न्यूयोर्क— संयुक्त राष्ट्र संघका लागि भारतको स्थायी नियोगले हालै न्यूयोर्कमा हिन्दी दिवसको हीरक जयन्ती आयोजना गरेको छ।
यो महत्त्वपूर्ण घटनाले हिन्दीलाई भारतमा आधिकारिक भाषाको रूपमा अपनाएको ७५ औं वार्षिकोत्सवको रूपमा चिनाएको थियो।
‘संयुक्त राष्ट्रका लागि भारतको स्थायी नियोगले नोभेम्बर २२ मा न्यूयोर्कमा हिन्दी दिवसको हीरक जयन्ती समारोह आयोजना गरेको छ। यो दिन १४ सेप्टेम्बर १९४९ मा हिन्दी भाषालाई भारतमा आधिकारिक भाषाको रूपमा ग्रहण गरिएको थियो, भारतको स्थायी नियोगले एक प्रेस विज्ञप्तिमा मार्फत उल्लेख गरेको छ ।
उक्त अवसरमा भारतका सांसद वीरेन्द्रप्रसाद वैश्य, प्रदान बरुआ, सुस्मिता देव, अक्षय यादव, सन्ध्या रे, तेजस्वी सूर्य, बाँसुरी स्वराजलगायतको प्रतिनिधिमण्डलको सहभागीता रहेको थियो । कार्यक्रममा ४० भन्दा बढी देशका स्थायी प्रतिनिधि र डेपुटी संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरू, शिक्षाविद्, डायस्पोरा सदस्यहरू र प्रतियोगिताका पुरस्कार विजेताहरूको पनि उपस्थिति थियो।
सो अवसरमा बोल्दै वीरेन्द्रप्रसाद वैश्यले २१ औं शताब्दीमा हिन्दी भाषा विश्वका विभिन्न भागमा तीव्र गतिमा बढ्दै गएको बताउँदै हिन्दीको बढ्दो विश्वव्यापीकरणले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिको माध्यम बनाउँदै गएको बताए ।
उनले सेप्टेम्बर २०२४ मा संयुक्त राष्ट्र संघको बहुभाषिकता संकल्पको दायरा अन्तर्गत हिन्दी भाषालाई पनि थपेको पनि प्रशंसा गरे।
प्रतिक्रिया