यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना



आज नेपालभरि मौसमी प्रणाली सक्रिय रहेकोले सबै सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
विशेष गरी कोशी प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना बढी छ। तराई तथा पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेकाले सामान्य चिसो बढ्ने अनुमान गरिएको छ।
सावधानी:
– हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक तयारी गर्न सुझाव।
– उच्च पहाडी क्षेत्रका बासिन्दालाई चिसोबाट जोगिन सतर्क रहन आग्रह।
– तराईमा समेत चिसो हावा बहने सम्भावना रहेकाले न्यानो कपडाको व्यवस्था गर्न सुझाव।
यो मौसम प्रणालीको असर केही दिनसम्म रहन सक्ने भएकाले मौसम अपडेटलाई ध्यान दिनु महत्त्वपूर्ण छ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ०५ बजे