पाकिस्तानः पञ्जाबका पाँच जिल्लामा ५४४ अवैध विद्युत जडान



लाहोर— पाकिस्तानको लाहोर इलेक्ट्रिक सप्लाई कम्पनी (लेस्को) टोलीले पञ्जाबका पाँच जिल्लामा ५४४ अवैध विद्युत जडानहरू पत्ता लगाएका छन्।

पाकिस्तानको लाहोर, शेखुपुरा, नानकाना साहिब, कसूर र ओकाराका पाँच जिल्लाहरूमा विद्युत चोरी विरोधी अभियान चलाउँदा यी अवैध विद्युत चोरी भएको भेटिएको हो ।

लेस्कोका प्रवक्ताले डन न्युजलाई दिएको जानकारी अनुसार कम्पनीले बिजुली चोरहरू विरुद्ध एफआईआर आवेदन पनि दिएको छ, जसमध्ये सम्बन्धित प्रहरी थानामा २१२ एफआईआर दर्ता गरिएको छ, जबकि ३७ अभियुक्तलाई सम्बन्धित पुलिसले पक्राउ गरेको छ।

रिपोर्टका अनुसार ठूला व्यावसायिक उपभोक्ता पनि चोरीमा संलग्न रहेको पाइएको छ ।

सबै अवैध जडानहरू काटिएको छ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ९ : १२ बजे