पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा जाने तयारी

काठमाडौँ । एमालेको एउटा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग समन्वयमा रहेर पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणको तयारी गरिरहेको छ। ‘एक वर्ष अघिदेखि नै पूर्वराष्ट्रपति भण्डारीलाई चीनबाट भ्रमणको निम्तो आएको हो, बेलाबेलामा भेटघाट हुँदा मौखिक रुपमा पनि भ्रमण होस् भन्ने चाहना चिनियाँ पक्षबाट आएको थियो,’ भण्डारीको भ्रमणको तयारीमा संलग्न एक नेताले भने, ‘तीन महिना (संभवतः सेप्टेम्बर)…