पञ्चासे चिनाउने फोटो प्रदर्शनी, जहाँ तालमा पात झर्न नपाउँदै चराले टिपेर सफा पारिहाल्छन्

पञ्चासे चिनाउने फोटो प्रदर्शनी, जहाँ तालमा पात झर्न नपाउँदै चराले टिपेर सफा पारिहाल्छन्
पोखरा, १७ पुस- पोखरा फोटोग्राफर संघ, पोखराको आयोजनामा शनिबारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको परिसरमा सुरु प्रदर्शनीमा प्राकृतिक, जैविक, ऐतिहासिक एवं धार्मिक स्थल पञ्चासे चिनाउने फोटो प्रदर्शनीमा छन् । २ दिनसम्म चल्ने प्रदर्शनीमा ४० वटा फोटो प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक लक्ष्मीपति पौडेलले जानकारी दिए । फोटोले कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चा...

मिसेस कल्चर नेपाल प्रतिमाले पाईन् यूएम स्कुटर

मिसेस कल्चर नेपाल प्रतिमाले पाईन् यूएम स्कुटर
पोखरा, १७ पुस प्रथम मिसेस कल्चर नेपाल २०१६ को उपाधि विरौटाकी प्रतिमा शर्मा आचार्यले हात पारेकी छिन् । उनले मोष्ट कन्फिडेन्ट, बेष्ट स्माइल समेत हात पार्न सफल भइन् । विजेता आचार्यले यूएम स्कुटर सहित सिजी इलेक्ट्रोनिक्सले प्रायोजन गरेको रुमहिटर समेत प्राप्त गरिन् । पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिद्धारा आयोजित कार्याक्रममा फस्ट रनरअप सृजना गुरुङ्ग पुन, सेकेन्ड रनरअप रुमा केसी थापा, थर्ड रनरअप ...

पाँचौ पर्वत महोत्सवमा पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिता हुने

पाँचौ पर्वत महोत्सवमा पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिता हुने
पर्वत, १७ पुुस- पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव २०७३ मा पश्चिमाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अञ्चलस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगगिता महोत्सवमा संचालन हुने पाँचौ पर्वत महोत्सव मुल आयोजक समितिले जनाएको छ । महोत्सवमा भलिब प्रतियोगिताको विजेताले १ लाख १ सय ११, द्धितियले ५० हजार १ सय ११ पाउनेछन् । साथै प्रतियोगितामा सेमिफाइनलमा पराजित ...

‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ भन्दै आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै

‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’  भन्दै आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै
काठमाडौं, पुस १७ – अंग्रेजी नयाँ वर्षको अवसरमा आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस, हाम्रो शान, हाम्रो पहिचान स् नेपाली टोपी अभियान भन्ने नाराका साथ काठमाडौँ लगायत देशभरका विभिन्न स्थानमा धुमधामका साथ मनाइदैछ । पछिल्लो समय नेपाली ढाका टोपीको महत्व र सान घट्दै गएको भन्दै टोपीको महत्व दर्शाउन र प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा संयोकज घनश्याम श्रेष्ठले जानकारी दिए । ...

ब्लगिङ्ग साइट वर्डप्रेसको मिट अप पोखरामा

ब्लगिङ्ग साइट वर्डप्रेसको मिट अप पोखरामा
पोखरा, १७ पुस- वर्डप्रेस पोखरा नेपालको आयोजनामा एक दिवसीय ‘वर्डप्रेस मिटअप’ पोखरा इन्जिनियरिङ्ग क्याम्पसमा सम्पन्न भएको छ । सो मिटअपमा वेन सोलुसनका राकेश लावाजु, राजनमणी पौडेल, वेन थिम्सका निलाम्बर शर्मा र ड्रिम्स आइटी सोलुसनका सुरेश सापकोटाले वर्डप्रेसका विभिन्न विषयहरुमा सहजीकरण गरेका थिए । मिटअपमा विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थी, वेव डिजाइनर तथा वेव डेभलपरहरुको बृहत सहभागिता रहेको...

