खुम्बुको पर्यटन जोगाउने भरियाहरू

टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए। हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो। त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन। त्यसैले पर्यटकहरु लठ्ठीको साहारामा आधारशिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरु नवराज विक, मिङ्मार तामाङ, जीवन कुलुङ, दारिन्जी शेर्पा र…