युएईविरुद्ध नेपालको शानदार जित, एक दिवसीय मान्यता पनि जोगायो

आइतवार यूएईलाई पराजित गरेसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता जोगाएको छ। स्पिनर ललितनारायण राजवंशीको पाँच विकेट तथा कप्तान रोहित पौडेलको धैर्यपूर्ण अर्धशतकको मद्दतमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो। नेपाली टोलीमा पहिलो पटक सहभागी भएका ललित राजवंशी र गुलशन झा दुवैले नेपालको जितका लागि उल्लेख्य योगदान गरे। राजवंशीले पाँच विकेट लिए भने झाले एक…