नाटकमा अभिनय गर्दा गर्दै निधन भएका फुँयाललाई दिइयो ‘मदन भण्डारी कलासाहित्य पुरस्कार’

नाटकमा अभिनय गर्दा गर्दै निधन भएका फुँयाललाई दिइयो ‘मदन भण्डारी कलासाहित्य पुरस्कार’
काठमाडौँ, १४ चैत । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले यस वर्षको ‘मदन भण्डारी कलासाहित्य पुरस्कार’ नाट्यकर्मी विष्णुभक्त फुयाँललाई मरणोपरान्त प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाको अध्यक्षतामा आज बसेको प्रतिष्ठानको सचिवालय बैठकले प्रगतिशील नाटकमा योगदान दिएबापत उहाँलाई सो पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशि रु २५ हजार रहनेछ । आगामी चैत२२ गते प्रतिष्ठानको जन्मोत्...

कवि समा श्री पोखरामा कविता वाचनमा उभिँदै

कवि समा श्री पोखरामा कविता वाचनमा उभिँदै
पोखरा, ४ चैत- कवि समा श्रीको पोखरामा एकल कविता वाचन हुने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले कवि समा श्रीलाई शनिबार बिहान एकल कविता वाचनमा उभ्याउने भएको हो । झन्डै डेढ दसकदेखि साहित्य लेखनमा क्रियाशील समा श्रीले पछिल्लो समय नेपाली माटो र नारी संवेदनाका पक्षमा कलम चलाउँदै आएकी छन् । ‘नेपाली साहित्य लेखनमा सक्रिय समा श्री इजरायलमा रहेर नेपाली माटो र नारी संवेदनामाथि कवितामार्फत बलियो प्रवासी...

वरिष्ठ साहित्यकार दीक्षितलाई अभिनन्दन गरिने

वरिष्ठ साहित्यकार दीक्षितलाई अभिनन्दन गरिने
काठमाडौँ, ३ चैत- शङ्कर लामिछाने प्रतिष्ठानले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई यही चैत ५ गते अभिनन्दन गर्ने भएको छ । दीक्षितले नेपाली भाषा, साहित्यको समुन्नतिमा ठूलो योगदान गरेको भन्दै सो प्रतिष्ठानले विशेष कार्यक्रम गरी कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा अभिनन्दन गर्न लागेको हो । यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गरिने निर्णय गरिएक...

समानताको कुरा गर्दा यो देशमा बोझ हुन्छ

समानताको कुरा गर्दा यो देशमा बोझ हुन्छ
रमेश दियाली कालो दागले पोतिएको महिलाको खोज हुन्छ शरण माग्दै मन्दिर पुग्दा पुजारीको मोज हुन्छ माग्दा पानी पिसाव दिए पिलाईदिए जल भनी कपाल काटी डाडा कटाई गाउमा ठूलो भोज हुन्छ महिनावारी हुदा अछूत र कालो हुदा बोक्सी रे बलत्कार गरि हत्या सधै समाजमा रोज हुन्छ अधिकारको चर्को कुरा गर्नेहरूलाई राम नाम समानताको कुरा गर्दा यो देशमा बोझ हुन्छ

के तपाईं आफूलाई चिन्नु हुन्छ?

के तपाईं आफूलाई चिन्नु हुन्छ?
  के तपाईंले आफू म को हुँ भनेर चिन्नु भएको छ ? हामी अरुको बारेमा धेरै टिका टिप्पणी त गछौ तर हामी आफूले आफूलाई कति चिन्छौ ? हामी धेरै जसोले बिरलै मात्र आफ्नो गुण र दोषको बारेमा  सोच्ने गर्छौ । मेरो बिचारमा मानिसको जीवनमा सुखी, खुसी र सन्तुष्ट हुनको लागि सबै भन्दा पहिले आफूले आफैलाई चिन्नु पर्छ । हामी जति समय अरुको बारेमा सोच्ने गर्छौ त्यो समय आफ्नो बारेमा सोच्ने र सोही  अनुसार काम गर्ने ह...

