सिन्धुलीमा बस दुर्घटना : ब्रेक फेल भएपछि सुनकोशीमा झर्न नदिन चालकले भित्तामा ठोक्काए

सिन्धुलीमाढी, फागुन २८ गते । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुइभीरमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । दुर्घटनामा परी २९ जना घाते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो…