रियाद— साउदी अरेबियाले भारतको वेदान्त र चीनको जिजिन समूह लगायतका कम्पनीहरूसँग ३५ अर्ब रियाल (९ दशमलव ३२ अर्ब अमेरिकी डलर) भन्दा बढीको धातु र खानीमा नौवटा लगानी सम्झौता गर्न सहमत भएको छ।
साउदी सरकारको राष्ट्रिय लगानी रणनीति अन्तर्गतको सरकारी कार्यक्रम ग्लोबल सप्लाई चेन रेजिलिन्स इनिसिएटिभले रियादमा भएको विश्व लगानी सम्मेलनमा यो सम्झौताहरूको घोषणा गरेको थियो।
राज्यको बढ्दो खानी उद्योग अर्थतन्त्रलाई विविधीकरण गर्न र जीवाश्म इन्धनमा निर्भरता घटाउने भिजन २०३० योजनाको हिस्सा हो। सरकारले यो योजना अन्तर्गत सन् २०३० सम्ममा वार्षिक १०० अर्ब डलर विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ, जुन गत वर्षको एक चौथाइ मात्रै हो ।
तेलदेखि धातुको समूह वेदान्तले रस अल—खैरमा ७ दशमलव ५ अर्व रियालको पुँजीगत खर्चमा तामाको सुविधा निर्माण गर्नेछ, सम्मेलनको प्रस्तुतिले देखाएको छ, जसमा वार्षिक ४००,००० मेट्रिक टन क्षमताको स्मेल्टर र रिफाइनरी र ३००,००० टीपीए उत्पादन क्षमताको तामा उत्पादन गर्ने क्षमताको उद्योग रहेको छ ।
परियोजनाले तामा उत्पादनमा स्वदेशी आत्मनिर्भरता सुनिश्चित गर्नेछ र आर्थिक वृद्धिमा अनुमानित ७० अर्ब रियाल योगदान गर्नेछ ।
दोस्रो चरणमा ब्याट्री—ग्रेड लिथियम कार्बोनेटको ६०,००० टीपीए उत्पादन गर्न लिथियम कार्बोनेट निकासी सुविधाको निर्माण हुनेछ, र अन्तिम चरणमा २००,००० टीपीए तामा क्याथोड र लगभग ५०,००० टीपीए इलेक्ट्रोलाइटिक कपरको उत्पादनको साथ तामा रिफाइनरी निर्माण गरिनेछ।
प्रतिक्रिया