डडेलधुरामा देउवाको आश्वासन ‘अब विध्वंसात्मक गतिविधि पूर्ण निस्तेज’

डडेलधुरामा देउवाको आश्वासन ‘अब विध्वंसात्मक गतिविधि पूर्ण निस्तेज’
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र विध्वंसात्मक क्रियाकलाप पूर्ण निस्तेज पार्ने बताएका छन । उनले सुरक्षा ब्यवस्था कडा पार्दै आक्रमण तथा बिध्वंसात्मक गतिबिधिमा संलग्न ब्यक्ति, समूहलाई कडा कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे । ‘चुनाव प्रभावित पार्ने गरी भएका आक्रमण घटनाको घोर भत्र्सना गर्छु,’ प्रेस युनियन डडेलधुराले आइतबार गरेको पत्रकार सम्मेल...

बौद्धिक वैरीको घेरामा बाबुराम: भट्टराईका विपक्षमा बुद्धिजीवी खनिएपछि

बौद्धिक वैरीको घेरामा बाबुराम: भट्टराईका विपक्षमा बुद्धिजीवी खनिएपछि
बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो । चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि पूर्वराजदूत महेश मास्केलगायत ११ वाम बुद्धिजीवी खडा भएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । शनिबार वक्तव्य जारी गर्दै उनीहरूले गोरखाका ‘पारखी जनतालाई अवसरवादी चिन्न अपिल’ गरे । नयाँ शक्ति पार्टी संयोजक भट्टरा...

मतदाताको मोबाइलमा उम्मेदवारको एसएमएस

मतदाताको मोबाइलमा उम्मेदवारको एसएमएस
काठमाडौँ । मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा मत पार्न रसुवामा वाम गठबन्धनले एसएमएसमार्फत भोट माग्न सुरु गरेका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा सबै मतदाताको घरमा पुग्न कठिन हुने देखेपछि उम्मेदवारले एसएमएस सेवा सुरु गरेका हुन् । जिल्लाका सम्पूर्ण गाउँबस्तीमा मोबाइल सेवा पुगेकाले मत माग्नका लागि एसएमएस सेवा प्रयोग गरिएको गठबन्धनले जनाएको छ । ३३२३४,+८५५१ र +८५५४ नम्ब...

धनाढ्यलाई छानीछानी टिकट

धनाढ्यलाई छानीछानी टिकट
वीरगन्ज । मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ। पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन्। दुवै निर्वाचनका लागि प्रत्यक्षमा एक सय ६७ उम्मेदवार प्रतिस्पर्धामा छन्, तीमध्ये कांग्रेस, राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धन तथा एमाले-माओवादी गठबन्धनका गरी ३६ जना छन्। यी तीनवटै दलल...

सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड !

सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड !
काठमाडौँ । सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड, सुन्दै आश्चर्य लाग्ने यो तथ्यांकले निर्वाचन मात्रै होइन, निर्वाचनपछिको व्यवस्थापन झन् महँगो हुने संकेत गर्छ। संसद् सचिवालयले वार्षिक ११ करोड रुपैयाँ भाडा तिरिरहेको नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका दुई वटा हलको सामान्य पुनस्संरचना र कुर्सी मर्मतका लागि मात्रै अर्थ मन्त्रालयसँग साढे तीन करोड रुपैयाँ माग गरेको छ। ‘सबै कुर्सी फेर्...

मेयरदेखि वडाध्यक्षसम्म ३६ हजारले बुझाएनन् सम्पत्ति विवरण

मेयरदेखि वडाध्यक्षसम्म ३६ हजारले बुझाएनन् सम्पत्ति विवरण
काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले देशभरका ३६ हजार बढी जनप्रतिनिधिलाई कार्तिक मशान्तसम्म आफ्नो र परिवारको नाममा रहेको सम्पति विवरण अनिवार्य रुपमा बुझाउन पत्राचार गरेको छ। भ्रष्टचार निवारण ऐन २०५९ अनुसार सतर्कता केन्द्रले हालै निर्वाचित भएर आएका ७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यसहित ३६ हजार बढीलाई सम्पति विवरण अनिुवार्य रुपमा बुझाउन पत्राचार गरेको...

असहयोग गरेको भन्दै कांग्रेसले निकाल्यो पार्टीबाट ३ कार्यकर्तालाई

असहयोग गरेको भन्दै कांग्रेसले निकाल्यो पार्टीबाट ३ कार्यकर्तालाई
काठमाडौँ । आगामी मंसिर २१ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निवार्चनमा पाटी र पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र अर्को पार्टीबाट उम्मेदवारी दिएका भन्दै तीन क्रियशील सदस्यलाई कास्की कांग्रेसले पार्टीबाट निस्कासन गरेको छ। उनीहरुलाई पार्टीको साधाराण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। कांग्रेस कास्कीका कार्यबहाक सभापति सुदीपमोहन भट्टराईले बिहिबार एक प...

विप्लव समूहको गतिविधिबाट जनता त्रसित, सात जनाको घरजग्गा कब्जा

विप्लव समूहको गतिविधिबाट जनता त्रसित, सात जनाको घरजग्गा कब्जा
खोटाङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको गतिविधिबाट जिल्लावासी त्रसित बनेका छन्। नेकपाका कार्यकर्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवार तथा जनप्रतिनिधिको घरजग्गा कब्जा गर्न थालेपछि जिल्लावासी त्रसित बनेका हुन्। वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार विशाल भट्टराई, कांग्रेसबाट प्रदेससभा खोटाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार सुवाशक...

‘टुरिस्ट उम्मेदवार’को आरोपबाट बच्न ३ करोडमा घरै किनेकी आरजूलाई सकस

‘टुरिस्ट उम्मेदवार’को आरोपबाट बच्न ३ करोडमा घरै किनेकी आरजूलाई सकस
धनगढी। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा कसले बाजी मार्ला भन्ने चर्चा सुरु भएको छ । प्रधानमन्त्री पत्नी डा. आरजू राणा देउवा प्रतिनिधिसभामा यो क्षेत्रबाट उठेपछि कस्को विजय होला भनी उत्सुकता बढेको छ । कार्यकर्ताबाटै टुरिस्ट उम्मेदवारको आरोप खेपेकी आरजूले ३ करोड लगानी गरेर घरै किनिन्, तापनि उनी अलोचनामुक्त हुन सकिनन् । यही क्षेत्रमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना र विवेकशील साझाका...

‘डेञ्जर जोन’ मा देउवादेखि बाबुरामसम्म

‘डेञ्जर जोन’ मा देउवादेखि बाबुरामसम्म
काठमाडौँ, कात्तिक २८ - आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन्। निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने केहीले नयाँ क्षेत्र रोजेका छन्। यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित छ। ...