अबको पाँच वर्ष भित्र सबै नेपाली नागरिकलाई शुद्ध पिउने पानी

अबको पाँच वर्ष भित्र सबै नेपाली नागरिकलाई शुद्ध पिउने पानी
पोखरा, १७ पुस- नेपाल सरकारका खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले आगामी ५ वर्ष भित्र नेपाली नागरिकलाई शुद्ध पिउने पानी उपलव्ध गराईने बताएका छन् । शनिवार पोखरामा रिपोर्टर्स क्लब कास्की शाखाद्धारा आयोजित साक्षात्कार कार्यक्रममा राज्यमन्त्री खड्काले तराई तथा केही पहाडी जिल्लाहरुमा पानीको चरम अभाव हुन नदिन नेपाल सरकारले विभिन्न योजना ल्याएको बताए । नेपालमा पानी रिजर्भको प्रणाली नभएको कारण...

बेदकोट धार्मिक क्षेत्रका प्राचीन मूर्तिहरु हराउँदै

बेदकोट धार्मिक क्षेत्रका प्राचीन मूर्तिहरु हराउँदै
कञ्चनपुर, १७ पुस । कञ्चनपुरको बेदकोट नगरपालिकाको चुरे क्षेत्रमा रहेको बेदकोट धार्मिक क्षेत्रका प्राचीन मूर्तिहरु हराउने र नासिने क्रम बढ्दो रुपमा रहेको छ । धार्मिक क्षेत्रको संरक्षण संवद्र्धनको कार्यलाई सन्तोषजनक रुपमा अगाडि नबढाइँदा पुरातात्विक महत्वका वस्तु हराउने क्रम बढेको हो । हालसम्म धार्मिक क्षेत्रबाट एक किलो बढी तौलको चाँदीको मजुरको मूर्ति, अष्टधातुको नागको मूर्ति, ठूला घन्टीहरु, बाघ हात...

काँग्रेस सिरहाको सभापतिमा सांसद यादव विजयी

काँग्रेस सिरहाको सभापतिमा सांसद यादव विजयी
लहान, १७ पुस । नेपाली काँग्रेस सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणनाअनुसार सांसद यादवले आफ्ना प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई २०८ मत अन्तरले पराजित गर्दै विजय प्राप्त गर्नुभएको हो । सांसद यादवले ५६९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नरेशकुमार यादवले ३६१ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्...

सन्डरल्याण्डको पोटमा बर्नलीले गर्यो गोलको वर्षा , गेरीले गरे ह्याट्रिक

सन्डरल्याण्डको पोटमा बर्नलीले गर्यो गोलको वर्षा , गेरीले गरे ह्याट्रिक
एजेन्सी । सन्डरल्याण्डको पोटमा बर्नलीले गर्यो गोलको वर्षा गर्दै ४–१ गोलले हराएको छ । गएराती सम्पन्न प्रिमियर लिग अन्तरगतको खेलकामा बर्नलीले आक्रमक खेल खेल्दै जीत आफ्नो पक्षमा पारेको हो । बर्नलीको जितमा आन्द्रे गेरी नायक बने । उनको ह्याट्रिक मद्दतमा बर्नली विजयी भएको हो । गेरीले ३१, ५१ र ५३ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्न सफल देखिए । खेलको लज्जासपद हारपछि सन्डरल्याण्डले वि...

ट्रम्पद्वारा पुटिनलाई ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा

ट्रम्पद्वारा पुटिनलाई ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा
वासिङ्टन- अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गर्नुभएको छ । अमेरिकाले निर्वाचनको समयमा साइबर हमलालगायत हस्तक्षेप गरेको बदलास्वरुप ३५ जना रसियाली कूटनीतिज्ञलाई स्वदेश फिर्ता पठाउने निर्णय ...