५ पटक चुनाव वहिष्कार गरेका थवाङी आज मताधिकार प्रयोग गर्दै

५ पटक चुनाव वहिष्कार गरेका थवाङी आज मताधिकार प्रयोग गर्दै
रोल्पा - सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् । इएतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । आज (बुधबार) हुने निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतिक्षामा छन् । आजको नागरिकमा यो खबर छ । थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालका चुनाव वहिष्कार गरेका थिए ।

स्याल धपाउन हानेको गोली लागेर कविता घाइते

स्याल धपाउन हानेको गोली लागेर कविता घाइते
राजविराज, १३ असार । स्याल धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर आज साँझ सप्तरी कञ्चनपुर नगरपालिका–८ की ४० वर्षीया कविता विक घाइते गम्भीर घाइते भएकी छन् । सोही ठाउँ बस्ने इन्द्रबहादुर राईले आफ्नै मकै बारीमा स्याल धपाउन भरुवा बन्दुक पड्काउँदा गोली लागेर उनी घाइते भएको इप्रका कञ्चनपुरले जनाएको छ । उनको कञ्चटमा गोली लागेको छ । उपचारका लागि कवितालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष...

इन्गेजमेन्टमा कस्तो मेकअप ?

इन्गेजमेन्टमा कस्तो मेकअप ?
सबी श्रेष्ठ ब्युटिसियन वैवाहिक कार्यक्रममा महत्वपूर्ण इभेन्ट हो, इन्गेजमेन्ट । नेपाली समाजमा केही वर्षदेखि इन्गेजमेन्ट संस्कृति पनि विवाहजस्तै गरी भव्य तरिकाले मनाइन थालेको छ । इन्गेजमेन्टमा पनि विवाहमा बेहुली सिँगारेजस्तै मेकअप तथा ड्रेसअपलाई प्राथमिकता दिइन्छ । तर, इन्गेजमेन्ट र विवाहमा बेहुलीको मेकअप गर्दा केही फरक भने हुन्छ । इन्गेजमेन्टमा बेहुलीको मेकअप गर्ने तरिकाबारे ब्युटिसियन सबी श्रेष...

अति संवेदनशील क्षेत्रमा विशेष सुरक्षा

अति संवेदनशील क्षेत्रमा विशेष सुरक्षा
रुपन्देही १३ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि लुम्बिनी अञ्चलका अति संवेदनशील र संवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ । बुटवलमा आज पत्रकारसँग कुरा गर्दै प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनीले लुम्बिनीका ३४६ मतदानस्थललाई अतिसंवेदनशील र २४५ स्थललाई संवेदनशील रुपमा राखिएको बताउनुभयो । यी जिल्लामा १५ हजार प्रहरी परिचालन गरिएको छ । प्रत्येक मतदानस्थलमा मतदानअघि,...

फोहरबाट ग्यास निकाल्न सुरु, चौध किलोवाट बिजुली उत्पादन

फोहरबाट ग्यास निकाल्न सुरु, चौध किलोवाट बिजुली उत्पादन
काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ । यहाँ आज आयोजित कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरुपमा फोहर व्यवस्थापन गर...

मोरङमा ६३ वर्षीय वृद्धको घाँटी रेटेर हत्या

मोरङमा ६३ वर्षीय वृद्धको घाँटी रेटेर हत्या
मोरङ - ‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका यहाँका एक वृद्धको आइतबार राति बीभत्स हत्या भएको छ । रंगेली नगरपालिका–९ स्थित घर नजिकैको बजार गएर फर्कंदै गर्दा ६३ वर्षीय पहाडचन राजवंशीको घाँटी रेटेर हत्या भएको खबर आजको कान्तिपुरको पहिलो पृष्ठमा छ । बीच सडकमै रगताम्य अवस्थामा शव फेला परेको थियो । हत्या कसले गरेको भन्ने खुलेको छैन । घटनास्थलमा कुनै हतियार वा शंकास्पद वस्तु फेला परेको छैन । प्रहर...

पाल्पामा बस दुर्घटनामा एकको मृत्यु

पाल्पामा बस दुर्घटनामा एकको मृत्यु
रामपुर (पाल्पा), १३ असार । पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति करिब १० बजे दुर्घटना हँुदा गोरखाका १७ वर्षका पदमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने घाइते गुल्मी वालिटक्सारकी २६ वर्षीय हेमकुमारी काफ्लेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय...

गर्मीका कारण एकजनाको मृत्यु

गर्मीका कारण एकजनाको मृत्यु
गौशाला, १३ असार । धेरै दिनदेखि पानी नपर्दा हिजो साँझ महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा अत्यधिक गर्मीका कारण एक जनाको मृत्यु भएको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय एक पुरुषको मटिहानी गाउँपालिका–५ स्थित बजारमा अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रहरी चौकी मटिहानीका प्रहरी नायब निरीक्षक महेन्द्र साहले बताउनुभयो । आँखा स्पष्ट नदेख्ने ती पुरुष केही दिन पहिले मटिहानी बजारमा देखा परेको...

जापान बसेर नेपालमा ठगी, गिरोहले फसाउला है !

जापान बसेर नेपालमा ठगी, गिरोहले फसाउला है !
काठमाडौं । जापानमा आकर्षक रोजगारमा लगाइदिने भन्दै एक गिरोहले २३ जनासँग करिब दुई करोड रुपैयाँ ठगी गरेको छ । जापानमा मासिक ३ लाखदेखि पाँच लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने प्रलोभनमा गिरोहले एकजनासँग ४० लाख रुपैयाँसम्म असुलेको भेटिएको हो ।ठगिनेमा अधिकांश महिला छन् । गिरोहले सामाजिक सञ्जाल फेसबुक प्रयो गरेर ठगेको हो । पीडितका अनुसार कास्की पुरनचौर–३ का डा. किस त्रिपाठी भनेर आफूलाई चिनाउने तर वास्त...

अग्नि साक्षी राखेर विवाह गरेकी श्रीमती मन नपरेको भन्दै हत्या

अग्नि साक्षी राखेर विवाह गरेकी श्रीमती मन नपरेको भन्दै हत्या
गौशाला । पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशालामा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए। मटिहानी गाउँपालिका–६ सिमरदहीका जुगेश्वर सहनीकी २० वर्षीया छोरी टिङ्की कुमारीसँग दुई वर्षअघि उनको बिहे भएको थियो। बिहे भएको दुई वर्ष बितिसक्दा पनि सन्तान नभ...