सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको यस्तो आग्रह

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको यस्तो आग्रह
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पत्रकार सम्मेलनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै प...

अझै बढ्छ गर्मी : सक्रिय मनसुन सुरु नभएसम्म यस्तै गर्मी

अझै बढ्छ गर्मी : सक्रिय मनसुन सुरु नभएसम्म यस्तै गर्मी
जेठ १२, काठमाडौं – केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ । तत्काल बर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश स्थानमा अझै गर्मी हुर्ने विज्ञहरुको ठहर छ । सक्रिय मनसुन सुरु नभएसम्म तापक्रम स्वभाविक रुपमा बढ्ने भएकाले गर्मी घट्न मनसुन नै कुर्नुपर्ने बरिष्ठ मौसमविद मणिरत्न शाक्य बताउँछन् । उनले भने, ‘मनसुन सुरु हुन एक–डेढ हप्ताअघि प्र...

विवादलाई साम्य पार्न मत पत्र र छापको रंग फरक फरक

विवादलाई साम्य पार्न मत पत्र र छापको रंग फरक फरक
काठमाडौँ । पहिलो चरणको स्थानीय तहको चुनावमा मत पत्र र छाप एउटै रंगको मसी प्रयोग भएपछि उत्पन्न विवादलाई साम्य पार्न निर्वाचन आयोगले छापमा रातो मसी प्रयोग गर्ने निर्णय गरेको छ। मतपत्र र छापमा एउटै रंग प्रयोग भएका कारण विवाद उत्पन्न भएपछि आयोगले यस्तो निर्णय गरेको हो। आयोगका सहसचिव नवराज ढकालले दोस्रो चरणको चुनावमा छापमा रातो मसी प्रयोग गरिने जानकारी दिए। पहिलो चरणको चुनावमा मतदाता शिक्षा उपलब्...

बारामा यस्तो घटना, विवाह सम्पन्न भइसकेपछि दुलाहले दुलही लिन नमान्दा

बारामा यस्तो घटना, विवाह सम्पन्न भइसकेपछि दुलाहले दुलही लिन नमान्दा
वीरगन्ज । बाराको महागढीमाई नगरपालिका-१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध-विच्छेद) दिएका छन्। भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन्। मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भ...

एमालेले संसद चल्न नदिने, नयाँ सरकार ३१ जेठअघि कठिन

एमालेले संसद चल्न नदिने, नयाँ सरकार ३१ जेठअघि कठिन
काठमाडौं, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गरे पनि ३१ जेठअगाडि नयाँ सरकार चयन जटिल देखिएको छ । प्रक्रियातागत रूपमा अगाडि बढ्दा कम्तीमा १० दिन समय आवश्यक पर्नेमा प्रतिपक्षी दल एमालेले संसद् अवरोध जारी राखेकाले प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित हुने सम्भावना बढेको हो । राजधानी दैनिकले समाचार छापेको छ । राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको समयमा...

महन्थ ठाकुरले विजय र उपेन्द्रसँग पोखे पीडा

महन्थ ठाकुरले विजय र उपेन्द्रसँग पोखे पीडा
काठमाडौं, १२ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नेपाल फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुने अवस्थामा तीन पार्टीबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । भक्तपुरस्थित ठाकुर निवासमा भएको वार्तामा राजपा अध्यक्ष ठाकुरले च...

संविधान संशोधन निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध

संविधान संशोधन निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध
काठमाडौँ, ११ जेठ । सरकारले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको विधेयकलाई सबै राजनीतिक दलसँगको सहकार्यमा निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । व्यवस्थापिका–संसद्मा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा असन्तुष्ट दलसँग प्रत्यक्ष र अप्रत्यक्ष संवाद र सहकार्यबाट अधिकतम सहमति जुटाई संविधान संशोधनको प्रस्ताव द...

कांँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

कांँग्रेस पार्टी कार्यालयमा तालाबन्दी
कैलाली, ११ जेठ । नेपाली कांँग्रेस जिल्ला पार्टी कार्यालयमा आज असन्तुष्ट पक्षले ताला लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकटकालाई मात्र एकलौटी रुपमा टिकट वितरण गरिएको र पार्टीमा लामो समयदेखि योगदान दिएको भन्दा योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ । धनगढी उपमहानगरपालिका–१ बाट अध्यक्षका आकाङ्क्षी उम्मेदवार कृ...

३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट : तेह्र हजार जनप्रतिनिधि निर्वाचित

३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट  : तेह्र हजार जनप्रतिनिधि निर्वाचित
काठमाडौँ, ११ जेठ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्मको मत परिणामानुसार १२ हजार ९६४ प्रतिनिधि निर्वाचित भएका छन् । संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार हालसम्म २८३ स्थानीय तहमध्ये २७८ स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज जारी प्रेस विज्ञप्ति उल्लेख छ । पछिल्लो विवरणानुसार नगर प्रमुख वा अध्यक्ष २७८,...

घरको छतबाट झरेर अन्सारीको मृत्यु, पैदलयात्रुलाई बसले ठक्कर दिँदा एकको ज्यान गयो

घरको छतबाट झरेर अन्सारीको मृत्यु, पैदलयात्रुलाई बसले ठक्कर दिँदा एकको ज्यान गयो
इटहरी, ११ जेठ । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा आज दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारत बेगुराई बागोर घर भई हाल सुनसरीको इनरुवा–२ स्थित चप्पल कारखानामा कार्यरत २५ वर्षीय मेहम्मद नाजिम अन्सारीको आज बिहान सोही घरको छतबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी भोक्राहामा बा ४ ख ५२५५ नंको बसले एक पुरुषलाई ठक...