अझै बढ्छ गर्मी : सक्रिय मनसुन सुरु नभएसम्म यस्तै गर्मी

अझै बढ्छ गर्मी : सक्रिय मनसुन सुरु नभएसम्म यस्तै गर्मी
जेठ १२, काठमाडौं – केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ । तत्काल बर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश स्थानमा अझै गर्मी हुर्ने विज्ञहरुको ठहर छ । सक्रिय मनसुन सुरु नभएसम्म तापक्रम स्वभाविक रुपमा बढ्ने भएकाले गर्मी घट्न मनसुन नै कुर्नुपर्ने बरिष्ठ मौसमविद मणिरत्न शाक्य बताउँछन् । उनले भने, ‘मनसुन सुरु हुन एक–डेढ हप्ताअघि प्र...

प्रसव पिडामा छटपटाई रहेकी सुत्केरी महिलाको डोल्पामा पहिलो पटक गरियो सफल शल्याक्रिया

प्रसव पिडामा छटपटाई रहेकी सुत्केरी महिलाको डोल्पामा पहिलो पटक गरियो सफल शल्याक्रिया
डोल्पा- डोल्पामा पहिलो पटक प्रसव पिडामा छटपटाई रहेकी सुत्केरी महिलाको सफल शल्याक्रिया । डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक भएको शल्याक्रियामा बच्चा सहित आमा पुष्पा शाहीको स्वास्थ्य सामान्य रहेको छ । तस्बिर ः रामचन्द्र न्यौपाने, डोल्पा

यार्सागुम्बा: जीवन धान्ने जडीबुटी

यार्सागुम्बा: जीवन धान्ने जडीबुटी
डोल्पा, ११ जेठ । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायत जिल्लाबाट हजारौँ सर्वसाधारण डोल्पा आइपुगेका छन् । उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोतको रुपमा रहँदै आएको छ । ब...

गोमन सर्पले डसेर ११ वर्षीया बालिकाको मृत्यु

गोमन सर्पले डसेर ११ वर्षीया बालिकाको मृत्यु
राजविराज, ११ जेठ । विषालु गोमन सर्पको डसाइबाट आज यहाँ एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णवरण गाउँपालिका–४ निवासी बेचन यादवकी ११ वर्षीया छोरी ज्ञानीकुमारी यादव रहेको इलाका प्रहरी कार्यालय, मोहुलीले जनाएको छ । आज बिहान आफ्नै घर अगाडि आँगन बढार्ने क्रममा बालिकालाई सर्पले डसेको थियो । सर्पको डसाइबाट गम्भीर अवस्थामा पुगेकी उनको विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा उपचारका क्र...

कपिलवस्तुमा बिना दर्ता मासु पसल सञ्चालन

कपिलवस्तुमा बिना दर्ता मासु पसल सञ्चालन
चन्द्रौटा (कपिलवस्तु), ११ जेठ । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका मासु पसल दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ । यस्ता पसलले सामान्य मापदण्ड पनि पूरा गरेका छैनन् । यहाँ गरिएको छड्के जाँचमा चन्द्रौटा आसपासका करिब ५० भन्दा बढी मासु पसल दर्ता बिनै सञ्चालनमा रहेको पाइएको हो । चन्द्रौटा बजार, शिवपुर, खरेन्द्रपुर, रुदपुर, थुन्ह्यिा, हल्लानगर, गडगौडा सकिची चोकलगायतका स्थानमा रहेका स–साना टङ्कीम...

भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ

भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ
तनहुँ, ११ जेठ । जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ । भूकम्प पीडितको लगत यही वैशाख १५ भित्र पठाउन गत चैत ८मा सम्बन्धित निकायमा सिफारिस गरी पठाएकामा सम्बद्ध गाउँपालिका र नगरपालिकाले सम्झौता गरी पठाउनुपर्नेमा हालसम्म नआएको जिल्ला समन्वय समितिका अधिक...

झापामा दुर्लभ मोलुरस अजिङ्गर भेटियो

झापामा दुर्लभ मोलुरस अजिङ्गर भेटियो
बनियानी (झापा), ११ जेठ । झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो । करिब तीन इन्च गोलाइ र ६ फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिनुभयो । सो अजिङ्गर जिल्ला वन...

फरार अभियुक्त १६ वर्षपछि पक्राउ

फरार अभियुक्त १६ वर्षपछि पक्राउ
दमक, ११ जेठ । कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त सोह्र वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–४ का ५३ वर्षीय हर्कबहादुर राई रहेको छ । राईमाथि सोही नगरपालिका बस्ने भक्तबहादुर राईलाई २०५८ साल पुस ८ गते हत्या गरी फरार रहेको आरोप छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्...

पत्रकार हिरासतमा !

पत्रकार हिरासतमा !
गोरखा -यहाँका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ । मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा लगाईएको छ । उनी पत्रकार महासंघ ललितपुर साखाका सदस्य र जनता टेलिभिजनका संवाददाता हुन्, यो खबर आजको कान्तिपुरमा छ ।

मुसहर बस्तीको चुहिएको जस्ता फेर्ने भगन्तियाको पहिलो इच्छा

मुसहर बस्तीको चुहिएको जस्ता फेर्ने भगन्तियाको पहिलो इच्छा
रत्ननगर (चितवन), ११ जेठ । “पहिले काम मुसहर बस्तीको घरमा जस्ता कुहियो, पानी चुहियो त्यो फेर्छु, अनि अरू काम”, चितवनको रत्ननगरमा शपथ लिने क्रममा भगन्तियाले भनिन् । शपथ लिन उनी रातो साडी र रातै ब्लाउमा सजिएकी थिइन् । देख्ने बित्तिकै हँसिलो अनुहारबाट मीठो मुस्कान दिइन् । “चिन्नु भो ? के त अस्ति हाम्रो घरमा आ‘को पत्रकार हैन”, हाँस्दै भगन्तियाले भनिन् । वैशाख २१ गते उनको घरमा पुग्दा भर्खरै गाउँमा मत ...