सुनको मूल्य सामान्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १२ : १९ बजे