९÷३३ देखि १०÷५१ वजेसम्म  उद्वेग वेला,१०÷५१ देखि १२÷८ वजेसम्म चर वेला,१२÷८ देखि १÷२६ वजेसम्म लाभ वेला,१÷२६ देखि२÷४४ वजेसम्म अमृत वेला,२÷४४ देखि ४ वजेर २ मिनेटसम्म काल र ४ वजेर २ मिनेट देखि सूर्यास्तसम्म शुभ वेला रहनेछ ।

सूर्यास्तबाट ७÷२ वजेसम्म अमृत वेला,७÷२ वजेदेखि ८÷४४ वजेसम्म चर वेला,८÷४४ देखि १०÷२६ वजेसम्म रोग वेला, १०÷२६ देखि १२÷८ वजेसम्म काल वेला,१२÷८ देखि १÷५० वजेसम्म लाभ वेला,१÷५० देखि ३÷३२ वजेसम्म उद्वेग वेला,३÷३२ देखि ५ वजेर १४ मिनेटसम्म शुभ र ५ वजेर १४ मिनेट देखि सूर्योदयसम्म अमृत वेला रहनेछ ।

राहुकाल— अपरान्ह १÷२६ वजेबाट २÷४४ वजेसम्म, यमघण्टायोग विहान ६÷५७ वजेबाट ८÷१५ वजेसम्म, दूरमुहूर्त पूर्वान्ह १०÷२५ वजेबाट ११÷६ र अपरान्ह २÷३४ वजेबाट ३÷१५ वजेसम्म अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷४८ वजेबाट मध्यान्ह १२÷२९ वजेसम्म रहनेछ । मध्यम् गुली काल विहान ९÷३३ वजेबाट १०÷५१ वजेसम्म रहनेछ ।

ॐः–द्विचरण,स्त्री द्विस्वभाव,पिंगल वर्ण,यमदिक् स्वामी,रात्री वली,वायु प्रकृति,शीताशील स्वभाव,समोदयी,अद्र्धशब्द,शुभ भूमीचारी, भूमी राशी,कान्ति रहित वैश्य वर्ण,अल्प प्रजा स्त्री संगी र सौम्यगुण भएका कन्या राशीका मानिस ठूलो तथा सामान्य शरीर एवं थोरै ठुला आँखा तथा सुन्दर शरीर भएका हुन्छन्  । सौन्दर्यवान,विचार शिल सन्तान युक्त,मायावी कामवासनाबाट दुःखी तर काम क्रिडामा निपूर्ण एवं कला कौसल जान्ने हुन्छन् । प्रीयवादी,भ्रात द्रोही अल्प भाषी सदैव प्रशन्न रहने,गणित तथा धर्ममा रुची राख्ने अधिक कन्या र सम्पति भएका यात्रा प्रेमी तथा मनको कुरा लुकाउने स्वभावका हुन्छन् । अङ्गमा जिव्रो,आँत,वाण्ी र नाक कान भने रोगमा स्मृति ह्रास,पक्षघात र वोलीमा न्युनता हुनसक्छ । शुभ बारमा रविवार,बुधबार,शुक्रवार र विहिवार पर्दछन् भने मंगलवार मध्यम् तथा शनिवार घातबार एवं सोमबार हिन वार मानिन्छ । प्रारम्भ सुख,मध्य अवस्था सामान्य तथा अन्त्य अवस्था दुखी रहनेछ । भाग्योदय २४ र ३६ वर्षको वीचमा हुनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

काम गर्ने वातावरण देखिन्न । पारिवारिक सुखमा कमी आउनेछ । खर्च व्यवस्थापन गर्न गाह्रो हुनेछ । काममा उन्नति प्रगति कम हुनेछ । सहयोग गर्ने भन्दा कुरा काट्ने बढि हुनेछन् ।

बृष

साहास,धैर्यता र पराक्रम घट्ने छैन । अधिकाँश आफ्ना काम आफै गर्न सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तबाट सहयोग पाईनेछ । काममा विलम्ब गर्दा घाटा हुनसक्छ ।

मिथुन

कुरा गर्दा घाटा हुनेछ, काममा जोड दिनुहोला । आर्थिक कारोवार गर्दा सचेत हुनुहोला । मिलेर कुनै काम नगर्नु होला । अरुको भर पर्दा नोक्सान हुनेछ । राजनीतिमा हात नहाल्दा राम्रो होला ।

कर्कट

उत्तम आसन प्राप्तिको योग देखिन्छ । काम गर्ने जोश जागर घट्ने छैन । व्यापार व्यवसायमा उन्नति प्रगतिका सम्भावना देखिने छन् । स्वतन्त्र व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ ।

सिंह

कहि कतैबाट हिलो छ्र्याप्ने काम हुन सक्छ सतर्क रहनु होला । मनमा कुरा खेल्नेछन् । व्यापार व्यवसायबाट मुनाफम लिन सकिने छैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ ।

कन्या

आशाका किरण उदाउने छन् । आएको अवसरको पूर्ण सदुपयोग गर्नु होला,ढिला नगर्नु होला । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । पारिवारिक सुख शान्ति मिल्नेछ ।

तुला

मनोवाञ्छित कार्य सफलताले जोश, जागर र मनमा उमङ्ग बढ्नेछ । रोकिएका काम सहज रुपमा सम्पादन हुनेछन् । नयाँ कामको अवसर आउन सक्छ । मान सम्मानमा वृद्धि हुनेछ ।

बृश्चिक

आस्था र विश्वास बढ्नेछ । भाग्यले थोरै साथ दिनेछ । परोपकारी काममा सहभागि हुने अवसर आउनेछ । आफुले गरेका कामबाट अरु लाभान्वित हुनेछन् । छोटो दुरीको यात्रा हुन सक्छ ।

धनु

दैनिक काम काजमा रोकावट आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । मनमा नानाथरिका कुरा खेल्ने छन् । शारीरिक थकावट बढि हुनेछ । खर्चको मात्रा बढ्नेछ ।

मकर

विवादका वीच जीवन साथिको सहयोगमा महन्त्वपूर्ण काम बन्नेछन् । फलदायी यात्राको सम्भावना देखिन्छ । काम गरेर आत्म सन्तुष्टि मिल्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ ।

कुम्भ

अरुको चक्रव्यूहमा पर्नु होला काम गर्दा होशियार रहनु होला । सामान्य काम सम्पन्न गर्न मेहनत बढि गर्नु पर्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउने देखिन्छ । शत्रु लाग्ने छन् ।

मीन

दिन मध्यमखालको छ लगनशिल भई काम गर्नु होला । काम गर्दा भ्रम उत्पन्न हुनसक्छ । समयमा काम गर्न सकिएन भने अवसर अरुले लिने छन् । व्यापारबाट अल्प लाभ हुनेछ ।

तपाईको प्रतिक्रिया