यसकारण गगुलले यि स्थानलाई राखेको छ गोप्य, थाहा पाउनुहोस् रहस्य

यसकारण गगुलले यि स्थानलाई राखेको छ गोप्य, थाहा पाउनुहोस् रहस्य
एजेन्सी । विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली सर्च इञ्जिन गुगलले पनि केही कुरा लुकाउँछ भन्दा पत्याउन मुस्किल पर्ला । तर गगुललाइृ थाहा भएको तर सुरक्षा संवेदनशिलताका कारण बाहिर नदेखाएका त्यस्ता स्थानहरु पनि छन् । स्रोतका अनुसार ति स्थानहरु अमेरिका, चीन रुस र इजराइल लगायतका देशमा रहेको गुगल स्वयमले नै उल्लेख गरेको छ । यि देशहरुका ति स्थानहरुलाई गोप्य भन्दै गुगलले हेर्न नमिल्ने बनाएको देखिन्छ । ति...

आफ्ना आलोचकलाई नै नियुक्तिका लागि चयन गरे डोनाल्ड ट्रम्पले

आफ्ना आलोचकलाई नै नियुक्तिका लागि चयन गरे डोनाल्ड ट्रम्पले
अमेरिका, ९ मङ्सिर- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक समेत केही महिलालाई नै आफ्नो सहयोगीका रूपमा नियुक्तिका लागि चयन गर्नु भएको छ । साउथ क्यारोलीनाकी ४४ बर्षीय गभर्नर निक्की हेलीलाई उहाँले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रुपमा नियुक्त गर्नु भएको छ । उहाँले ट्रम्पको प्रस्ताव अनुसार राष्ट्रसंघका लागि अमेरिकी राजदूतको मन्त्रिस्तरीय पद स्विकार्ने निर्णय पनि ग...

जापानमा पछिल्लो आधा शताब्दीकै धेरै हिँउ, तापक्रम शुन्य डिग्रीतिर

जापानमा पछिल्लो आधा शताब्दीकै धेरै हिँउ, तापक्रम शुन्य डिग्रीतिर
जापान, ९ मङ्सिर- जापानमा बिहीबार पछिल्लो आधा शताब्दीकै सवै भन्दा धेरै हिँउ परेको छ । तापक्रम शुन्य डिग्रीतिर झरेको जनाइएको छ । जापानको मौसम विज्ञानसम्वन्धी निकायले नोभेम्बर महिनामा सन् १९६२ यताकै सवैभन्दा धेरै हिउँ परेको जनाएको हो । टोकियोको आवास क्षेत्रमा झण्डै दुई इञ्चसम्म हिँउ जमेको पनि सो संस्थाले बताएको छ । स्थानीय टेलिभिजनले हाचिओजीको आवास क्षेत्रमा बाक्लो हिँउ जमेको, रुख र पार्कहर...

परराष्ट्रमन्त्री महत अष्ट्रेलिया पुगेरै अस्ट्रेलियालीको भिसा सेन्टर नेपालमै राख्न आग्रह गरे

परराष्ट्रमन्त्री महत अष्ट्रेलिया पुगेरै अस्ट्रेलियालीको भिसा सेन्टर नेपालमै राख्न आग्रह गरे
अस्ट्रेलिया, ९ मङ्सिर- परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अस्ट्रेलियाली विदेशमन्त्री जुलिया बिसपबीच बिहीबार अस्ट्रेलियाली राजधानी क्यानबेरामा भेटवार्ता भएको छ । बुधबार अस्ट्रेलिया आइपुग्नुभएका मन्त्री डा महत र बिसपबीच आज विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । दुई देशका विदेशमन्त्रीस्तरमा निकै लामो समयपछि भएको यस भेटका क्रममा आपसी सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेट...

पूर्वी चीनमा निर्माणाधिन टावर भत्किँदा चालीस जनाको मृत्यु

पूर्वी चीनमा निर्माणाधिन टावर भत्किँदा चालीस जनाको मृत्यु
चीन, ९ मङ्सिर- चीनको पूर्वमा अवस्थित जियाङसी प्रान्तमा एक निर्माणाधिन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा चालीस जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । घटनापछि तत्काल उक्त स्थानमा पुगेका उद्धारकर्मीले घटनामा कम्तिमा चालीस जनाको मृत्यु भएको जनाएपनि भत्किएको टावरको भग्नावशेषमुनि अझै केही मजदुर पुरिएको अनुमानमा उद्धारलाई जारी राखिएको छ । बिहीबार विहान...

