चराउन छाडिएको गोरु लिन गएका कार्कीको शब फेला

चराउन छाडिएको गोरु लिन गएका कार्कीको शब फेला
मेलम्ची, ११ असार । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–५ स्थित इन्द्रावती खोलामा एक पुरुषको शव फेला परेको छ । उक्त शव मेलम्ची नगरपालिका–१० ज्यामिरेका ५४ वर्षीय कृष्ण भनिने तिलकबहादुर कार्कीको रहेको छ । चराउन छाडिएको गोरु लिन जाने क्रममा शनिबार साँझबाट कार्की बेपत्ता भएका थिए । स्थानीयले आज विहान शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेका प्रहरी टो...

कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

कञ्चनपुरमा निर्वाचनको तयारी पूरा
भीमदत्तनगर, ११ असार । आगामी बधुबार हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सात नगर र दुईवटा गाउँपालिका रहेको कञ्चनपुरमा २९३ मतदान केन्द्रमा शनिबार नै मतदान अधिकृत सहितको कर्मचारी टोली परिचालन भएको छ । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृतसहित ६ जना कर्मचारीको टोली खटाइएको कार्यालयका सूचना अधिकृत लीला जोशीले बताउनुभयो । मतदान अ...

मोटरसाइकल दुर्घटनामा राईको मृत्यु

मोटरसाइकल दुर्घटनामा राईको मृत्यु
विराटनगर, ११ असार । मोरङको लेटाङमा गए राति मोटरसाइकलको दुर्घटनामा परी लेटाङ– ५, खेरुवा बस्ने २६ वर्षीय प्रदीप राईको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित हुँदा लेटाङ–४ स्थित कानेपोखरी–लेटाङ सडक खण्डमा उनले चलाएको को ५ प ६६५३ नंको मोटरसाइकल दुर्घटनामा परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

नारायणीमा नुहाउने क्रममा विशाल बेपत्ता

नारायणीमा नुहाउने क्रममा विशाल बेपत्ता
चितवन, ११ असार । नाराय भरतपुर– १६ स्थित भङ्गेरी कटेजमा काम गर्ने गुरुङ बिहान ११ः३० बजे नुहाउन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अपरिचित व्यक्तिको कुटपिटबाट १३ वर्षीय बालकको मृत्यु

अपरिचित व्यक्तिको कुटपिटबाट १३ वर्षीय बालकको मृत्यु
लहान, ११ असार । झैझगडाका क्रममा अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा, लक्ष्मीपुरपतार गाउँपालिका–३ निवासी १३ वर्षीय सोनुकुमार साहको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्थानीय पोखरीमा पूजा गरी घर फर्कने क्रममा शुक्रबार कुटपिटबाट गम्भीर घाइते साहको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ

अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ
मेलम्ची, ११ असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । गएराति लुकाइ छिपाइ काठमाडौँ लैजाँदै गरेको एकसय क्युफिट काठसहित बा४ख २२७६ नं को मिनीट्रक इप्रका, मेलम्चीले नियन्त्रणमा लिएको हो । बिना इजाजतपत्र अवैध रूपमा काठ ओसारपसार गर्ने मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ट्रक चालक वीरबहादुर पाख्रिन, सहचालक रामकृष्...

दुई बालक मृत फेला

दुई बालक मृत फेला
इटहरी, ११ असार । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ बूढीखोलाको पुल नजिकै आज बिहान स्थानीयवासीले दुईजना बालकको शव फेला पारेको इलाका प्रहरी कार्यालय, दुहवीले जनाएको छ । प्रहरीका अनुसार सुनसरीको लौकही घर भई हाल दुहवी–४ मा बसोबास गर्दै आएका दिदीभिनाजुको घरमा बस्दै आएका १४ वर्षीय आकाशकुमार साह र इटहरी खनार १४ घर भई हाल दुहवी–४ मा रहेको मावली घरमा बस्दै आएका ११ वर्षीय सजन चौधरी मृत अवस्थामा फेला परेका...

अपहरण शैलीमा बेपत्ता महिला २४ घन्टापछि फेला

अपहरण शैलीमा बेपत्ता महिला २४ घन्टापछि फेला
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वार्ड २ स्थित जमुनी फुटाहा निवासी २९ वर्षीया सविता पाण्डे अपहरण शैलीमा वेपत्ता भएको २४ घण्टा पछि वुटवलमा भेटिएकी छिन्। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोली र वुटवल प्रहरीको संयुक्त गस्ती टोलीले बुटवलको मैनावगरस्थित सडकमा एक्लै हिडिरहेको अवस्थामा फेला पारेको हो। ‘प्रहरीलाई महिला हराएको सूचना आउने वित्तिकै खोज...

बलेरोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

बलेरोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
सप्तरी,१० असार । सप्तरीको खड्क नगरपालिका-५ खचुइयामा शनिबार बलेरो गाडिको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९८५४ नम्बरको बलेरोले पैदलयात्री सोही ठाउँका अन्दाजी ५० बर्षिय मनिलाल चौधरीलाई ठक्कर दिएको थियो। ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ। यता सिरहाको सिरहा नगरपलिका...

किड्नी फेल भएर जिवन मृत्युसङ्ग विर अस्पतालको शैयामा लड्दै कलाकार लक्ष्मी राणा, आफन्तले माया मारेको देख्दा छिन् सबैभन्दा दु:खी

किड्नी फेल भएर जिवन मृत्युसङ्ग विर अस्पतालको शैयामा लड्दै कलाकार लक्ष्मी राणा, आफन्तले माया मारेको देख्दा छिन् सबैभन्दा दु:खी
काठमाडौँ । कुनै समयकी चर्चित कलाकार लक्ष्मी रानामगरलाई उनको स्वास्थ्यले मात्र धोका दिएन आफन्तहरुले पनि नमज्जाले धोका दिए । आजभन्दा २० बर्ष पहिले चर्चाको शिखरमा रहेकी कलाकार लक्ष्मीसँग अहिले न कुनै आफन्त छन् नत अब सम्पत्ति नै । मृगौला फेल भएपछि उनको जिन्दगीमा एकाएक संकट आइलाग्यो । त्यसअघि उनले आफ्ना बाबु आमालाई गुमाइन् र त्यसको केही वर्षपछि भाईलाई पनि गुमाइन् । नेपाली टेलिश्रृंखला एक साँझ, बाचा...