बंगलादेशले भारतबाट ५० हजार टन चामल आयात गर्दै



बंगलादेशले भारतबाट ५० हजार टन चामल आयात गर्दै

ढाका— बंगलादेशको अन्तरिम सरकारले भारतबाट ५० हजार टन चामल आयात गर्ने भएको छ ।
बंगलादेशको खाद्यान्न मन्त्रालयले भारतको साइल एग्री कम्बोडिटिज लिमिटेडबाट प्रति टन ४७१ दशमलव ६ अमेरिकी डलरमा चामल आयत गर्न लागेको हो ।

बंगलादेशको खाद्य सेवाको तथ्यांक अनुसार नोभेम्बर २० मा १२ दशमलव ३६ लाख टन अन्नको भण्डार रहेको छ, जसमध्ये ८ दशमलव ८ लाख टन चामल रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ९ : ३३ बजे