२५ हजार घुस लिने प्रहरीका सई बुढाथोकी पक्राउ



धम्बोझी । ट्राफिक प्रहरी रोल्पाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी रङ्गे हात घुससहित पक्राउ पर्नु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जबाट गएको टोलीले सई बुढाथोकीलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।

सवारीसाधन आवतजावतमा सजिलो बनाइदिने भन्दै सई बुढाथोकीले गाडी धनीसँग २५ हजार रुपैयाँ घुस लिएको अख्तियार नेपालगन्जले जानकारी दिएको छ ।

नेपालगन्जबाट गएको अख्तियारको टोलीले उहाँलाई निवासबाट पक्राउ गरेको हो । बिस्तारको सिरानी मुनी खामभित्र राखिएको २५ हजार फेला पारेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ९ : ४२ बजे