एकाबिहानै कलैयामा बम बिस्फोट, मच्चियो भागदौड

एकाबिहानै कलैयामा बम बिस्फोट, मच्चियो भागदौड
काठमाडौँ । बिहान ५ः३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताउनु भएको छ । निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी बा१४च ६३३० नंको जिपमा विस्फोट भएकामा मानवीय क्षति नभई गाडीमा सामान्य क्षति...

बम आक्रमणका घटना बढेसँगै नेपाल कम्युनिष्ट पार्टी चितवनका इन्चार्ज बिसी पक्राउ

बम आक्रमणका घटना बढेसँगै नेपाल कम्युनिष्ट पार्टी चितवनका इन्चार्ज बिसी पक्राउ
चितवन : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रबाट बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो । चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । नेपाल कम्य...

कांग्रेसलाई मधेसीसँगको तालमेल सकस: वामलाई चुनौती दिदै बनाएको गठबन्धन किन देखिएन मधेसमा प्रभावकारी ?

कांग्रेसलाई मधेसीसँगको तालमेल सकस: वामलाई चुनौती दिदै बनाएको गठबन्धन किन देखिएन मधेसमा प्रभावकारी ?
महोत्तरी-३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् । त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् । संविधान संशोधनका लागि म...

भक्कानिदै प्रचण्डले दिए छोरा प्रकाशलाई दागबत्ती

भक्कानिदै प्रचण्डले दिए छोरा प्रकाशलाई दागबत्ती
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाश दाहाललाई दागबत्ती दिएका छन् । पशुपति आर्यघाटमा प्रचण्डले दागबत्ती दिँदा आँफुलाई संहाल्न सकेनन् । दागबत्ती दिहिरहँदा प्रचण्ड निकै बेर रोए । प्रकाशका जेठी श्रीमती सिजृनातर्फका छोरा प्रसिद्ध ८ वर्षका छन् । र कान्छी श्रीमती विनातर्फका छोरा प्रणव ६ वर्षका छन् । उनीहरु दुबै जनाको वर्तवन्ध नभएका कारण बुबा प्रचण्डले दागबत्ती दिएका ह...

पेरिसडाँडाँमा छोरा प्रकाशको पार्थिव शरीरमा झण्डा ओढाउँदा पहिला रोए प्रचण्ड, अनि सबै रोए

पेरिसडाँडाँमा छोरा प्रकाशको पार्थिव शरीरमा झण्डा ओढाउँदा पहिला रोए प्रचण्ड, अनि सबै रोए
काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डसँग एकसाथ चुनावी सभामा चितवन पुगेका उनका छोरा प्रकाश दाहालले बिरामी भएको भन्दै झापाको कार्यक्रममा गएनन् । उनी चितवनबाट नै काठमाडौँ फर्किए तर प्रचण्ड बाग्लुगं, पर्वत लगायतका जिल्लामा पुगेर झापामा चुनावी सभालाई सम्बोधन गर्न हानिए । आमासँग काठमाडौँमा रहेका प्रकाशको आज बिहान ३ बजे हर्टअट्याकबाट सुतीहरको स्थानमा नै मृत्यु भएको अस्पतालले जनाएको छ । छोरा प्रकाश दाहालक...

प्रचण्ड पुत्र प्रकाशको पशुपति आर्यघाटमा साँझ ५ बजे अन्त्येष्टि गरिने

प्रचण्ड पुत्र प्रकाशको पशुपति आर्यघाटमा साँझ ५ बजे अन्त्येष्टि गरिने
काठमाडौँ । माओवादी केन्द्रका नेता एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पशुपति आर्यघाटमा साँझ ५ बजे अन्त्येष्टि गरिने भएको छ । आज बिहान हृदयघातबाट निधन भएपछि उनलाई अचानक नर्भिक अस्पताल पुर्याईएको थियो । अस्पताल पुगनु अघि नै प्राण त्यागिसकेका प्रकाशको शव ४ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै साँझ नै अन्तयष्टि गरिने माओवादीले जानकारी दिएको छ । अहिले विभिन्न पार्टीक...

छोरा प्रकाशको निधन भएकै दिन पार्टी कार्यकर्तालाई यस्तो निर्देशन दिए प्रचण्डले

छोरा प्रकाशको निधन भएकै दिन पार्टी कार्यकर्तालाई यस्तो निर्देशन दिए प्रचण्डले
काठमाडौं । माओवादी केन्द्रका नेता एवम् पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले छोरा प्रकाशको निधन भएका कारण पार्टीका कार्यक्रमहरु नरोक्न कार्यबर्ता तथा देशभरका नेतालाई निर्देशन दिएका छन् । छोरा प्रकाश दाहालको निधनमा विभिन्न जिल्लाका चुनावी कार्यक्रम स्थगित भएको खबर आउन थालेपछि अध्यक्ष प्रचण्डले त्यस्ता कार्यक्रमहरु नरोक्न निर्देशन दिएको माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । पम्फाका ...

प्रचण्डलाई आइपर्यो यो कस्तो बज्रपात ! ४ वर्षमा हृदयघातले छोरा र क्यान्सरले छोरी गुमाए

प्रचण्डलाई आइपर्यो यो कस्तो बज्रपात ! ४ वर्षमा हृदयघातले छोरा र क्यान्सरले छोरी गुमाए
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारका एकमात्र छोरा प्रकाशको निधनसँगै प्रचण्डको परिवारमा फेरी अर्को बज्रपात आइपरेको छ । प्रचण्डका स्वकीय सचिव समेत रहेका एकमात्र छोरा प्रकाश दाहालको ३८ वर्षको उमेरमा असामयिक निधनभएपछि दाहाललाई पुत्रशोकको बज्रपातले प्रचण्ड निकै भावबिह्वल बनेका छन् । प्रचण्ड र उनकी पत्नी सीता दाहालले ४ वर्ष नपुग्दै दुई सन्तान गुमाएको पिडाले उनीहरु मात...

प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम नगर्ने, काँग्रेस गठबन्धनले पनि आज कुनै कार्यक्रम नगर्ने

प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम नगर्ने, काँग्रेस गठबन्धनले पनि आज कुनै कार्यक्रम नगर्ने
चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३ स्तब्ध बनेको छ । अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै यहाँका सर्वसाधारण दुखित भएका छन् । चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आज सबै चुनावी प्रचारका कार्यक्रम स्थगन गरेका छन् । प्रकाश २०३८ साल जेठ १८ गते चितवनको ...

प्रचण्डसँगै हिँड्ने गरेका प्रकाश, प्रचण्डको कार्यक्रममा सहभागी भएकै बेला मलाई सन्चो छैन भनेर फर्किएका थिए

प्रचण्डसँगै हिँड्ने गरेका प्रकाश, प्रचण्डको कार्यक्रममा सहभागी भएकै बेला मलाई सन्चो छैन भनेर फर्किएका थिए
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएसँगै अहिले काठमाडौँको नर्भिक अस्पतालमा आफन्त र शुभचिन्तकको भिड लागेको छ । लाजिम्पाटस्थित निवासमा अचेत भएपछि प्रकाशलाई बिहान काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएपछिन अस्पतालले भर्ना गर्नु अघि नै उनको निधन भएको खबर पुष्टी गरिसकेको छ । यसैबिच प्रचण्डसँगै हिँड्ने गरेका प्रकाश प्रचण्डको ...