कराची— पाकिस्तानको भईरहेको बिजुली संकटका कारण लाखौं स्थानीयले सामना गरिरहेको आर्थिक कठिनाइलाई अझ गहिरो बनाउँदै लगेको छ । सरकारले लिने अत्यधिक बिजुली महशुल र निरन्तर कटौतीले नागरिकहरूलाई संकटको बिन्दुमा पुर्याएको छ।
कराँची जस्ता शहरहरूमा, बासिन्दाहरू बढ्दो बिजुली शुल्क र बिग्रँदै गएको अर्थतन्त्रको संयुक्त प्रभावबाट पीडित छन्। एक स्थानीय बासिन्दा आरिफ अलीले सरकारले ठूलो मात्रामा बिजुलीको बिल पठाए पनि प्रयाप्त मात्रामा नपाएको गुनासो गरेका छन् । सरकारले स्थानीयको घरको बिल ७५ हजार सम्म पठाएको छ । उनीहरुले प्रयोग नै नगरेको र अत्याधिक बिल पठाएकोमा थप पीडा भएको उनले बताए ।
अली पनि जस्तै स्थानीय पनि विजुलीको बिल तिर्ने कि रोजीरोजीको लागि संघर्षको दोसाँधमा फसेका छन् ।
कराँचीका अर्का बासिन्दा अब्दुल्लाहको लागि पनि बिजुली संकट उत्तिकै भयानक छ। उनले भने, ‘दैनिक ५०० पाकिस्तानी रुपैयाँ भने आम्दानी हुँदैन्, यत्रो रकम कसरी तिर्न सकिन्छ ।’
उनले सरकारबाट बिजुली बिल घटाउन आह्वान गरेका छन्। उनले भने, ‘यदि तिनीहरूले मूल्य घटाउन सक्दैनन् भने कम्तिमा विजुलीको मिटर फिर्ता लिएर जान आग्रह गर्दछौँ। हामी अब यसको बिल तिर्न सक्दैनौं। हामी गरिब छौं, र हामीलाई राहत चाहिन्छ।’
पाकिस्तानका प्रमुख शहरहरूमा बिजुली कटौती जारी रहँदा, बढ्दो बिजुलीको लागत र लामो समयदेखिको लोडसेडिङलाई सम्बोधन गर्न सरकारको असमर्थताले परिवारहरूलाई सहयोगको अत्यन्त आवश्यकतामा पारेको छ।
अर्थतन्त्रमा गिरावट आइरहेको र बिजुली संकटको कुनै अन्त्य नभएको अवस्थामा, पाकिस्तानी नागरिकहरू सरकारले आवश्यक पर्ने कुराहरू पनि उपलब्ध गराउन नसकेकोमा बढ्दो रूपमा निराश छन्।
प्रतिक्रिया