अनिश्चितकालीन विद्यालय बन्दविरुद्ध भक्तपुरका शिक्षक सडकमा

नेपाल शिक्षक महासंघकाे अनिश्चितकालीन विद्यालय बन्दविरुद्ध भक्तपुरका शिक्षक सडकमा आएका छन् । महासंघले आफ्नो मागका लागि आन्दोलन गरे पनि ७० लाख विद्यार्थीको पढाइ अवरुद्ध पार्नु गलत भएको भन्दै उनीहरू सडकमा आएका हुन् । नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष शिक्षक ज्ञानसागर प्रजापतिले विद्यालय बन्द गरेर भक्तपुरका शिक्षक कहिल्यै आन्दोलनमा समाहित नभएको दाबी गरे । नैतिक रूपमा…