थुप्रै नग्न र नीजि तस्बिरहरु सार्वजनिक भएकी २३ वर्षीया सुन्दरीलाई मन्त्री बनाएपछि मच्चियो हंगामा

थुप्रै नग्न र नीजि तस्बिरहरु सार्वजनिक भएकी २३ वर्षीया सुन्दरीलाई मन्त्री बनाएपछि मच्चियो हंगामा
एजेन्सी । २३ वर्षीया यि सुन्दरीको मोडलका रुपमा भन्दा पनि यतिबेला नेतृका कारण ब्यापक बिरोध भइरहेको छ । २३ वर्षकी अन्ना कलिनचूक युक्रेनलार्य भ्रष्टाचार विरोधी अभियानको नेतृत्वका लागि नियुक्ती गरेकोमा त्यहाँका स्थानीय विरोध मात्रै नभई राष्ट्रपतिको समेत बिरोध भइरहेको छ । पेशाले एक वकिल समेत रहेकी अन्ना युक्रेनमा निकै महत्वपूर्ण पदमा नियुक्त भएकी हुन् । युक्रेनमा एक समूह छ जसले भ्रष्ट नेताहरुको क...

जापानमा फेरी गयो शक्तिशाली भूकम्प, भूकम्प पछाडी निरन्तरका पराकम्प जाने क्रम जारी

जापानमा फेरी गयो शक्तिशाली भूकम्प, भूकम्प पछाडी निरन्तरका पराकम्प जाने क्रम जारी
काठमाडौं । जापानमा बिहिबार एकाबिहानै ६।१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भुकम्प विहान ६ बजेर ३० मिनेटमा नामीबाट ३७ किलोमिटर पश्चिमलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार यो भूकम्पपछि आधा घन्टाको बीचमा लगातार तीन पराकम्प गएको छ । ४।६ देखि ३।८ का पराकम्प गएको हो । यद्यपि कुनै मानवीय र भौतिक क्षतिको कुनै खबर छैन । साथै अहिलेसम्म सुनामीको ...

युरोपमा वायु प्रदूषणका कारण करिब चार लाख सतसठ्ठी हजार मानिसको अल्पआयुमा मृत्यु

युरोपमा वायु प्रदूषणका कारण करिब चार लाख सतसठ्ठी हजार मानिसको अल्पआयुमा मृत्यु
बेल्जियम, ८ मङ्सिर । युरोपमा वायु प्रदूषण एक ठूलो वातावरणीय स्वास्थ्य समस्या बनेको र प्रतिवर्ष करिब चार लाख ६७ हजार मानिसले अल्पाआयुमै जीवन गुमाउने गरेको युरोपेली वातावरणका लागि कार्यरत संस्था (ईईए) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ । सन् २००० देखि सन् २०१४ सम्म युरोपका विभिन्न सहरका ४०० अनुगमनस्थलमा गरिएको मूल्याङ्कन तथा विश्लेषणपछि प्रतिवेदनलाई सार्वजनिक गरिएको हो । प्रतिवेदन...

जर्मन ध्वजा वाहक लुफ्थान्साले विमान चालकको हडतालका कारण नौ सय उडान रद्द

जर्मन ध्वजा वाहक लुफ्थान्साले विमान चालकको हडतालका कारण नौ सय उडान रद्द
जर्मनी, ८ मङ्सिर- जर्मन ध्वजा वाहक लुफ्थान्साले विमान चालकको हडतालका कारण बिहीबारका लागि तय भएका ९१२ वटा उडान रद्द गरेको बुधबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । बिहीबारका लागि तय भएका यी विमान उडान प्रभावित हुँदा करिब एक लाख १५ हजार हवाई यात्रु प्रभावित बन्ने लुफ्थान्साले जनाएको छ । लुफ्थान्सा विमान कम्पनीमा कार्यरत विमान चालकले आफ्ना पारिश्रमिक र काम गर्ने समयबारे विभिन्न सर्त राख्...

भुटानको माथिल्लो सदनद्वारा बङ्गलादेश, भारत र नेपाल बीच भएको क्षेत्रीय यातायात सम्झौता अस्विकृत

भुटानको माथिल्लो सदनद्वारा बङ्गलादेश, भारत र नेपाल बीच भएको क्षेत्रीय यातायात सम्झौता अस्विकृत
थिम्पु, ८ मङ्सिर । भुटानको राष्ट्रिय परिषद (माथिल्लो सदन)ले भुटान बङ्गलादेश, भारत र नेपालबीच भएको क्षेत्रीय यातायात सम्झौता अस्विकृत गरेको छ । वातावरणीय प्रदुृषण र सुरक्षा चुनौतीको चिन्ता व्यक्त गर्दै भुटानले बङ्गलादेश, भुटान, भारत र नेपालको सहभागीता रहेको बिबिआइएन नामक दिइएको यो सम्झौता माथिल्लो सदनले अस्विकृत गरेको हो । भुटानको माथिल्लो सदनमा कुल २५ जना सांसदहरु मध्ये २० जना मात्र उक्त मतद...