राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई यसरी धुमधामका साथ सम्झिने तयारी गरिँदै

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई यसरी धुमधामका साथ सम्झिने तयारी गरिँदै
काठमाडौँ, २६ मङ्सिर । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि दुई सय ९५औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समिति शनिबार यहाँ गठन गरिएको छ । नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको अध्यक्षतामा गठन भएको सो नागरिक मूल समारोह समितिका उपाध्यक्षमा पूर्वमन्त्री प्रकाश कोइराला, पूर्व राज्यमन्त्री श्रीशशम्शेर जबरा, पूर्व सहायक मन्त्री दीनवन्धु अर्याल, चेतेन्द्रजङ्...

महिलाको अगुवाइमा गाउँ छाउपडीमुक्त घोषणा 

महिलाको अगुवाइमा गाउँ छाउपडीमुक्त घोषणा 
जुम्ला, २६ मङ्सिर । यहाँको लाम्रा गाविस वडा नं ६ र ७ को हियाँखोला गाउँ छाउपडीमुक्त घोषणा भएको छ । स्थानीय हियाँखोला गाउँका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा भएको हो । हियाँखोला तथा बाइस्थाप्ला सामुदायिक संस्थामा आबद्ध ७० घरधुरीका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा गरिएको छाउपडीमुक्त मूल आयोजक समितिका अध्यक्ष देवीकन्या आचार्यले जानकारी दिनुभयो । यो कुप्रथाबाट सिर्जित समस्याले मह...

दमकबाट काठमाडौं आउँदै गरेको टाटासुमो दुर्घटना, २ को मृत्यु

दमकबाट काठमाडौं आउँदै गरेको  टाटासुमो दुर्घटना, २ को मृत्यु
बनेपा, २६ मङ्सिर । काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । दमकबाट सिन्धुली हुँदै काठमाडौँ गइरहेको मे१ज २१९१ नंको टाट...

सावधान ! तपाईले बजारमा किन्ने तरकारी विषै विषले भरीएको छ

सावधान ! तपाईले बजारमा किन्ने तरकारी विषै विषले भरीएको छ
काठमाडौँ - अहिले बजारमा पाइने तरकारीको गुणस्तर कस्तो होला रु तरकारी किन्न जाँदा जो कसैको मनमा पनि यही प्रश्नले डेरा जमाइरहेको हुन्छ । हुनपनि बजारमा देखिने हरियो सागसब्जी विषादीयुक्त भएको बारम्बार सार्बजनिक हुने गरेको छ । सरकारले अर्गानिक खेतीलाई प्रोत्साहन दिए पनि कुल खेतीयोग्य जमिनको एक प्रतिशत भूभाग मात्रै यस्तो खेती हुने गरेको पाइएको छ । विषादीरहित तरकारी खेतीलाई सरकारले प्रोत्साहन गरे पनि नगद...

भूकम्पप्रभावित क्षेत्रका आईएनजीओ अनुगमन गर्ने जिम्मा सांसदलाई

भूकम्पप्रभावित क्षेत्रका आईएनजीओ अनुगमन गर्ने जिम्मा सांसदलाई
काठमाडौं – सरकारले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भूकम्प अति प्रभावित जिल्लामा सञ्चालन गरेका गतिविधिप्रति निगरानी र अनुगमन गर्न सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदको नेतृत्वमा अनुगमन योजना बनाउन लागेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निगरानी र अनुगमनमा आउन नचाहने एनजीओ/आईएनजीओलाई कारबाहीको चेतावनी दिएको छ, आजको अन्नपुर्ण पोस्टले खबर छापेको छ । स्थानीय...

बोक्सीको आरोपमा शिक्षकको नेतृत्वमा मलमूत्र खुवाई निर्घात कुटपिट गरिएकी महिलाको मृत्यु

बोक्सीको आरोपमा शिक्षकको नेतृत्वमा मलमूत्र खुवाई निर्घात कुटपिट गरिएकी महिलाको मृत्यु
काठमाडौँ – बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी एक महिलाको मृत्यु भएको छ । काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको आजको नयाँ पत्रिकाले खबर छापेको छ । उनलाई बोक्सी आरोपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा मंगलबार डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु भएको हो । आफूमाथि कुटपिट भएपछि...

ससुराबाट बलात्कृत बुहारी भन्छिन् बाँचौँ की मरौँ मात्र हुन्छ

ससुराबाट बलात्कृत बुहारी भन्छिन् बाँचौँ की मरौँ मात्र हुन्छ
काठमाडौँ । नुवाकोटकी सविता श्रेष्ठ ९नाम परिवर्तन० २०७० सालमा आफ्नै दिदीका ससुराबाट बलात्कृत भइन् । त्यतिखेर उनी १७ वर्षकी थिइन् । गाउँका सम्भ्रान्त र राजनीतिक पहुँच भएका ती व्यक्तिविरुद्ध प्रहरीमा पुग्दासमेत उनले उल्टै धम्कीको सामना गर्नुपर्‍यो । ‘बाहिरै किन मिलापत्र गरिनौं भनेर हकारे । एक सातापछि उजुरी दर्ता गरियो, कानुनी कारबाही गरेको नाटक गरियो,’ श्रेष्ठले भनिन्, ‘अदालतबाट पनि मैले न्याय पाइनँ ...

मेरी ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो

मेरी ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो
काठमाडौं, मंसिर २६ -ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो। म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै बसेको थिएँ। त्यहीबीचमा भाइ धेरै रोयो। सायद आमाको दूध खान खोजेको थियो। त्यसैले मैले भाइलाई दूध खुवाउन ममी भएकै ठाउँमा लगेँ। त्यतिवेला सायद चार बजेको थियो होला। ममीलाई कोदो टिप्ने मेलामा भेट्यौँ। मेलाबाट छुटेपछि ममीले म र भाइलाई हतार–हतार घर ल...

कहिले हट्छ सवारी लाइसेन्सको फाराम भर्न सास्ती

कहिले हट्छ सवारी लाइसेन्सको फाराम भर्न सास्ती
काठमाडौं, मंसिर २६ - भक्तपुरको बालकोट बस्ने नवीन कार्कीले लगातार तीन दिनसम्म लाइन बस्दा पनि सवारीसाधन चालक अनुमतिपत्रको फाराम भर्न नपाएको दुखेसो पोखे। ‘यातायात व्यवस्था कार्यालय एकान्तकुनामा रातिदेखि नै लाइन हुन्छ, बिहान गएर लाइन बस्दा पालो आउनुअघि नै छुट्याइसकेको फाराम सकिन्छ,’ उनले भने। सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को फाराम भर्न चाहने धेरै सेवाग्राहीले अझै यस्तो सास्ती पाइरहेका छन्। दैनिक ...

अदालतमा माफियातन्त्र मौलाएको छ : प्रधानन्यायाधीश कार्की

अदालतमा माफियातन्त्र मौलाएको छ : प्रधानन्यायाधीश कार्की
पर्सा, २५ मङ्सिर । प्रधानन्यायाधीश सुशीला कार्कीले देशभरिकै अदालतमा कानुन व्यवसायीको नाममा माफियातन्त्र मौलाएको टिप्पणी गर्नुभएको छ । उहाँले व्यापारमा तस्करी मौलाउँदै गएजस्तै अदालतमा अधिवक्ताबीच माफियातन्त्रको ग्रहण लाग्न सुरु भएको धारणा राख्नुभयो । अठ्सट्ठीऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा नेपाल बार एसोसिएसनअन्तर्गतको मानवअधिकार तथा जनसरोकार समितिले आज वीरगन्जमा आयोजना गरेको मानवअधिक...