धानखेत मासेर माछापालन

धानखेत मासेर माछापालन
पथरी (मोरङ), १२ असार । मोरङको हसन्दह–२ का चार युवा धान लगाउँदै आएको खेत भाडामा लिएर माछापालन व्यवसाय गरी राम्रो आम्दानी गरेका छन् । विसं २०७० मा वैदेशिक रोजगारीबाट फार्केका चारमध्ये एक युवक चेतन दाहालले भन्नुभयो – “२०७१ सालमा खर्च कटाएर रु २५ लाख आम्दानी भयो । गत वर्ष रु ६० लाख ।” विसं २०७३ मा रु ७५ लाख आम्दानी हुने लक्ष्य रहेको उहाँको भनाइ छ । पन्ध्र बिगाहा जमिनमा धान लगाएकामा प्रत्येक साल रु ...

तलब भत्ता ३ सय प्रतिशत वृद्धि हुने ! अर्थ मन्त्रालयबाट स्वीकृत

तलब भत्ता ३ सय प्रतिशत वृद्धि हुने ! अर्थ मन्त्रालयबाट स्वीकृत
काठमाडौं, १२ असार । नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ । निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो । कारोबार दैनिकले समाचार छापेको छ । अर्थ मन्त्रालयले गत बिहीबार पाइलटको तलब भत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्याप्टेनहरुको तलब ६ लाख ८ हजार रुपैयाँ पुग्नेछ ।

यसकारण ह्वात्तै बढ्यो मोवाइल लिनेको संख्या

यसकारण ह्वात्तै बढ्यो मोवाइल लिनेको संख्या
रसुवा । प्रत्येक नागरिकलाई सञ्चारको पहुँच पु-याउने सरकारको नीतिअनुरुप नेपाल टेलिकमले जिल्लाका विभिन्न ठाउँमा रिपिटर टावर जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकम रसुवा शाखाका प्रमुख जनक डाँगीका अनुसार धुन्चे, टिमुरेको खैदी, गोल्जुङ भन्ज्याङ, ठाडे जिवजिवे क्षेत्रमा मोबाइल सेवाका लागि रिपिटर टावर जडान भइसकेको र दुर्गम क्षेत्र यार्सा र डाँडागाउँ ठूलोगाउँका लागि कालिका स्थानमा रिपिटर टावर सञ्चालनमा...

नारायणगढ-मुग्लिन सडक निर्माणमा ढिला सुस्ती

नारायणगढ-मुग्लिन सडक निर्माणमा ढिला सुस्ती
चितवन - नारायणगढ-मुग्लिन सडक पुनर्निर्माणको काम पहिलो पटकको सम्झौताअनुसार २०१७ को अप्रिलमा सकिसक्नुपर्ने थियो । विभिन्न कारण देखाउँदै दोस्रो पटक सम्झौता गरियो । सम्झौताअनुसार डिसेम्बर २१ मा काम सकिनुपर्नेछ । तर, अहिलेसम्मको कामको अवस्थाले समयमा काम पूरा हुने देखिँदैन । आजको अन्नपुर्ण पोस्टमा यो खबर छ । योजनाअनुसार १७ प्रतिशत ढिलाइ भएको छ । निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्मनीले सम्झौता भएअ...

ह्वात्तै घटे कतार जाने कामदार

ह्वात्तै घटे कतार जाने कामदार
काठमाडौं । वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या एक महिनायता ह्वात्तै घटेको छ । तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका कारण त्यहाँ जाने कामदारको संख्यामा गिरावट आएको हो । रोजगारीका लागि कतार जाने तयारी अवस्थामा बसेको युवा पनि पर्ख र हेरको अवस्थामा छन् । पछिल्लो समय नेपालीका युवाका लागि कतार पहिलो गन्तव्य बनेको थियो ।...

नेपालले अर्को फड्को मार्‍यो, एसियाकै उत्कृष्ट

नेपालले अर्को फड्को मार्‍यो, एसियाकै उत्कृष्ट
काठमाडौं, १२ असार । नेपालको वित्तीय सुशासन एसियाकै उत्कृष्ट रहेको नेपाल राष्ट्र बैंकले दाबी गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले वित्तीय क्षेत्र सवल र प्रभावकारी हुनुमा केन्द्रीय बैंकको महत्वपूर्ण भूमिका रहेको बताए । कारोबार दैनिकले समाचार छापेको छ । वित्तीय क्षेत्र सवल हुँदा निजी क्षेत्रले पनि उत्साहजनक प्रगति गर्ने थापाको भनाई छ ।

‘कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनविपरीत’

‘कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनविपरीत’
काठमाडौँ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले कतारमाथि खाडी मुलुकका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुनविपरीत भएको दाबी गरेका छन् । ‘कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानुनविपरीत छ । प्रतिबन्ध खुकुलो बनाउने भन्दै ती मुलुकहरूले कतारमाथि विभिन्न सर्त थोपारेका छन्,’ राष्ट्रपति एर्डोगानले भने । दुई साताअघि ६ खाडी मुलुक र माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद...

मध्य भोटेकोसी आयोजना दुर्इ वर्ष धकेलियो

मध्य भोटेकोसी आयोजना दुर्इ वर्ष धकेलियो
काठमाडौं । पहिरो, भूकम्प र भारतीय नाकाबन्दीका कारण सार्वजनिक-निजी साझेदारीमा निर्माण भइरहेको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना सम्पन्न हुने अवधि दुई वर्ष पर धकेलिएको छ। आयोजना निर्माणमा थप विघ्न नआएमा आगामी २०७६ असारमा पूरा हुनेछ। २०७१ सालमा आयोजनास्थल नजिक सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो, २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि भारतीय नाकाबन्दीले आयोजना निर्माणको काम प्रभ...

पेट्रोलियम पदार्थमा कमिसन बढाउन अनावश्यक दबाब

पेट्रोलियम पदार्थमा कमिसन बढाउन अनावश्यक दबाब
काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने क्षति (प्राविधिक लस) को मात्रामा कमिसन बढाउन व्यवसायीहरुले अनावश्यक दबाब दिएका छन्। नेपाल आयल निगमले हाल ४ हजार लिटर पेट्रोल थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा करिब ३५ लिटर क्षति हुने अनुमान गरी सो बराबरको मूल्य समायोजन गरिदिने गरेको छ । त्यस्तै ४ हजार लिटर डिजेल ढुवानी गर्दा करिब २४ लिटर क्षती हुने अनुमान गरि मूल्य समायोजन गरिएको छ। तर व्यवसा...

मरेका अठारवटा बाख्री राजधानी भित्र्याउँदै गर्दा पक्राउ

मरेका अठारवटा बाख्री राजधानी भित्र्याउँदै गर्दा पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यकामा मरेका १८ वटा बाख्री भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रण गरेका छन् । मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २७७० नंको यात्रुवाहक बसमा व्यवसायी रामबाबु ठाकुरले चारवटा जिउँदो बाख्री तथा १८ वटा मरेका बाख्री ल्याएको पाइएको छ । पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले काठमाडौँ उपत्यकामा म...