हार्वर्ड विश्वविद्यालयको छनोटमा परी अमेरिका जान लागेका श्रेष्ठको एकल कला प्रदर्शनी सुरु

हार्वर्ड विश्वविद्यालयको छनोटमा परी अमेरिका जान लागेका श्रेष्ठको एकल कला प्रदर्शनी सुरु
काठमाडौंँ, २७ फागुन- हार्वर्ड विश्वविद्यालयको छनोटमा परी यसै साता अमेरिका जान लाग्नुभएका कलाकार रवीन्द्र श्रेष्ठको दोस्रो एकल कला प्रदर्शनी बौद्धस्थित तारागाउँ म्युजियममा आजदेखि सुरु भएको छ । चार दिनसम्म चल्ने सो प्रदर्शनीमा श्रेष्ठले भूकम्पपछिको नेपालको अवस्था र मानवीय संवेदनामा आधारित कलाकृति राख्नुभएको छ । विसं २०७२ वैशाख १२गतेको भूकम्पलगत्तै उहाँले सम्पदास्थलमा पुगेर त्यसको भावमा केन्द्रित र...

स्वतन्त्र नारी

स्वतन्त्र नारी
-योगेश ढकाल ताजा खबर :- अप्तोपुरुष भन्दछन्, हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो । हाम्रो शरीर पनि शुक्र र शोणीतको मिलनले बनेको हुन्छ, वैज्ञानिक यही भन्दछन् । हाम्रो संस्कारमा पनि अदियोगी शिवलाई अर्दनारी को संज्ञा दिईएको छ । भनिन्छ, पुरुष उर्जा पुरुषार्थको प्रतिक हो, बल, पराक्रम, आक्रोश र विध्वंसको प्रतिक हो, र महिला उर्जा सृस्टि, रचना, धैर्य र प्रेम को । पितृसत्ताको तिन हज...

लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’ अब नाटकमा

लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’ अब नाटकमा
काठमाडौँ, २४ फागुन । महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रुपमा मञ्चन गरिएको छ । आरोह गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्ग दर्शनमा विद्या शङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकका रुपमा आज प्रस्तुत गरेका हुन् । विद्या शङ्कर विद्यालयले आयोजना गरेको कार्यक्रममा उनीहरुले एक घन्टा ३५ मिनेटसम्म उक्त नाटक प्रस्तुत गरेका हुन् । सो अबसरमा कलाकार राजेश हम...

प्रगतिशील लेखक सङ्घको रुम्जाटार घोषणापत्र जारी

प्रगतिशील लेखक सङ्घको रुम्जाटार घोषणापत्र जारी
ओखलढुङ्गा, १४ फागुन- प्रगतिशील लेखक सङ्घ, नेपालले मुलुकका राजनीतिदेखि कला, साहित्य र संस्कृतिमा हाबी भएको विदेशी हस्तक्षेपका विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । सङ्घको आज यहाँ सम्पन्न दोस्रो राष्ट्रिय परिषद् बैठकले सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा थप गतिशील बनाउन आफ्ना लक्ष्य पूर्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टालाई एकीकृत परिचालन गर्ने निर्णय गरेको छ । बैठकले देशीय सामन्तवाद ...

लघु कथा लेखनसम्बन्धी प्रशिक्षणमूलक परिचर्चा

लघु कथा लेखनसम्बन्धी प्रशिक्षणमूलक परिचर्चा
काठमाडौँ, ८ फागुन- साहित्य सन्ध्याको आजको ३७० औँ शृङ्खलामा यसपटक ‘लघु कथा लेखनसम्बन्धी प्रशिक्षणमूलक परिचर्चा’ तथा गोष्ठी सम्पन्न भएको छ । लघुकथाका विज्ञ डा पुष्करराज भट्टले आकार, विषयवस्तुको उठान र समापनमा ध्यान दिनुपर्ने पक्ष बताउँदै छोटोमा धेरै कुरा साङ्केतिक वा बिम्बात्मक रूपमा व्यक्त गरिनुपर्ने जनाउनुभयो । गोष्ठीमा पूर्ण विराम, मुकुन्द न्यौपाने, डा षडानन्द पौडेल, डा विजय सुब्बा, वासुदेव अध...