बयानका लागि रविलाई काठमाडौँबाट चितवन लगियो



काठमाडौँ- सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ।

बुद्ध एयरको विमानमार्फत उनलाई चितवन लगिएको हो।

चितवनको सहारा सहकारीको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौंबाट लामिछानेलाई चितवन लगिएको हो।

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ९ : ३८ बजे