काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लज्जास्पद पराजय भोगेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अलआउट हुँदै ५१ रन मात्रै बनाउँदै लज्जास्पद हार भोग्न बाध्य भएको हो । सुदूरपश्चिमसँग ७२ रनले पराजित भएसँगै जनकपुरको अपराजित यात्रा पनि पूर्णविराम लागेको छ ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमको पनि प्रदर्शन निराशाजनक थियो । तर उसले बलिङमा गतिलो कमब्याक गर्दै जनकपुरलाई पहिलो हार चखायो ।
सुदूरपश्चिमले पहिले ब्याटिङमा उत्रिएर दिएको १२४ रनको चुनौती पछ्याउने क्रममा जनकपुर २१.१ ओभरमा अलआउट हुँदे ५१ रनमा सीमित भयो । जारी एनपीएलमा यही नै सबैभन्दा कम स्कोर पनि हो । पोखराले चितवनविरुद्ध ७४ रन बनाएको स्कोर अब दोस्रो सबैभन्दा कम भएको छ ।
प्रतिक्रिया