उकालो लाग्दै सुन-चादिँको भाउ

काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १…