काठमाडौं । नेपालको लोकप्रिय ब्राण्ड नेपाल आइसले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुपको सामाजिक पहल ‘नेपाल आइस ब्वाईज’ ले खुकुरी ए’ लाउन्ज रेस्टुरेन्ट एण्ड बार, कीर्तिपुरसँगको सहकार्यमा क्रिकेट खेल सकिएपछि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सफाइ अभियानको नेतृत्व गरेको थियो ।
यस पहलले वातावरणीय जिम्मेवारीलाई उत्प्रेरित गर्ने तथा क्रिकेट मैदान क्षेत्रमा फोहोर संकलन र व्यवस्थापन गरेर सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।
सिजि ब्रुअरी अन्तर्गत नेपाल आइस ब्वाईजले समाजमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यले ‘मनैदेखि नेपाली, परिवर्तनको लागि’ भन्ने नारा सहित समाजका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ ।
भविष्यमा नेपाली युवाहरुमा रहेको स्वयमसेवाको भावनालाई अझ अभिप्रेरित गरी समाजका सकारात्मक र सृजनशील परिवर्तन ल्याउन एकिकृत रुममा अघि बढ्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया