ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी,वारवेला र मुहूर्त

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल पौष १९ गते बुधबार

नेपाल सम्बत ११३८ पोहेलागा,सन् २०१८ जनवरी ३ तारिक कृष्णपक्ष द्वितीया तिथि राती ४ वजेर १६ मिनेटसम्म, पुनर्वसु नक्षत्र विहान ११ वजेर ४८ मिनेटसम्म, वैधृतियोग, तैतिलकरण, आनन्दादियोग गद, सूर्य धनु राशीमा,चन्द्रमा कर्कट राशीमा ।

सूर्योदयबाट प्रातः ८÷१५ वजेसम्म लाभ वेला,८÷१५ वजेदेखि ९÷३३ वजेसम्म अमृत वेला,९÷३३ देखि १०÷५१ वजेसम्म  काल वेला,१०÷५१ देखि १२÷८ वजेसम्म शुभ वेला,१२÷८ देखि १÷२६ वजेसम्म रोग वेला,१÷२६ देखि २÷४४ वजेसम्म उद्वेग वेला,२÷४४ देखि ४ वजेर २ मिनेटसम्म चर र ४ वजेर २ मिनेट देखि सूर्यास्तसम्म लाभ वेला रहनेछ ।

सूर्यास्तबाट ७÷२ वजेसम्म उद्वेग वेला,७÷२ वजेदेखि ८÷४४ वजेसम्म शुभ वेला,८÷४४ देखि १०÷२६ वजेसम्म अमृत वेला, १०÷२६ देखि १२÷८ वजेसम्म चर वेला,१२÷८ देखि १÷५० वजेसम्म रोग वेला,१÷५० देखि ३÷३२ वजेसम्म काल वेला,३÷३२ देखि ५ वजेर १४ मिनेटसम्म लाभ र ५ वजेर १४ मिनेट देखि सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।

राहुकाल— मध्यान्ह १२÷८ वजेबाट अपरान्ह १÷२६ वजेसम्म, यमघण्टायोग विहान ८÷१५ वजेबाट ९÷३३ वजेसम्म, दूरमुहूर्त पूर्वान्ह ११÷४७ वजेबाट मध्यान्ह १२÷२९ अशुभ मुहूर्त मानिन्छ । अशुभ अभिजित मुहूर्त पूर्वान्ह ११÷४७ वजेबाट मध्यान्ह १२÷२९ वजेसम्म रहनेछ । मध्यम् गुली काल विहान १०÷५० वजेबाट मध्यान्ह १२÷८ वजेसम्म रहनेछ ।

ॐः–पुरुष राशि,स्थिर संज्ञक,अग्नि तत्व प्रधान,दिवा बली,रुक्ष(रुखो) पित्त प्रकृति,उष्ण स्वभावका सिंह राशिका मानिस पाण्डु वर्ण,ठुला ठुला हात खुट्टा,चौडा धाती भएका हुन्छन् । रसिलो वस्तुको पसन्द गर्ने मांस प्रीय तथा अल्पभोगी हुन्छन् । सन्तान थोरै,अत्यन्त पराक्रमी तीक्ष्ण वुद्धि भएका ,भ्रमणशिल, रजोगुणी तथा उग्रस्वभाव यिनीहरुको विशेषता हो । वेदान्त विद्याको ज्ञाता,शस्त्रास्त्र चलाउन जान्ने,घोडादि सवारी सधानको प्रेम गर्ने उदार स्वभावका साधु सन्तको सेवा गर्ने गुण भएका हुन्छन् । अङ्गमा शिर,हृदय,आँख र मुख भने रोगमा हृदय रोग,उच्च रक्तचाप,पेटसम्बन्धि तथा आँख कमजोर हुनसक्छन् । शुभ बारमा रविवार,सोमबार,मंगलवार र विहिवार पर्दछन् भने बुधवार मध्यम् तथा शनिवार घातबार एवं शुक्रबार हिन वार मानिन्छ । प्रारम्भ सुख,मध्य अवस्था दुःखी तथा अन्त्य अवस्था सुखी रहनेछ । भाग्योदय २१ वा २८ वर्षमा हुनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

समस्या बढ्ने छन् । आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला । घरपरिवारको लागि लगानी बढ्नेछ । काम काजमा बाधा अवरोध आउने देखिन्छ । व्यापार घट्न सक्छ । सहयोगी हात खुम्चिने छन् ।

बृष

समयले साथ दिनेछ । काम गर्ने जोश जागर बढ्नेछ । अवरुद्ध काम अगाडि बढ्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आत्मिय मित्र भेटिने छन् । घर परिवारबाट सहयोग मिल्नेछ ।

मिथुन

आफन्तका कारण संचित धन नास हुन सक्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन । मिलेर गरेका काम विग्रिने छन् । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भर नपर्नु होला ।

कर्कट

अन्योलमा नपर्नु होला । विना तयारी हतारमा गरेका काम विग्रिने छन् । सामान्य मेहनतबाट काम बन्ने छन् । काम गर्ने जोश,जागर बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आत्म सन्तुष्टि मिल्नेछ ।

सिंह

काम गर्ने वातावरण विग्रिनेछ । विना उपलब्धिका ठाँउमा विनाकारण खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । मानिसलाई राम्रो कुरा गर्दा नराम्रो संझिन सक्छन् । बढि महत्वकाँक्षी नबन्नु होला ।

कन्या

समयको महत्व वुझेर काम गर्नु होला । सामान्य मेहनतबाट धेरै लाभ लिन सकिनेछ । परिवारजनको सहयोग, आमाको आशिर्वाद मिल्नेछ । आर्जन गरेको धनलाई संरक्षण गर्नु होला । आकस्मिक धन लाभ होला ।

तुला

काम गर्ने वातावरण बन्नेछ । सामान्य मेहनतबाट काममा नसोचेको सफलता मिल्न सक्छ । काम गरेर प्रतिष्ठा आर्जन गर्न सकिनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ ।

बृश्चिक

समयले पूर्ण साथ दिने देखिन्न । परिश्रमको फल कम मिल्दा मनमा नैरास्यता बढ्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । आस्था र विश्वास बढ्नेछ ।

धनु

दिन अनुकुल कम देखिन्छ । सोचाईका विपरित काम हुनसक्छना् । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । विशेष गरेर रुघा खोकीले सताउने छ । आर्थिक कारोवारमा समस्या खडा हुनसक्छ ।

मकर

प्रेमिकाको साथ रमाईलो यात्रा हुने योग छ । थोरै मेहनत गरेमा नयाँ कार्य योजनाहरु अगाडि बढाउन सजिलो हुनेछ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । मनोरञ्जनात्मक खर्च बढ्नेछ ।

कुम्भ

सतर्क हुनु होला,सहयोगीबाट नै शत्रुवत व्यवहार हुनसक्छ । हेलचक्र्याई नगरि काम गर्नु होला नत्र घाटा हुनेछ । आत्मविश्वासका साथ लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापारमा क्रमिक सुधार आउनेछ ।

मीन

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगर्नु होला । दुविधा मुक्त भएर काम गर्नु पर्ने देखिन्छ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । कामबाट अल्प लाभ होला ।

तपाईको प्रतिक्रिया