विपिन जोशीको रिहाइका लागि नेपाल सरकारको कूटनीतिक पहल जारी



काठमाडौँ: हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास तीव्र पारेको छ। हालै सार्वजनिक गरिएको हमासको ३४ बन्धक रिहाइको सूचीमा जोशीको नाम नरहेपछि परराष्ट्रमन्त्री आरजु राणाले कतार र इजिप्टका सरकारहरूसँग मध्यस्थता गरिदिन आग्रह गरेकी छिन्।

इजरायली राजदूत र अन्य अन्तर्राष्ट्रिय मञ्चमार्फत समेत विपिनको रिहाइका लागि प्रयास भइरहेको छ। इजरायलका लागि नेपाली राजदूतले विपिन जीवित रहेको सूचना प्राप्त भएको जनाएका छन्। यद्यपि, हालसम्म सकारात्मक नतिजा नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विपिन जोशी हमासद्वारा १४ महिनादेखि बन्धक रहेका छन्। उनको रिहाइका लागि संयुक्त राष्ट्रसंघदेखि विभिन्न कूटनीतिक प्रयासहरू जारी छन्।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ३० बजे