सुनसरी— एक १६ वर्षिय बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा ५ नेपाली सहित ३ जना चिनियाँ नागरिकलाई प्रक्राउ परेका छन् ।
धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेई प्रान्त, बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विबाह गराउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा किशोरीका बाबु उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका— १२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका—३ की २० वर्षीया रोशनीमाया तामाङ रहेका छन् ।
छिमेकी किशोरीको विवाह पनि चिनियाँ नागरिकसँग भएको र उनको पारिवारिक जीवन राम्रो रहेको पाइएपछि छोरीको विवाह गर्न आफू राजी भएको बालिकाका बुवाले बताएका छन्।
पक्राउ पर्ने चिनियाँ नागरिकमा ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र २५ वर्षीय वु हेजी रहेका छन् ।
नेपालको कानुन अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्नु वा गराउन नहुने कानुनी व्यवस्था छ। यसरी जबर्जस्ती विवाह गराएमा विवाह बदर हुनेछ र यसमा कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि मुलुकी देवानी संहिता २०७४ मा छ।
प्रतिक्रिया