फोहरबाट ग्यास निकाल्न सुरु, चौध किलोवाट बिजुली उत्पादन

फोहरबाट ग्यास निकाल्न सुरु, चौध किलोवाट बिजुली उत्पादन
काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ । यहाँ आज आयोजित कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरुपमा फोहर व्यवस्थापन गर...

घरेलु कामदार रोकिँदा बहराइनका राजपरिवार असन्तुष्ट

घरेलु कामदार रोकिँदा बहराइनका राजपरिवार असन्तुष्ट
काठमाडौं ।बहराइनका राजपरिवार, प्रधानमन्त्री, मन्त्रीहरूसहितका पदाधिकारीले घरबिदामा नेपाल गएका घरेलु कामदारलाई फर्कने इजाजत दिन नेपाल सरकारसँग अनुरोध गरेका छन् । बहराइनको राजधानी मन्मास्थित नेपाली दूतावासलाई पत्र पठाउँदै उनीहरूले बिनाकारण कामदार रोकिएकोमा असन्तुष्टिसमेत जनाएका छन् । कामदार रोकिनुको कारणबारे राजदरबारलगायत निकायबाट दूतावासमा दिनहुँ औपचारिक र अनौपचारिक सोधपुछ भइरहेको छ । गत चैत २० ...

मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म

मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म
काठमाडौँ, १४ असार । पशुपक्षी विकास मन्त्रालयले पश्मिना उत्पादनलाई प्राथमिकतामा राखेर मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म स्थापना गर्ने भएको छ । मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को सहयोगमा उक्त स्थानमा तीनसय च्याङ्ग्रा पालनका लागि व्यवस्था गर्न लागेको हो । केही स्थानीय नश्ल, तथा केही तीब्बती नश्लका च्याङ्ग्रा ल्याइने सो फारम स्थापना गर्न एक हजार रोपनी जग्गाको प्रबन्ध भइ...

मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो

मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो
काठमाडौँ, १३ असार । मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समाय...

वित्तीय अधिकारमा केन्द्र नै बलियो, स्थानीय तह ‘निरीह’

वित्तीय अधिकारमा केन्द्र नै बलियो, स्थानीय तह ‘निरीह’
काठमाडौं । संघीयताको संवैधानिक व्यवस्थासँगै केन्द्रीकृत आयोजना र दायित्व स्थानीय तहमा सरे पनि वित्तीय अधिकारमा भने अझै केन्द्र नै बलियो हुने गरी सरकारले वित्तीय हस्तान्तरण विधेयक तयार पारेको छ । सरकारले संसद्मा दर्ता गरेको अन्तरसरकारी वित्त व्यवस्थापन विधेयकअनुसार प्राकृतिक स्रोत बापतको रोयल्टी स्थानीय तहले पाँच प्रतिशतमात्र पाउनेछन् । पहिलोपटक स्थानीय तहले मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्तःशुल...

कर नतिर्ने व्यबसायीको फेसबुक खाता बन्द गरिने

कर नतिर्ने व्यबसायीको फेसबुक खाता बन्द गरिने
भियतनाम । भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको सामाजीक सञ्जाल बन्द गर्न फेसबुकसँग सहकार्य गर्ने बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । भियतनामी कर निभाग कार्यालयले कर आफू मातहतका राष्ट्रभर रहेका कार्यालयलाई कर उठाउन अनलाइन व्यवसायीसँग अपनाउनुपर्ने कडा उपाय अपनाउन निर्दे...

अब सार्वजनिक गाडीमा पनि इन्टरनेट सेवा

अब सार्वजनिक गाडीमा पनि इन्टरनेट सेवा
काठमाडौँ। नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ आजदेखि सञ्चालनमा आएको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सेवा शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। सेवा सुरुआतले लामो तथा छोटो दूरीक...

इन्टरनेटको शुल्क ह्वात्तै घट्ने

इन्टरनेटको शुल्क ह्वात्तै घट्ने
काठमाडौं ।इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा ३ सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ। सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार हाल इन्टरनेट स...

वन बेल्ट वन रोड कार्यान्वयन गर्न समिति गठन

वन बेल्ट वन रोड कार्यान्वयन गर्न समिति गठन
काठमाडौं । सरकारले चिनियाँ अवधारणा बेल्ट एन्ड रोड (बीआरआई) अन्तर्गत परियोजना छनोट तथा कार्यान्वयन अघि बढाउन दुई उच्चस्तरीय संयन्त्र गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले गत बिहीबार बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत परियोजना छनोट तथा कार्यान्वयनलाई सहजीकरण गर्न परराष्ट्र र अर्थ सचिवस्तरमा भिन्दाभिन्दै समिति गठन गरेको हो । परराष्ट्रसचिव शंकरदास बैरागी नेतृत्वमा गठित उच्चस्तरीय समितिले अर्थ, भौतिक योजना...

क्युबाले यसवर्ष ४२ लाख पर्यटकलाई स्वागत गर्ने

क्युबाले यसवर्ष ४२ लाख पर्यटकलाई स्वागत गर्ने
हवाना, १२ असार । क्युबाले यसवर्ष ४२ लाख पर्यटकलाई स्वागत गर्ने भएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा दुई लाख बढी भएको पर्यटन अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । हालैका वर्षमा क्युबामा पर्यटन क्षेत्रमा राम्रो प्रगति भएको पाइन्छ । यसलाई कतिपयले अमेरिकासँग क्युबाको सन् २०१६ मा क्युबामा ४० लाख भन्दा बढी पर्यटकले भ्रमण गरेका क्युबाली पर्यटन मन्त्रालयका उप निर्देशक दालिया गोन्जालेजले बताउनु भएक...